धनकुटामा बनेन आधारभूत अस्पताल म्याद थपिए पनि भवन अलपत्र बजेट अभाव मुख्य कारण

  • कार्तिक १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ २०७७ साल मंसिरमा एक साथ ३ सय ७७ स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गरियो ।

जस अन्तर्गत धनकुटामा पनि ६ स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास त भयो तर अहिले बजेट अभाव देखाउदै कही कतै निर्माण हुन सकेको छैन ।

धनकुटाको महालक्ष्मी नगरपालिकामा पनि १५ शैयाको अस्पताल निर्माणको तयारी भइरहेको छ तर भवनको जग हाल्ने बाहेक अन्य काम अगाडि बढ्न सकेको छैन ।

कहिले समयमा रकम नआउने त कहिले ठेकेदार कम्पनीको लापारबाहीका कारण समयमै ठेक्का लागे पनि काम भने सुस्त गतिमा भइरहेको छ ।

सम्झौता अनुसार गत असारमै निर्माण सम्पन्न भएर यतिबेला अस्पताल सञ्चालनमा आउनुपर्ने थियो तर अस्पतालको भवन भने जग हाल्नेबाहेक काम अगाडि बढ्न सकेको छैन ।

नगरपालिकाका प्रमुख ध्रुव रायले संघीय सरकारले समयमै बजेट नपठाएको निर्माण ठेकेदारले समेत सहज रुपमा काम नगरिदिएका कारण काम अगाडि बढन नसकेको बताए ।

उनले भने–‘अस्पताल निर्माणको म्याद गत असार मसान्तमै सकिएको हो, पुनः एक बर्षको म्याद थपियो, यो म्याद भित्रमा बनाइसक्ने हामीले अपेक्षा लिएका छौं ।’

धनकुटाको अर्को स्थानीय तह छथर जोरपाटी गाउँपालिकाले ५ शैयाको अस्पताल निर्माणको तयारीमा छ ।

यो बर्षबाट अस्पताल सञ्चालन गर्ने गरी काम अगाडि बढाइएको थियो । तर आधा काम सम्पन्न नहुदै संघीय सरकारले बजेट नपठाएपछि भवन निर्माण कार्य अगाडि बढ्न सकेन ।

गाउँपालिकाका अध्यक्ष छत्र सुब्बाले अस्पताल निर्माणको क्रममा पिलर हाल्ने, गारो लगाउने र पल्टर लगाउने कामसम्म सम्पन्न भएको बताए ।

उनले भने–‘काम अगाडि नबढेपछि यस बर्ष हामीले स्वास्थ्य मन्त्रालयसँग लविङ ग¥यौ, मन्त्रालयमा बजेट छुट्याइदिन आग्रह ग¥र्यौं, त्यही पनि यो बर्ष यो कार्यक्रमको शिर्षकमा बजेट नपरेका कारण काम अगाडि बढ्न नसकेको हो ।’

उनले ठेकेदारले तीन महिनाभित्र काम सकाइदिने भएपनि सो शिर्षकमा रकम नभएका कारण काम अगाडि बढ्न नसकेको बताए ।

धनकुटाकै साँगुरीगढी गाउँपालिकालिकामा आधारभूत अस्पतालका लागि जग्गा प्राप्ति र डिपिआर बाहेक अरु केही काम अघि बढ्न सकेको छैन ।

अघिल्ला जनप्रतिनिधिलिे अस्पताल निर्माणको प्रक्रिया नबढाएकाले काममा ढिलाई भएको र अहिले सबै प्रक्रिया पूरा गरी स्वास्थ्यमन्त्रालयमा फाइल पठाइसकिएको गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए ।

उनका अनुसार मन्त्रालयबाट फाइल स्वीकृत भएर आइ नसकका कारण काम अघि बढ्न सकेको छैन । उनले भने–‘हाम्रो काम अहिले अड्किएको छ, गाउँपालिकाले गर्नुपर्ने काम गरिसकेको छ, जग्गा प्राप्ति भइसकेको छ, त्यसको डिपिआर हामीले स्वास्थ्य विभागमा पठाइसकेका छौ,

अब नक्सा पास र स्वीकृतिमात्र बाँकी छ, यो प्रक्रिया पूरा हुने वित्तिकै अस्पताल यहाँ १५ शैंयाका अस्पताल बन्छ ।’

यस्तै धनकुटाको चौविसे गाउँपालिकामा भने ४० प्रतिशत काम भइसकेको गाउँपालिकाले जनाएको छ । आधा पालिकाले र आधा संघीय सरकारले खर्च गर्ने गरी सम्झौता भएकोले सम्झौता अनुसारको रकम निकासा नभएका कारण काम गर्न असहज भएको पालिकाले जनाएको छ ।

शहीदभूमि गाउँपालिका र पाख्रीबास नगरपालिकामा पनि अन्य स्थानीय तहकै जस्तो रहेको छ ।

सरकारले एक साथ आधारभूत अस्पतालको शिलान्यास गरेको करिब ३५ महिना भन्दा बढी बितिसकेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा सबै स्थानीय तहमा आधारभूत अस्पताल अनिवार्य निर्माण गर्नुपर्ने व्यवस्था छ । तर त्यो अनुसारको काम भने हुन सकेको छैन ।

एमालेले मिसन –८४ द्ध ...

इटहरी/ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उ ...

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved