रानीटारको पुल बन्छः मन्त्री किराती

  • कार्तिक १४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

उदयपुर/ शिलान्यास भएर अलपत्र परेको उदयपुरको चौदण्डीगढी १ रानीटार र भोजपुरको आमचोक गाउँपालिका जोड्ने दुधकोशी नदीको पुल यसपटक जसरी पनि बन्ने सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डेयन मन्त्री सुदन किरातीले बताएका छन् ।

मन्त्री किरातीले आफ्नो मन्त्रालय पुल निर्माण गर्ने नभएपनि आपूm यसै क्षेत्रको जनप्रतिनिधि, नेपाल सरकारको सदस्य र भोजपुरवासी भएकोले पुल चाँडै निर्माण हुनु पर्छ भनेर चासोका साथ सम्बन्धीत मन्त्रालयमा पटकपटक धेरै शक्ति खर्च गरेर लागी परेकोे बताए ।

उनले भने, ‘पुलको डिजाईन गर्दा जमिनमुनी ठूलो ढुंगा परेकोले यो डिजाइनलाई परिवर्तन गरेर अर्को डिजाइन बनाउनु पर्ने भएकोले ढिलो भएकोे हो, तर अब यसपटक जसरी पनि पुल बन्नु पर्छ ।’

पुल चाडो निर्माण गर्नका लागि आमचोक गाउँपालिकाका अध्यक्ष अशोक राई र डिइ सँग पनि भेट गराएर पुल निर्माण कार्य के कारणले रोकिएको हो भनेर बुझ्दा प्राविधिक समस्या आएको बुझियो त्यपछि अहिले ठेकेदार कम्पनी पनि फेरिएकोले अब यसै वर्ष सुरु हुनेमा विश्वस्त छौं मन्त्री किरातीले भने ।

सुरुदेखिनै रानीटार र पाङचाको बाटो निर्माण गर्नु पर्छ भनेर दिलो ज्यान दिएर लाग्दै आएको स्मरण गराउँदै उनले भने, ‘तारेभीरको ढुंगा फोड्न आपूmले व्यक्तिगत ऋण लिएर लगानी गरिएको पनि छु ।’

उक्त पुल कूल २३ करोडमा ०७६ साल आसार मसान्तभित्र निर्माण गरिसक्ने गरी (रसुवा, एसएनएस, पप्पु ज्वइन्ट भेन्चरले ठेक्का सम्झौता गरेको थियो भने २०७४ भदौ ३१ गते पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेका थिए ।

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved