सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारसम्बन्धी अन्तरक्रिया

  • कार्तिक १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  विराटनगर महानगरपालिका वडा नम्बर ११ को आयोजनामा सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।

अन्तरक्रियामा सहभागीहरुले अभिभावक, विद्यार्थी र शिक्षक आ–आफ्नो ठाउँबाट जिम्मेवार भएमा सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार गर्न सकिने बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न महानगर लागिपरेको बताए ।

उनले महानगरले कूल बजेटको करिब २१ प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्ने गरेको सुनाए ।

मेयर कोइरालाले विद्यालयस्तर देखि नै सीपमूलक र प्रविधिमैत्री शिक्षा दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले महानगरभित्रका सबै सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि योजनाबद्ध रुपमा काम भइरहेको जानकारी दिईन् ।

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले विद्यालयको गुणस्तर सुधार्न प्रधानाध्यापकको महत्वपूर्ण भूमिका रहने बताए ।

उनले प्रअहरु जिम्मेवार भए शैक्षिक सुधार गर्न सकिने उल्लेख गरे । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपानेले वडाभित्र जनपथ मावि र अरुणोदय आधारभूत विद्यालय सञ्चालनमा रहेको बताए ।

उनले दुवै विद्यालयका प्रअ, अभिभावक, सञ्चालक समितिका अध्यक्ष, पदाधिकारी, शैक्षिक अभियन्ता, वडाका प्रबुद्ध व्यक्तिहरुलाई राखेर अन्तरक्रिया गरिएको जानकारी दिए ।

कार्यक्रममा शिक्षा विज्ञ राजेन्द्र बुढाथोकीले अवधारणापत्र प्रस्तुत गरे । टोल संगठनका तर्फबाट धु्रव कोइराला, पूर्वप्रधानाध्यापक ज्ञानेन्द्र खड्का सहित अभिभावक, विद्यार्थी लगायतले शैक्षिक सुधारका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved