पाँच दिन पछि जङ्गलमा भेटिएका चौधरीकोे आर्यामा सफल उपचार

  • कार्तिक १४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  पाँच दिनदेखि धरानको जङ्गलमा छटपटिएका कैलालीको टिकापुर ६ का ४० वर्षीय कैलाश चौधरीको सफल उपचार भएको छ ।

चौधरीको विराटनगर स्थित आर्या न्युरो हस्पिटलमा सफल उपचार भएको हो ।
लेभर काम गर्ने चौधरी कामको सिलसिलामा भदौको पहिलो साता तेह्रथुम जाने भनेर घरबाट हिँडेका थिए ।

उनी भदौ १२ गते सार्वजनिक सवारी साधन चढेर धरानबाट उकालो लागे । भेडेटारदेखि मुनिको जङ्गलमा शौच लागेपछि गाडी रोकेको थिए । शौच गर्न गएका चौधरीलाई रिगाटा चलेपछि जङ्गलको भिरबाट खोल्सीमा झरे । भिरबाट झरेपछि उनी बेहोस भए ।

दुई दिनसम्म होस आएन । भिरबाट लडेको पाँचौँ दिन जङ्गलमा घाँस काट्न गएका स्थानीयले उनी लडेको देखेपछि उद्धार गरेर धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा ल्याएका थिए ।
प्रतिष्ठानमा उपचार सम्भव नहुने भएपछि थप उपचारको लागि विराटनगर लैजान चिकित्सकले सुझाव दिएमा थिए । चौधरीलाई विराटनगर ३ कन्चनबारीस्थित आर्या न्युरो हस्पिटलमा लिएर आएका थिए । आर्यामा ल्याउँदा टाउकोमा चोट लागेर किरा परेको थियो ।

‘घाउमा किरा पलाएको थियो । मेडिकल भाषामा ‘म्यागोस’ पलाएको थियो । किरा कुहिएको चिजमा लाग्ने किरो हो,’ उपचारमा संलग्न वरिष्ठ न्युरो सर्जन डाक्टर पंकजराज नेपालले भने, ‘यहाँ ल्याएपछि तीन दिन लगाएर घाउ सफा गरियो । घाउमा किरा थियो ।

मस्तिष्कमा किराको फुलहरू थियो । हामीले प्लास्टिक सर्जरी गरेर कैलाशलाई बचाउन सफल भयौँ ।’

छारे रोगले एटाक गर्दा पनि यस्तो हुने उनले बताए । ‘एक्कासि रिगाटा लागेर ढलेको हुनाले छारे रोगले एटाक गरेको हुनसक्छ,’ डाक्टर नेपालले भने, ‘हस्पिटलमा बैलेमा ल्याएकोले हामीले उपचार गरेर बचाउन सक्यौँ ।’ लामो समयसम्म उपचार गरेपछि चौधरी ठिक भएकाले डिस्चार्ज गरिएको उनले बताए ।

‘डिस्चार्ज गर्दा घाउ एकदमै राम्रो भाको छ,’ उनले भने, ‘रिकभर राम्रो भएपछि अहिले कैलाशलाई घर पढाएको छ । ’
कैलाशकी श्रीमती सविताले श्रीमानले आर्या न्युरो हस्पिटलमा नयाँ जीवन पाएको बताइन् ।

‘पाँच दिनदेखि जङ्गलमा पानी मात्र खाएर बसेका श्रीमानलाई जङ्गल गएका कृषकले उद्धार गरेर हस्पिटल ल्याउनुभएको रहेछ । यहाँ ल्याएपछि श्रीमानले राम्रो उपचार पाउनुभयो । अहिले निक्कै ठिक हुनुभएको छ ।

उपचार गरेर श्रीमानलाई पुनः जन्म दिने हस्पिटल र चिकित्सकप्रति आभारी छु,’ उनले भनिन् ।

हात्ती आतंकबाट त्रसि ...

इटहरी/ वर्षेनी हात्तिको आक्रमणबाट जनधनको क्षती हुन ...

अपाङ्गतामैत्री नीति ...

विराटनगर/ राज्यले नीति निर्माण गर्दा प्रक्रिया अर् ...

कोशी अस्पतालका कुरुव ...

विराटनगर/  कोशी अस्पताल विराटनगरमा उपचारत बिर ...

राजमार्गमा गैरकानुनी ...

धरान/ स्थानीय तहहरुले कानुन विपरीत राजमार्गमा ढाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2023 - Koshipatra.com All rights reserved