इलाम जिल्लाका ग्रामीण सडक, यात्रा कष्टकर

  • कार्तिक १४, २०८०
  • कोशीपत्र/संवाददाता
alt आमचोक देखि इलाम सदरमुकामसम्म जाने बाटो तस्बिर :  भगीरथ भण्डारी,

इलाम/ सिहँ दरबारको अधिकार गाउँ गाउँमा आउँछ भन्ने आसा बोकेका जनता बर्खाको समयमा लथालिङ्ग बनेका सडक अहिले सम्म मर्मत नभएपछि निराश बन्न थालेका छन् ।

बर्खाभरि बिग्रिएका सडक चाडबाडको समयमा समेत स्थानीय तहले मर्मत नगरेपछि यातायात सञ्चालनमा समस्या भएसँगै यात्रा कष्टकर बन्ने गरेको हो । चाडबाडको बेलामा समेत भत्किएका सडक मर्मत नहुँदा इलामका ग्रमिण क्षेत्रबाट यात्रा गर्न समस्या भएको छ ।

अधिकांश ठाउँमा सडक भताभुङ्ग भएका छन् । कच्ची सडकहरू भत्किएपछि सर्वसाधारणलाई आवत जावतमा समस्या छ ।

गाउँ जाने यातायातको संख्या थोरै छन् । एउटै गाडीले दुई तिन पटक यात्रु बोक्नुपर्ने हुन्छ तर बर्खाको समयमा भत्किएका सडक मर्मत नहुँदा अहिले पनि बाटो खोज्दै गाडी चलाउनु पर्ने समस्या भएको चालकको गुनासो छ ।
जिल्लाको फाकफोकथुम गाउँपालिकाले यस पटक दसै अघि पालिका भित्रका कुनै पनि सडक मर्मत गरेन ।

जसका कारण बाढी र पहिरोबाट भत्किएका सडक मर्मत नभएपछि गाडी सहजले गुड्न नपाउँदा नागरिकलाई यात्रा गर्न कठिन भएको छ ।

हरेक वर्ष दसै अघि सडकका खाल्डा खुल्डी पुर्ने गरेको भए पनि यस वर्ष दसैको बेला सडक मर्मत हुन नसक्दा फाकफोकथुमबासीले हिउँद लागिसक्दा पनि कष्टकर यात्रा गर्न बाध्य भइरहेका छन् ।

गाउँ पालिकाको आफ्नै मेसिन छन् । आफ्नै मेसिन प्रयोग गरेर सडकको बिचमा भएका खाल्डा खुल्डी मात्रै पुरिदिने हो भने पनि यातायात सहज हुने देखिन्छ तर गाउँपालिका गैर जिम्मेवार बन्दै सडक मर्मतमा चासो नदेखाउँदा चाडबाडको समयमा यात्रुले निकै कष्ट भोग्न बाध्य छन् ।

गाउँपालिकाको केन्द्रबाट उत्तरे निस्कने सडक बर्खामा कटिङ गरियो । बर्खाको पानीले खाल्डै खाल्डा भएको कारण त्यस क्षेत्रका बासिन्दा हिँडेर घर पुग्न बाध्य छन् ।

त्यस्तै आमचोकबाट लुङसुङदाङ हुँदै दशमी निस्कने सडक र सोही ठाउँ हुँदै पञ्चमी निस्कने सडक पनि मर्मत नहुँदा आमचोक जाने सवारी साधन कोल्भोटे हुँदै आमचोक जान बाध्य छन् ।

बाटो सजिलो नभएको कारण सजिलो बाटो खोज्दै गाडी सञ्चालन हुँदा फाकफोकथुम गाउँपालिकाको वडा नं. एक र तीनका बासिन्दा घण्टौँ सम्म हिनेर पञ्चमीसम्म निस्कन बाध्य छ ।

बर्खा सकिएर हिउँद लाग्दा समेत गाउँपालिकाले सडक मर्मतमा चासो नदेखाउँदा सडक बिग्रिएकै कारण बजारबाट उपभोग्य सामान गाउँसम्म लैजान र गाउँमा उत्पादित कृषिजन्य सामग्रीहरू बजार पु¥याउन समेत समस्या भएको स्थानीय बताउँछन् ।

फाकफोकथुम गाउँपालिकाको केन्द्र आमचोक देखि इलाम सदरमुकामसम्म दैनिक रूपमा सञ्चालन हुने गाडीका चालक लक्षुमन दाहालका अनुसार गाउँपालिका अध्यक्ष, वडा अध्यक्षलाई सडकमा भएका खाल्डा खुल्डी पुरिदिन धेरै आग्रह गरे पनि अहिले सम्म नटेरेको बताउँछन् ।

सडक मर्मत नहुँदा दसैमा घर जाने यात्रु र दसै सकिएपछि फर्किने यात्रुलाई गन्तव्य सम्म पु¥याउन समस्या हुने गरेको उनको भनाई छ ।

‘सबै जना आफ्नै गाउँका दाजुभाइ, दिदी बहिनी दसै मान्न गाउँ आएका हुन, फर्किनका लागि फोन त गर्नु हुन्छ कति पटक त मैले राँके सम्म मात्रै ल्याइदिएर अर्को गाडीबाट पनि पठाएको छु चालक दाहाल भन्छन्, राँके सम्म आउने बाटो सहज हुँदा हो भने राँके सम्म ल्याउन पनि अलि सहज हुन्थ्यो तर बाटोकै समस्याले गर्दा गाडी कुदाउन समस्या हुने गरेको छ ।’

गाउँकै गाडी भएको र आफ्नै गाउँका पाहुना भएको हुँदा मात्रै राँके सम्म ल्याउने गरेको चालक बताउँछन् ।

उनीहरूका अनुसार यात्रुलाई ल्याएर पुन लिन जाँदा गाडी रित्तै जानुपर्ने हुन्छ, एकोहोरो मात्रै यात्रु हुँदा तेल खर्च भइरहेको हुन्छ कहिले काहीँ त ११÷१२ बजे मात्रै राँके बाट फर्कन पाइन्छ बाटो सजिलो हुने हो भने त गाडी अलि सहजले कुदाउन पाइन्थ्यो र यति धेरै समस्या समेत आउने थिएन दाहाल भन्छन् ।

 सडकको हालत प्रायः सबैको उस्तै छ । वर्षा सुरु भएपछि बिग्रिएका सडक मर्मत नहुँदा हिँडेर यात्रा गर्नुपरेको स्थानीयको गुनासो छ । यता फाकफोकथुम गाउँपालिकाले दसै अघि सडक मर्मत गर्दा दसैमा पानी आयो भने सडक झन् बिगार्छ भनेर दसै पछि तत्काल सडक मर्मत गर्ने तयारी रहेको जनाएको छ ।

महानगरको आयोजनामा सह ...

विराटनगर/  विराटनगर महानगरपालिका सहकारी शाखाक ...

सामाजिक स्वास्थ्य क् ...

धरान/  विगत ३ वर्षदेखि आयोजना हु“दै आएक ...

सार्वजनिक सम्पत्ति ...

धरान–१४ स्थित दुई धारेबाट दक्षिणतर्पm रहेको नरसिं ...

दिल्लीको होटलबाट ओखल ...

धरान/  दिल्ली बसेर अमेरिका र क्यानडा लैजाने भ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved