विराटनगरका सामुदायिक कुकुरको बन्ध्याकरण गर्न सुरु

  • वैशाख १०, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ । विराटनगर महानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेविजविरुद्धको खोप अभियान सञ्चालन गरेको छ ।

महानगरले मेयर नागेश कोइराला र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा विराटनगर–१२ स्थित सामुदायिक भवनमा बन्ध्याकरण तथा रेविजविरुद्धको खोप अभियान सञ्चालन गरेको हो । अभियानअन्तर्गत १ हजार २ सय कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य रहेको महानगरको पशुपंक्षी विकास शाखाका प्रमुख शुभनारायण यादवले बताए । महानगरका सबै वडाबाट नियन्त्रणमा लिइएका कुकुर सम्पर्क कार्यालयमा लगेर बन्ध्याकरण गरिनेछ । केन्द्रमा पशु विशेषज्ञबाट छाउरा र छाउरी कुकुरको बन्ध्याकरण गरिने उनले बताए । सालिन नेपालसँगको सहकार्यमा बन्ध्याकरण अभियान सञ्चालन गरिएको हो । अभियानअन्तर्गत महानगरको बजेटबाट ६ सय र सालिन नेपालको आर्थिक सहयोगमा ६ सय सामुदायिक कुकुरको बन्ध्याकरण गरिने यादवले जानकारी दिए । बन्ध्याकरण र रेविजको खोप लगाएपछि सम्बन्धित कुकुरलाई नियन्त्रणमा लिएकै स्थानमा लगेर छाडिनेछ ।

बन्ध्याकरण गरिएका कुकुरलाई मासु, अण्डालगायतका खानेकुरा समेत खुवाइने शाखा प्रमुख यादवले बताए ।

विराटनगरमा सामुदायिक कुकुरको समस्या रहेकाले बन्ध्याकरण अभियान सञ्चालन गरिएको मेयर कोइरालाले बताए । महानगरले कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोपका लागि १५ लाख रुपैयाँ विनियोजन गरेको छ । बन्ध्याकरण र खोप लगाएका कुकुरलाई रिफ्लेक्टिभ वेल्टसमेत बाँधिनेछ । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने भन्दै महानगरले विभिन्न अभियान सञ्चालन गर्दै आएको छ । हाल महानगरले सरसफाई पार्किङ, कर संकलन अभियान जारी राखेको छ । त्यस्तै महानगरले व्यवस्थित मासु पसललाई पनि व्यवस्थित बनाउने भएको छ ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved