अम्रिसोको मूल्य बढ्यो कृषक उत्साहित

  • फागुन ३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धनकुटा / कृषकले उत्पादन गरेको कृषि सामग्रीले बजार नपाएको, मूल्य नपाएको विषयमा चौतर्फी गुनासो आइरहँदा पछिल्लो समय अम्रिसोेले बजारभाउ राम्रो पाएकोमा धनकुटाका कृषकहरु उत्साहित बनेका छन् । महालक्ष्मी नगरपालिका वडा नं. ४ का कृषक डम्बरबहादुर पौडेलले यस वर्ष अलँैचीले मूल्य नपाए पनि अम्रिसोेले भने भाउ पाएको बताए ।

उनले यस पटक आफ्नै बारीमा उत्पादन भएको ४ सय केजी अम्रिसो बेचेको सुनाउँदै प्रतिकेजी १ सय २० रुपैया गाउँमै खरिद गर्न आउनेहरुलाई बिक्री गरेको बताए । उनले भने–‘अलैचीले कृषकलाई धेरै मार खुवायो, तर अम्रिसोले भने कृषकलाई केही राहत मिल्यो, मैले यसवर्ष ४ सय केजी अम्रिसो बिक्री गरेँ, यसवापत ४८ हजार आम्दानी गरे ।’

उनीमात्र हैन सोही गाउँका रत्न चापागाईँले पनि यस वर्ष अम्रिसोले सोचेभन्दा राम्रो मूल्य पाएको बताए । उनले पनि आफ्नो बारीबाट उत्पादन भएको ५ सय केजी अम्रिसो बेचेको बताए । उनले भने–‘मैले यस वर्ष अम्रिसोबाट राम्रो आम्दानी गर्न पाए, गत वर्ष अम्रिसोको मूल्य खासै थिएन, यो वर्ष दुःख गरे अनुसारको मूल्य पाएको छु ।’

उनीहरुमात्र हैन पूर्वी पहाडी जिल्ला धनकुटा, तेह्रथुम, संखुवासभा लगायतका जिल्लाका कृषकहरु अम्रिसोले बजार मूल्य पाएकोमा उत्साहित देखिएका छन् । अम्रिसोको मूल्य बढ्दा कृषक र व्यापारी दुवैलाई फाइदा हुने गरेको छ ।

व्यापारीहरुले अम्रिसोको मूल्य बढ्नु र घट्नु भारतमा भर पर्ने बताउँछन् । भारतमा अम्रिसोको माग धेरै भएकोले यस वर्ष नेपाली कृषकले उत्पादन गरेको अम्रिसोको भाउ उच्च भएको बताउँछन् ।
कृषिसँगै अम्रिसोको व्यापार समेत गर्दै आएका डम्बरबहादुर पौडेलले यस वर्ष भारतबाट अम्रिसोको माग अत्यधिक भएकोले नेपाली कृषकले उत्पादन गरेको अम्रिसोले मूल्य पाएको बताए ।

उनले भने–‘व्यापारीले कृषकबाट १ सय २० रुपैयासम्म खरिद गरे पनि व्यापारीले भने १ सय ७० रुपैयासम्म बिक्री गर्ने गर्छन् यहाँको कृषि जन्य सामग्रीको मूल्य भारतसँग भर परेको छ ।’
व्यापारी पौडेलले नेपाली उत्पादनलाई नेपालमै बिक्री गर्ने व्यवस्था मिलाइदिए भारतको भर पर्नु नपर्ने बताए ।

भारतले यहाँ उत्पादन भएको अम्रिसोको माग नगरिदिने हो भने यहाँका कृषकले उत्पादन गरेको सामग्रीले बजार मूल्य नै नपाउने बताए ।विगतमा अम्रिसो घाँसको रुपमा प्रयोग गर्न पहाडी क्षेत्रमा लगाइने गरे पनि अहिले भने कृषकहरुले व्यवसायिक रुपले अम्रिसो खेति गर्ने गरेका छन् उनीहरुले अम्रिसोमात्रै बेचेर बार्षिक दुई चार लाख आम्दानीगर्ने गरेका छन् । यसका लागि सरकारले सहयोग गर्नुपर्नेमा उनीहरुको जोड छ ।

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

कारागारको गेटमै समात ...

धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved