रंगेलीमा कुकुरको आतंक

  • फागुन ६, २०७८
  • "रबिन्द्र बराल"
alt

धरान । मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित शुक्रवारे तथा लबटाली आसपासका स्थानीयहरु भुसिया कुकुरबाट आतंकित भएका छन् ।

केही दिन अघि एउटा बहुला कुकुरको टोकाईबाट दुई बालिका शक्त घाइते भएका छन् । रंगेली नगरपालिका ७ बस्ने सन्जय मंण्डलको १२ वर्षिय आचल कुमारी मंण्डललाई गत बिहिवार घरमै बसिरहेको अबस्थामा अचानक बहुला कुकुर घर भित्र छिरेर आक्रमण गर्दे उनको निधार गालामा टोक्दा उनी घाइते भएकी छन् । पुनः सोहि कुकुरले बिनोद मंण्डल की ११ बर्षिय लक्ष्मी मंण्डललाई समेत गालामा कुकुरले टोक्दा घाइते भएकी छन् । अहिले गाउँ घरमा भुसियाको आतंकले गर्दा आफ्नो घरमा पालनपोषण गरेका खसी बाख्राहरु लाई जोगाउन हम्मेहम्मे परेको छ ।

केही महिना अगाडि घरमा पालिएको बाख्रालाई चारैतिरबाट घेरेर बाख्रा समेत मरेको थियोे । अहिले बहुला कुकुरले खसी बाख्रा र सानो बाछा बाछी र गाईलाई समेत टोक्ने गरेको स्थानीय श्याम कार्कीले बताए । अहिले गाउँ घर तिर भुसिया कुकुर दिनप्रतिदिन बढ्न थाले पछि रातीको समयमा गाउँ घर तिर घर बाहिर समेत निस्कन नसकिने अवस्था सृजना भएको छ । रातिको समयमा मोटरसाईकलमा यात्रा गर्दा समेत कुकुरहरु झम्टिएर चालक माथि नै आक्रमण गर्ने गरेको स्थानीय लक्ष्मण मंण्डलले बताए । केही महिना अघि हरेक चोकमा १० देखि १५ बटा कुकुरहरुले यात्रुहरु लाई आक्रमण गर्ने गरेको छ ।
रंगेली अस्पतालका डाक्टर अरुण भट्टराईका अनुसार कुकुरको टोकाई बाट सातामा एक दुई जना मात्रै आउने गरेको भएता पनि केही दिन देखि भने ४ देखि ५ जना बिरामीहरु आउने गरेका छन् । कुकुरले उचाइको आधारमा बालबालिकाहरु लाई बडि मात्रामा आक्रमण गर्ने गरेको उनले बताए । अलगा ब्यक्तिहरु लाई कुकुरले खुट्टा र हातमा टोक्ने गर्दछ । अस्पतालमा अहिलेसम्म बालबालिकाको अनुहारमा मात्रै टोक्ने गरेको र उपचारमा आउने गरेको उनले बताए । रंगेली अस्पतालमा साता दिन भित्रमा २६ जनालाई कुकुरले टोकेर उपचारका लागि अस्पताल आएका थिए । भुसिया कुकुरहरुको नियन्त्रणको बिषयमा समयमै ध्यान नदिए रंगेली नगरपालिकाले ठुलो क्षेती बेहोर्नु पर्ने देखिन्छ ।

५० वर्षसम्म नेपाललाई ...

सुर्खेत/  नेपालको पेट्रोलियम अन्वेषणको इतिहास ...

‘श्रमको कदर मात्रै, ...

धरान/  धरान–१६ को सर्दुखोला किनारमा ग्य ...

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved