धरान/ धरान भेडेटार सडक खण्ड स्थित आपगाछी क्षेत्रमा कुहिएको अवश्थामा शव फेला परेको छ ।
आपगाछीको जंगल क्षेत्रमा जेब्रा झोलाभित्र मानिसको टाउको र एउटा खुट्टा फेला परेको हो । बुधबार दिउँसो जंगलमा दाउरा खोज्न गएका स्थानीयले कुहिएको अवश्थामा शव फेला पारेका थिए ।
जंगल गएका स्थानीयले दुर्गन्ध फैलिए पछि हेर्दा जेब्राभित्र टाउको र खुट्टा फेला पारे प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले मुचुल्का गरेर अन्य सबुत प्रमाणहरु परिक्षणको लागि पठाउन संकलन गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । हत्या गरेर त्यहाँ फालिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
कुँवरले भने, ‘एउटा खुट्टा र टाउको फालिएको अवस्थामा भेटिएको छ, लाशको मुचुल्का गरेर सबुतहरु परिक्षणको लागि पठाउछौ र अनुसन्धान गछौ ।’