छ लेन सडक विस्तार : दुहवीमा घर–टहरा भत्काउन थालियो

  • फागुन १, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । लामो समय देखि विवादमा रहेको विराटनगर–धरान सडक खण्ड अन्तर्गत सुनसरीको दुहवी बजारको मुख्य भागदेखि उत्तर र दक्षिणतर्फका घरटहरा भत्काउन थालिएको छ ।

नगरपालिकाले बजार क्षेत्रसँगै आसपासको जग्गा खाली गर्न दिएको अन्तिम समय शुक्रबारबाट सकिएपछि शनिबारदेखि घरटहरा भत्काउन थालिएको हो । जग्गा खाली गर्ने क्रममा स्थानीयवासीले अवरोध गर्ने प्रयास गरेपछि वडा नं. ५ र ६ का वडा अध्यक्षले नेतृत्व गरेर प्रहरीको बाक्लो उपस्थितीमा डोजर प्रयोग गरि भत्काइएको छ । नगरपालिकाले जग्गा खाली गर्न यसअघि पटकपटक आग्रह गर्दा पनि अटेर गरेपछि अन्तिम पटकलाई शुक्रबारसम्म समयसिमा तोकिएको थियो । तर, तोकिएको समयसिमा भित्र पनि घर र टहरा भत्काउन अटेर गरेपछि नगरपालिकाको अगुवाईमा भत्काउन थालिएको हो ।

दुहवीको बजार क्षेत्रमा १६ दशमलव ४६ मिटर मात्रै सडक चौडा गर्ने सहमती भएको छ । बसोबास बाहेकका स्थानमा भने ३० मिटर खाली गराउने सहमती भएको हो । सहमती अनुसार ६ लेन सडक विस्तारका लागि दुहवीको मुख्य बजार क्षेत्र बाहेक गंगादेवी लुनाकरण दास च्यारेटी हस्पिटलको क्रसिङ् रोडदेखि दक्षिण र इनरुवा रोडको क्रसिङ् उत्तरतर्फको सात–सात सय मिटर उत्तर सडक विस्तार गर्न जग्गा खाली गरिएको हो ।

दुहवीमा सरकारले २०५४ सालमै ६३० मिटर क्षेत्रलाई विल्टअप क्षेत्रको रुपमा कायम गर्न निर्णय गरेको थियो । त्यतिबेला २०५४ चैत ३ गते राजपत्रमा प्रकाशित सूचना अुनसार, दुहवी बजार क्षेत्रमा सीमा सडकको केन्द्र रेखादेखि बायाँ–बायाँ दुवै तर्फ २७–२७ फिट मात्र कायम गरिएको थियो । दुहवीको मुख्य बजार क्षेत्रबाहेक उत्तर र दक्षिणतर्फको एक हजार ३ सय ५० मिटर ठेक्का लागेको छ ।

लामो समयदेखि स्थानीयको अवरोधको कारण दुहबीमा मात्रै सडक विस्तारको काम अवरुद्ध हुँदा रानी देखि धरान सम्मको सडक निर्माण कार्य ८० प्रतिशत मात्रै सम्पन्न भएको छ । आयोजनाको काम अघि बढ्न नसके पछि गत पुष २६ गते धरान–विराटनगर सडक आयोजनाले दुहवी नगरपालिकालाई पत्राचार गरी सडक किनारका घर टहरा हटाइदिन आग्रह गरेको थियो ।

पछिल्लो समय सडक निर्माणका लागि २०८० सम्म समय अवधि थपिएको छ । पुरै सडक निर्माण गर्दा शुरुवातमा १० अर्व ९८ करोड लागत अनुमान गरिएको थियो ।

एमालेको आर्थिक सुधार ...

धनकुटा/ कोशी प्रदेशका सबै जिल्लामा नेकपा एमालेले अ ...

वराहक्षेत्र उप-मेयर ...

सुनसरी/ वराहक्षेत्र नगरपालिका वडा नं ३ स्थित बिचपा ...

कोशी प्रदेश स्तरीय ब ...

धरान/ धरान बास्केटबल संघको आयोजना तथा कोशी प्रदेश ...

धरानमा 'खाम्बेक फूङ' ...

धरान/ गायिका शान्ति नाल्बोको शब्द तथा स्वर रहेको लिम्बु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved