आइसोलेसनमा चोरीः संक्रमित निको भएपछि तन्नाडस्ना सबै गायब

  • असोज ३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

वराहक्षेत्र १ चतरास्थित आइसोलेसन भवनमा संक्रमितहरुले संक्रमणमूक्त भएपछि चोरी गर्ने गरेको खुलेको छ ।

आइसोलेसनका क्रममा बस्दा संक्रमितलाई प्रयोगका लागि उपलब्ध गराइएको इलेक्ट्रोनिक्स जग, मल्टी बोड, ब्ल्यान्केट, तन्ना, थर्मोमिटर, झूल र सिरानीको खोल समेत बोकेर साथै लाने गरेको पाइएको छ ।

iso1

आइसोलेसनमा कार्यरत अहेब प्रमोद यादबका अनुसार कोरोना संक्रमण भएर आउनेहरुले चोरी गरेर लाने गरेका हुन् । आइसोलेसनबाट सामान बोकी लानेहरुले अमानवीय व्यवहार देखाएको उनले गुनासो गरे ।

संक्रमणमूक्त हुनेको उत्साहजनक तथ्यांक
वराहक्षेत्र १ स्थित चतरा आइसोलेसनमा रहेका कोभिड– १९ संक्रमितहरु संक्रमण मूक्त भई घर फर्किरहेका छन् । संक्रमण मूक्त हुनेहरुको अवस्था विश्लेषण गर्दा कोरोनामाथि संक्रमितहरुले तीव्र गतिमा विजय प्राप्त गरेको देखिएको छ ।

iso2

बिहीबार आइसोलेसनमा रहेका ५५ जना मध्ये ४६ जनाले कोरोनामूक्त भएको प्रमाण पत्र प्राप्त गरे । उनीहरुले आत्मविश्वास भन्दा ठूलो ओखती नभएको प्रतिक्रिया दिए । ‘नियमित स्वास्थ्य सावधानीमा रहँदा, नियमित आहारव्यहारमा ध्यान दिंदा कोरोनालाई जित्न सकिने रहेछ, हरेस खानु हुँदैन,’ सुन्दर हरैंचा १ का श्रेष्ठ थरका एक व्यक्तिले भने, ‘तातो पानी खाए पनि आत्मविश्वासलाई उच्च राख्ने हो भने कोरोना भन्ने केही पनि होइन रहेछ ।’

१०० शैयाको क्षमता रहेको भनिएको चतरास्थित आइसोलेसनमा पहिलो चरणमा जम्मा १२५ संक्रमित हुँदा ७७ जना डिस्चार्ज भएका थिए भने ४८ जना आइसोलेसनमा रहेका थिए । जसमा पुरुष ५० र महिला ४ जना थिए । दोस्रो चरणमा थपिकासँगै जम्मा १३३ संक्रमित पुग्दा ७७ जना डिस्चार्ज १ जनालाई रिफर गरिएको थियो भने ५५ जना आइसोलेसनमा थिए ।

iso3

शुक्रबारसम्मको तथ्यांक हेर्दा आइसोलेसनमा बसेका जम्मा १४५ जना मध्ये १२३ जना डिस्चार्ज भएका छन् भने हाल आइसोलेसनमा थप संख्या समेत २१ जना रहेका आइसोलेसन इञ्चार्ज तथा वराहक्षेत्र नगरपालिकाका अहेब प्रमोद यादवले जानकारी दिए ।

संक्रमण मूक्त भएपछि व्यक्तिहरु थप उत्साहित भएको अहेब यादवले जानकारी दिए । उनका अनुसार सावधानीसँगै अरुलाई पनि कोरोनाविरुद्ध लड्न संक्रमणमूक्त भएकाहरुले प्रोत्साहित गरिरहेको बताए ।

iso4

 

आइसोलेनस केन्द्रको सरसफाइ
अहेब प्रमोद यादवका अनुसार चतरा आइसोलेसनलाई संक्रमण मूक्त बनाउने उद्देश्यले आइसोलेसन क्षेत्रको नियमित सरसफाइ गर्ने गरिएको छ । शनिबार आइसोलेसनको नियमित सरसफाइका क्रममा संक्रमितलाई प्रयोगका लागि प्रदान गरिएका सामग्रीहरु हराएको तथ्य फेला परेको थियो ।

श्रीमतीलाई ‘खोकीको औ ...

झापा/  झापाको दमकमा एक व्यक्तिले श्रीमतीलाई ख ...

मलेसियाको कमाइ छोडेर ...

झापा/ ‘देशमै केही गर्न सकिन्छ भन्ने विश्वास ...

बक्सिङको रिङ जत्तिकै ...

धरान/ धरान फाइट नाइट–२०२५ आयोजनामा कुल रु. १ ...

हिरासत कक्ष लागुऔषध ...

सुरुङ्गा/ इलाका प्रहरी कार्यालय काँकरभिट्टामा चार महिला ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved