गोविन्द बस्नेत धरान । नेपालीहरुको घर घरमा दशै भित्रिइसकेको छ । दसैंको लागि खानेकुरा जोहो गर्न किनमेलमा ब्यस्त छन सर्बसाधारण । तर, भान्साका लागि चाहिने अत्यावश्यक पर्ने टमाटरको मूल्य अहिलेसम्मै उच्च रहेको छ । परिकारमा अनिवार्य चाहिने टमाटरको मूल्य ह्वात्तै बढेपछि सर्वसाधारण मारमा परेका छन् ।धरान १५ की सुमना कार्की धरान २ नरेन्द्र पथमा रहेको तरकारी पसलमा टमाटर किन्न पुग्दा टमाटरको भाउ सुन्ने वित्तिकै तीन छक्क परिन् । एक महिना अगाडिसम्म प्रति केजी ४० रुपैयाँमा टमाटर किनेकी उनले एकै पटक व्यापारीले १ सय ८० भनेपछि बल्ल टमाटरको मुल्य अचाक्ली भाउ बढेको थाहा पाइन । चाडवाडको समयमा खाद्यान्न लगायत
घरमा बुढा बा आमा थिए थियो दशै थियो सिङ्गो भान्सा सिङ्गो घर आगन टपरीमा जमरा टीका थिए थिए त केबल इतिहासकै पानामा थिए राता टीका पहेला जमरा कानमा सजाएर ठुला बडा आफन्तबाट आशिर्वाद दक्षिण कमाएर पिङ खेलिन्थियो खुसी बाडिन्थियो आफना आफन्त नरनाता सबै एक आपसमा रमाएर बा सकिए आमा सकिए घर त घर हैन कोठा कोठा परिणति भयो एउटा छोरो सहर पसो अर्को छोरो बिदेश बसो दौउरा टोपी हरायो धोती पछ्यौरी हरायो रातो माटो कमेरोले लिपेको
सम्पति के हो ? अष्ट्रेलिया,अमेरिका,क्यानडा,युरोप बस्नेलाई सोध। दुख के हो ?खाडी मुलुक बस्नेलाई सोध । सम्बन्ध के हो?आफन्तबाट टाढिएकालाई सोध।रोग के हो ?मनपरि खानेलाई सोध। उपचार के हो?जिवन पद्धति बुझेकालाई सोध। देश कसरी बिग्रियो?राजनिती गर्ने छट्टुहरुलाइ सोध। आज यो मुलुक छोड्न कोही शरणार्थी बन्न तयार छन्कोही देशमा साशन गर्न श्रणार्थी बनाउन तयार छन् ।।। _ रविन अधिकारी -सञ्चालक,होटल सन्ध्या इन,धरान
चौतारा अगम सिं राईको तक्मा टेकेर अटल सिं खम्बूको ढाकर बिसाउँछ चतरा !ढिके नुनमा घिऊ साटेर सुन्तलाका भारी, अम्लिसो र डोका नाम्ला बोकेरकाँधका खकन र निधारको बरियो बिसाएरहरियो बन्छ चतरा । जाडोमा कठ्याङ्ग्रिदै बर्खामा उखपात गर्मी छर्छ चतरा मान्छेहरुको श्रमले शिथिल देवी, देउराली र ढुङ्गाका देउताहरुकोपसिना काढ्छ चतरा उफ ! चतरा । वैदिक कालको गायत्री मन्त्र जपेरशृङ्गी ऋषिको तपमा तातिन्छ चतरामहाभारतका पाण्डवले चोरघाट तर्दाबट्टी उठाउँछ चतरा। औलिया बाबाले औलो खिचेर शान्ति छर्दा दुर्वासाको क्रोधले थर्थर काप्छ चतरा उफ ! चतरा। सुम्निमा र सोमदत्तको प्रेम उत्सर्गमा पुग्दा खरमजुरको संसर्गले सेताम्य हुन्छ चतर
केही समययता सुनसरी, मोरङ र झापाका कतिपय स्थानमा सर्वसाधारण नागरिक जङ्गली हात्तीको त्रासबाट आतङ्कित छन् । झापा र मोरङका दक्षिणी क्षेत्रमा अवस्थित केही बस्तीमा त जङ्गली हात्तीको आतङ्क नयाँ होइन । त्यस्ता बस्तीमा जङ्गली हात्तीको आक्रमणबाट थुप्रै नागरिकले ज्यान गुमाइसकेका छन् । केही समययता भने जङ्गली हात्तीको समूह पहाडी क्षेत्रतर्फ देखिन थालेको छ । पहिले जङ्गली हात्तीको आवागमन खासै नहुने क्षेत्रमा पनि जङ्गली हात्तीको आवागमन हुन थालेको छ । धरान–६, पानबारीमा पर्ने माछापुच्छ्रे बस्तीका बासिन्दा पनि हात्ती–आतङ्कबाट पीडित छन् । यहाँ भने पहिल्यैदेखि जङ्गली हात्तीले दुःख दिने गरेका छन् । क
ए बाबू ! भरिया त अरु पनि छन त ! एक्लैले किन धेरै भारी बोकेको नि ?ठाउँमा पुर्याउनु पर्छ त ! प्याजका दाना बाटाभरि खसेका भेटिए ।दुई चारवटा आलु पनि खसेका देखिए । आलु अथवा प्याज अरुलाई बोकाउदा हुने थियो त ! अरुहरुले ठगेका त होइनन होला त । उनिहरु पनि त उहिलेदेखिकै भरिया हुन त ।विस्वास पनि गर्ने गर्नु पर्छ ।अनिमात्र काममा पक्का होइन्छ त ! अरुहरु लखर लखर हिडिरहेका छन ।तिमी भने भएभरका भारि बोक्ने लोभ त गर्यो ,थाहा भएन , पैसा धेरै पाउनलाई हो ?यस्तो अबुजपन नगर न ,ती खसेका प्याज , आलुको हिसाब त गर्छन नि । अनि तिमीलाई नोक्सान हुन्न ?बाटोमा आमैले सम्झाउदा भए ... मोतीराज सुनुवार धरान
धरान/ आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्षका लागि तीनजनाको नाम सिफारिस भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अध्यक्षतामा बसेको बैठकले जनजाति आन्दोलनका तीनजना अगुवालाई उपाध्यक्षका लागि सिफारिस गरेको हो । सोमबार बसेको बैठकले प्रतिष्ठानको उपाध्यक्षमा ताप्लेजुङका पासाङ शेर्पा, गोरखाका रेशम गुरुङ र मुस्ताङकी टासी स्याङ्बो गुरुङसेनीको नाम सिफारिस गरेको हो । सिफारिस भएकामध्ये पासाङ नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष तथा संविधान सभा सदस्य हुन् ।त्यस्तै रेशम तमु छोँझ धिका पूर्व अध्यक्ष हुन् भने टासी संविधान सभा सदस्य हुन् । पासाङ शेर्पा
यति खेर ‘पहिचान पुरस्कार’को उत्कृष्ट ८ कृति सार्वजनिक पश्चात् बजार तातेको छ । खासमा मै हुँ भन्ने कविहरुले खास बजार तताएका छन् । तलका कविहरुलाई चै “कागलाई बेल पाक्यो हर्ष न बिस्मात“ भने झैँ छ । जो त्यहाँसम्म पुगेर आफ्नो कुरा पस्कने ल्याकत राख्दैन । पुरस्कार पाउन त परको कुरा भै हाल्यो । आजसम्म धेरै कविहरुको भाषण सुनेको छु मैले पनि । “पुरस्कार पाउँला भनेर कहिले लेखिएन । “, “पुरस्कार पाउनु ठूलो कुरा होइन“ जस्ता आदर्शका भाषणहरु । तर अहिलेको सरगर्मी तातिएको देख्दा सबैभन्दा आकाङ्क्षी त कवि लेखकहरु नै देखिन्छ । विशेष गरेर “लैङ्गकि विभेद भयो&ldqu
धरान । अनेरास्ववियू (क्रान्तिकारी) सुनसरी जिल्लाको १४ औं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले याम कुमार पाण्डेको अध्यक्षतामा २६ सदस्यीय कमिटि चयन गरेको छ ।सम्मेलनले सर्वसम्मत र निर्वाचन प्रणालीबाट चयन गरिएको अखिल क्रान्तिकारीका पूर्व नेता सिपि वजगाईले वताएका छन् ।बन्दसत्रमा लामो र निक्कै गहन छलफल पछि सक्षम नेतृत्व चयन गरिएको वताएका पूर्व विद्यार्थी नेता बजगाईले वताए । उनका अनुसार सम्मेलनले उपाध्यक्षहरुमा कृष्ण कार्की, मंतोस मण्डल, यमुना महत, सचिवमा भुपेन्द्र देवान लिम्बु, सह–सचिवमा शैली उप्रेती, कोसाध्यक्षमा मो.एहेसन अन्सारी चयन भएका छन् । त्यसै गरी सदस्यहरुमा कुशल कार्की, धनकेशर भु
काँचको पछाडी लुकेर अरुको पिडामा रमाउनेहरु अर्काको घाउ कोट्याई कोट्याई रमाउँदै अट्टहास लगाउन खोज्नेहरु तिम्रो शिर माथि बलेको दियोको उज्यालोले तिम्रो छाँया त कोर्न सक्ला तर अध्याँरो कालो चिरेर उज्यालो ल्याउन त कहाँ सक्ला चिन्ता तिमी आफ्नो गर मेरो आँगनमा घोप्टिएको औंसीको रात झै निष्पट्ट अध्यारोले तिम्रो आँगन कसरी जोगिएला।।।।। गिरिराज अधिकारी धरान