भानु कलेजमा वक्तृत्वकला र कविता प्रतियोगिता सम्पन्न

  • माघ २१, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ विराटनगरस्थित भानु कलेजले वक्तृत्वकला र कविता प्रतियोगिता सम्पन्न गरेको छ ।

शुक्रबार आयोजित कार्यक्रममा ‘नेपाली युवाहरुको विदेशमोह र यसले नेपालको समृद्धिमा पारेको प्रभाव’ विषयक वक्तृत्वकलामा आफ्नो विचार प्रस्तुत गरेर रोश्ना पौडेल प्रथम भइन् ।

१३ जना प्रतिस्पर्धीले भाग लिएको प्रतियोगितामा निरञ्जन चौधरीले द्वितीय स्थान हासिल गर्दा एन्जेल श्रेष्ठले तृतीय पुरस्कार पाइन् ।

कवि एवं पत्रकार मीनकुमार नवोदित प्रमुख निर्णायक र कलेजका सञ्चालक तथा प्राध्यापक वसन्त बस्नेत सदस्य रहेको निर्णायक समितिले कृष्णीकुमारी राउत र एन्जेल भण्डारीलाई सान्त्वना घोषणा गरेको थियो ।

त्यसैगरी सोही अवसरमा आयोजित कविता प्रतियोगितामा ‘बुवा’ शीर्षकको कविता वाचन गरेर कृष्णीकुमारी राउत प्रथम भइन् ।

‘बाकसको लाश’ कविता वाचन गरेर रोश्ना पौडेल द्वितीय हुँदा एन्जेल श्रेष्ठले तृतीय पुरस्कार पाइन् । निरञ्जन चौधरी र शिशिर नेपालले सान्त्वना पुरस्कार हात पारेका छन् ।

कलेजका निर्देशक वसन्त बस्नेतसमेत निर्णायक रहेको प्रतियोगितामा २७ जना विद्यार्थीले भाग लिएका थिए ।

कलेजका प्राचार्य मोहनकुमार श्रेष्ठको अध्यक्षता भएको सो कार्यक्रम निर्देशक रमेश पाण्डेलले सञ्चालन गरेका थिए ।

कार्यक्रममा अतिरिक्त क्रियाकलापका संयोजक तथा कलेजका निर्देशक देवेश प्रधान, युवा साहित्यकार एवं पत्रकार कटवाल दीपकलगायतले अप्रतियोगी कविता वाचन गरे ।

कार्यक्रममा कलेजका निर्देशक सुशील भगत, सम्साद अन्सारी, शिक्षक, कर्मचारी र विद्यार्थीको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका नवोदितले राजनीति, प्रशासनिक, न्यायलगायतका क्षेत्रमा लाग्ने व्यक्ति पद सकिएपछि पूर्व हुने नवोदितले जिकिर गरे ।

तर भाषा, कला, साहित्य, संगीतमा लाग्ने व्यक्ति कहिल्यै पूर्व नहुने उनले बताए ।

जुन क्षेत्रमा लागे पनि सक्रियता र निरन्तरता आवश्यक पर्ने उनको भनाइ थियो ।

कलेजले विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन गराउन प्रतियोगिता आयोजना गरेको जनाएको छ ।

भानु कलेजले अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकतामा राखेको प्राचार्यले श्रेष्ठले जानकारी दिए ।

कविता, निबन्ध, वक्तृत्वकला, वादविवाद, हाजिरीजवाफ, चित्रकलासहित खेलकुद प्रतियोगिताहरु आयोजना गर्ने गरेको अतिरिक्त क्रियाकलापका संयोजक देवेश प्रधानको भनाइ थियो ।

धरानमा दिप प्रज्वलन, ...

धरान/ मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान ...

पशुपतिको विद्युत शवद ...

काठमाडौं/ पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी ...

मे दिवसमा सडक दुर्घट ...

काठमाण्डौं/ यातायात मजदुरहरुलाई सडक सचेतना गराउँदै ...

इलामको जिम्मा सुहाङक ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब इल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved