वराहक्षेत्रमा कविहरूको जमघट हुने

  • फागुन ४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्रमा पूर्व–मेचीदेखि महाकालीसम्मका कविहरूको जामघट हुनेभएको छ ।

वराहक्षेत्रमा स्थापित स्वर्णिम साहित्य समाजले ‘प्रज्ञा कविता उत्सव २०८० को आयोजना गरी कविहरूलाई एकै ठाउँमा भेला गर्न लागेको हो ।

स्वर्णिम साहित्य समाज वराहक्षेत्र–३ ले नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव २०८० मा उत्कृष्ट भएका दश कविलाई केन्द्रित गर्दै फागुन १२ गते चक्रघट्टीमा ‘प्रज्ञा कविता उत्सव’ गर्ने भएको समाजका अध्यक्ष प्रकाश दिप्साली राईले जानकारी दिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा कार्यक्रम हुने आयोजकले जनाएको छ ।

साहित्यमा बामे सर्दैगरेको सुनसरीको उत्तरी ग्रामीण क्षेत्रमा आयोजना हुने ‘प्रज्ञा कविता उत्सव’ ले साहित्य क्षेत्रमा थप टेवा पुग्ने आयोजकले जनाएको छ ।

समाजले पाँच चरणको कार्यक्रमको ढाँचामा कविता उत्सव गर्ने भएको समाजका अध्यक्ष राईले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा उद्घाटनसत्रको सहजीकरण हुनेछ ।

दोस्रो चरणमा राष्ट्रिय कविता महोत्सव २०८० का उत्कृष्ट दश कविहरू समीप वैरागी (रोल्पा), जीवन आरोही (उदयपुर), राधिका कल्पित (काठमाडौँ), तीर्थ विश्वकर्मा (धरान, सुनसरी),

नवीन अभिलाषी (नेपालगन्ज, बाँके), उमेश पुन (रुकुम), पुर्णान्द ओझा (डोटी), प्रकाश दिप्साली राई (सुनसरी), खिमानन्द जोशी (दार्चुला) र कृपा करुणा पोख्रेल (इनरुवा, सुनसरी) ले दुई–दुई वटा कविताको प्रस्तुति गर्ने भएका छन् ।

यस्तै तेस्रो चरणमा अतिथि कविहरू रेखा सुवेदी, भीम विरही राई, रोशन परियार र विराट किरातीले कविता सुनाउने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।

चौथो चरणमा स्थानीय सर्जक र सिर्जना अन्तर्गत लक्ष्मण कटुवाल, सविता फागो, वर्षा भण्डारी, ज्ञानु राई र राजन इशारा राईले गजल तथा कविता प्रस्तुत गर्ने बताइएको छ ।

पाँचौँ चरणको कार्यक्रम अन्तर्गत वाचन भएका कविताहरू माथि कवि मनु मन्जिल र प्राज्ञ राजन मुकारुङले प्रकाश पार्नेछन् ।

वराहक्षेत्र नगरपालिका र नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौँको सहयोगमा कार्यक्रम हुने भएको संयोजक छबिना लुङ्गेली मगरले बताईन ।

स्वर्णिम साहित्य समाज डेढ दशकदेखि वराहक्षेत्रको साहित्य र सिर्जनाको उन्नयनमा निरन्तर समर्पित रहँदैआएको छ ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved