अन्तर्राष्ट्रिय गणित तथा पाई दिवस मनाइयो

  • चैत्र २, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /अन्तर्राष्ट्रिय गणित तथा पाई दिवसको अवसरमा यहाँस्थित महेन्द्र बहुमुखी क्याम्पसमा बिहीबार ‘टक सिरिज’ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नरेन्द्रप्रसाद लिम्बूले वास्तविक जीवनमा गणितको उपयोग, नरबहादुर तामाङले पाई र जम्बु शेर्पाले गणित शिक्षणमा समस्या र समाधान विषयमा प्रस्तुतीकरण प्रस्तुत गरेका थिए ।

त्यस क्रममा सहभागी विद्यार्थीहरूका तर्पmबाट केन्द्रीय प्रविधि क्याम्पसमा बीएससी चौथो वर्षका छात्र भुवन पौडेल र बीएड दोस्रो वर्षकी छात्रा विनीता लिम्बूले अनूभुति मन्तव्य राखेका थिए ।

नेपाल गणित समाजको कोशी प्रदेश समिति र महेन्द्र बहुमुखी क्याम्पसको गणित तथा भूगोल विभागले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रमको अध्यक्षता महेन्द्र क्याम्पसको गणित तथा भूगोल विभागका विभागीय अध्यक्ष सहप्राध्यापक गणेशकुमार कार्कीले गरेका थिए ।

क्याम्पस प्रमुख सहप्राध्यापक चन्द्रकुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमको सञ्चालन गणित समाजका कोशी प्रदेश सचिव बद्री तामाङले गरेका थिए ।

कार्यक्रममा समाजका कोशी प्रदेश सदस्य चूडामणि भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने केन्द्रीय प्रविधि क्याम्पसबाट बलभद्र भण्डारी र सम्पूर्ण विद्यालयहरूका तर्पmबाट भरत शाक्यले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

समाजका कोशी प्रदेश सहसचिव विक्रम राईले सहयोगी र सहभागी सबैलाई धन्यवाद दिएका थिए ।

एमालेको विजय सभालाई ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछ ...

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved