सम्पादकीय

    Showing 11-20 of 210 items.
  • कानुनको पालनामा जिम्मेवार बन्नु आवश्यक

    हाम्रो देशमा सुशासन छैन । हरेक क्षेत्रमा अराजकता र उद्दण्डता छ । आर्थिक अनुशासन नहुनु र ठुल्ठुला भ्रष्टाचार हुनु पनि हाम्रा समस्या हुन् तर कानुनकै अभावमा यस्ता समस्या देखिएका भने होइनन् । कतिपय ऐन–कानुनमा समयसापेक्ष संशोधनको आवश्यकता नभएको होइन । समयानुकूल कतिपय नयाँ कानुन पनि बनाउनु आवश्यक हुन्छ तर सुशासन र कानुनी राज्यका लागि अहिले भएकै कानुन पनि अपर्याप्त भने छैनन् । मुख्य विषय त कानुनको पालना हो । हामीकहाँ सामान्य ट्राफिक नियमको पालना गर्न र हेलमेट लगाएर मोटरसाइकल कुदाउन पनि ट्राफिक प्रहरीको उपस्थिति अनिवार्य हुन्छ । आप्mनै सुरक्षाका लागि पनि कसैले डण्डा चलाउनुपर्ने नागरिकहरूले बस

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 515 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्वदेशमै फर्किने वातावरण बनाऊ

    गैरकानुनी रूपमा आफ्नो देशमा बसोबास गरिरहेका हजारौँ आप्रवासीलाई अमेरिकी सरकारले बर्सेनी देश निकाला गर्ने गरेको छ । कानुनी कागजातविना नै बसिरहेका त्यस्ता आप्रवासीलाई लाखौँ अमेरिकी डलर खर्चेर अमेरिकाले उनीहरूकै देशमा फर्काउने गरेको छ । यसरी आफ्नै देश फर्काइने कानुनी कागजातविहीन आप्रवासीहरूमा नेपाली नागरिक पनि हुने गरेका छन् । विश्वका १ सय ९ मुलुकका आप्रवासीमध्ये काजवातविहीनलाई फर्काउने प्रक्रियालाई वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि तीव्रता दिइरहेका छन् । यसपटक पनि केही नेपाली नागरिकहरू फर्काइएका छन् । मध्यमवर्गीय अधिकांश नेपाली नागरिकहरूका लागि अमेरिका सपनाको देश बन्ने गरेको छ ।

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • 510 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युवालाई कृषिमा आकर्षित गर्नु आवश्यक

    सप्तरीको सुरुङ्गा नगरपालिका–५ स्थित कुशाहाका पबितार पासवानले तरकारी खेतीबाट परिवारको जीविकोपार्जन मात्र होइन, मनग्य आम्दानी पनि गरिरहेको समाचार त्यहाँबाट आएको छ । उनी मात्र होइन, परिवारका सदस्यले पनि रोजगारी पाएका छन् । उनी तरकारी टिप्ने तथा बजारसम्म पुर्‍याएर बिक्री गर्ने काममा व्यस्त हुन्छन् । उनले वर्षको तीन यामसम्म तरकारी लाउने गरेका छन् । देशमा सुन्दर भविष्यको कुनै सम्भावना नदेख्ने धेरैका लागि उनी प्रेरणाका स्रोत हुन सक्छन् । उनले तरकारी खेतीबाट वार्षिक एक–डेढ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । यो सानो रकम होइन । उनले आफ्नै दुई कठ्ठा र लिजमा गरी चार कठ्ठा जमिनमा

    • प्रकाशित मितिः पुस ११, २०८१
    • 388 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सरकारी ढुकुटीको दुरुपयोग बन्द गर

    देशको हरेक क्षेत्रमा बेथिति छ । राजनीतिक नेतृत्व नै इमानदार हुन नसक्दा सबै क्षेत्रमा यस्तो बेथिति देखिने गरेको छ । राजनीतिक नेतृत्व इमानदार र कर्तव्यनिष्ठ हुन नसक्दा कर्मचारीतन्त्रमा पनि सुधार सम्भव हुन सकेको छैन । राजनीति स्वच्छ हुने हो भने कर्मचारीतन्त्रमा पनि दवाब पर्ने थियो तर यस्तो हुन सकेन । त्यसैले हरेक क्षेत्र अव्यवस्थित छ । यस्तै बेथिति र अनियमितताकै कारण सकारात्मक कामहरू पनि ओझेलमा पर्ने गरेका छन् । देशमा सकारात्मक काम हुँदै नभएका होइनन् । शिक्षा, यातायात, स्वास्थ्य, सञ्चारजस्ता क्षेत्रमा उल्लेख्य प्रगति भएका छन् । नागरिकहरूको चेतना स्तर पनि निकै माथि पुगेको छ तर अनेक बेथिति र भ्रष

    • प्रकाशित मितिः असोज २२, २०८१
    • 827 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विपद् व्यवस्थापनमा गम्भीर बन्नु आवश्यक

    दुई दिन लगातार भएको वर्षाका कारण राजधानी उपत्यकासहित देशभर ठुलो जनधनको क्षति भएको छ । मौसम विज्ञान विभागले ठुलो वर्षा हुने पूर्वानुमान सार्वजनिक गर्दै सचेत हुन आग्रह गरेको भए पनि सरकारले कुनै पूर्वतयारी नगर्दा यस्तो अवस्था आएको हो । यसले सरकारी संयन्त्रको असक्षमतालाई पनि छताछुल्ल पारिदिएको छ । समयमै उद्धार गर्न सकिएको भए केही सर्वसाधारणको ज्यान जोगाउन सकिने सम्भावना बढ्ने धारणा व्यक्त भइरहेको छ । केही स्थानमा उद्धार कार्यमा देखिएको सरकारी संयन्त्रको बेवास्ताका कारण यस्तो अनुमान गरिएको हो । यो अनुमान आधारहीन पनि छैन । ललितपुर उपमहानगरपालिकाभित्र पर्ने नख्खु खोलाको बाढीमा फँसेका चारजनाको उद्ध

    • प्रकाशित मितिः असोज १४, २०८१
    • 464 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राष्ट्रिय विपत्तिमा सबै एकजुट बनौँ

    बिहीबारयता परेको अविरल वर्षाका कारण आएको बाढी–पहिरोमा परेर देशभर ६० जनाको मृत्यु भएको र ६४ जना बेपत्ता भएको समाचार आएको छ । बाढी–पहिरोमा परी काठमाडौँ उपत्यकामा मात्र ३४ जनाको मृत्यु भएको छ । यो पङ्क्ति लेख्दासम्म ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा ५ जनाको मृत्यु भएको समाचार आएको छ । हजारौँ घर डुबानमा परेका छन् भने कयौँ परिवार विस्थापित भएका छन् । यसबाट करोडौँको धनमाल नष्ट भएको छ । बाढीले कयौँ पक्की र झोलुङ्गे पुलका साथै सडक पनि बगाएको छ । यस्तो विषम् परिस्थितिका कारण कतिपय स्थानमा आवागमन नै बन्द भएको छ । वास्तवमा अहिले राष्ट्रिय विपत्तिको सिर्जना भएको छ । कोशी ब्यारेजमा प

    • प्रकाशित मितिः असोज १३, २०८१
    • 584 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्थानीय सरकारहरू जिम्मेवार बन्नु आवश्यक

    एकात्मक र केन्द्रीकृत शासन प्रणालीमा अधिकारको केन्द्रीकरणले विकासमा असन्तुलन सिर्जना गरेको अनुभव गरी नागरिकहरूले सङ्घीय व्यवस्थाको पक्षमा आवाज उठाए । हुन पनि एकात्मक व्यवस्थामा सबै अधिकार र अवसरहरू केन्द्रमै थुप्रिएका थिए । राजधानीबाट टाढा–टाढा रहेका क्षेत्रहरू शासकका आँखामा पर्दैन थिए । त्यसैले दूरदराजका क्षेत्रमा विकास पुग्न सकेन । त्यहाँका नागरिकहरू विकास र सुविधाबाट वञ्चित भई ‘अनागरिक’ का रूपमा बाँच्न बाध्य भए । यस्तै असमानता र विभेदका कारण नागरिकहरूले सङ्घीय व्यवस्था रोजे । अहिले नेपालको संविधानले स्थानीय, प्रदेश र सङ्घ गरी तीन तहको शासकीय संरचना व्यवस्था गरेको छ । स

    • प्रकाशित मितिः असोज १, २०८१
    • 523 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मानसिक रोगलाई बेवास्ता नगरौँ

    कोशी प्रदेशमा आत्महत्याको दर बढ्दै गएको तथ्याङ्कले देखाएको छ । प्रहरी कार्यालयमा भएको अभिलेखबाट यस्तो तथ्य देखिएको हो । प्रहरीको अभिलेखबाट कोशी प्रदेशमा आत्महत्याको अवस्था डरलाग्दो देखिएको छ । कोशी प्रदेशमा आर्थिक वर्ष २०७८/०७९ मा आत्महत्याका १ हजार ४८२ वटा घटना दर्ता भएका छन् भने २०७९/०८० मा १ हजार ५४८ र २०८०/०८१ मा १ हजार ५५४ वटा घटना दर्ता भएको कोशी प्रदेश प्रहरी कार्यालयको अभिलेखमा उल्लेख छ । धरानमा पनि आत्महत्याका घटना निरन्तर बढिरहेको देखिन्छ । प्रहरीको अभिलेखबाट यस्तो देखिएको हो । कतिपय घटना प्रहरीसम्म नपुगेका पनि हुन सक्छन् । धरान वा कोशी प्रदेशमा मात्र होइन, देशमै पनि आत्महत्याको

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 505 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सम्पादकीय, सरकार गम्भीर बन्नुपर्छ

    बितेको एक वर्षमा वैदेशिक रोजगारीमा गएका १३ सयजनाभन्दा बढी नेपाली श्रमिकले ज्यान गुमाएको समाचार प्रकाशमा आएको छ । वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष ०८०/०८१ मा वैदेशिक रोजगारमा गएका १ हजार ३४६ नेपाली श्रमिकले ज्यान गुमाएको जनाएको छ । यो सङ्ख्या अझै बढ्न सक्छ किनभने यो तथ्याङ्क स्वीकृति लिएर गएका श्रमिकहरूको मात्रै हो । स्वीकृति नलिई गैरकानुनी बाटोबाट कति श्रमिक वैदेशिक रोजगारमा गरए र तीमध्ये कतिजनाको मृत्यु भयो भन्ने तथ्याङ्क कतै उपलब्ध छैन । बोर्डले जनाएअनुसार आर्थिक वर्ष ०८०/०८१ मा सबैभन्दा धेरै विभिन्न रोगका कारण श्रमिकको ज्यान गएको छ । वैदेशिक रोजगारमा रहँदा ज्यान गुमाउने नागरिकहरू

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 395 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • योजनाहरू कागजमा सीमित नहोस्

    कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै कृषि अनुदान दुरूपयोग गर्नेहरूको नाम सार्वजनिक गर्ने बताएका छन् । कृषि अनुदानको व्यापक दुरुपयोग भएको गुनासो आएकाले मन्त्रालयले अनुदान लैजानेहरूका नाम सार्वजनिक गर्ने बताएको समाचार आएको छ । कृषि अनुदानको व्यापक दुरुपयोग भएको गुनासो पूर्णतः असत्य होइन । केही किसानले अनुदानको सदुपयोग गरेर देशको कृषि क्षेत्रमा योगदान दिइरहेका भए पनि कतिपयले भने अनुदानको दुरुपयोग गरेका छन् । त्यसैले अनुदान लैजानेहरूका नाम सार्वजनिक गर्ने भनाइलाई सकारात्मक रूपमा लिनु आवश्यक छ । हाम्रो देशको हरेक क्षेत्रमा बेथिति व्याप्त छ । क

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 533 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved