Top 4

    Showing 941-950 of 9,492 items.
  • नवरात्रको सातौँ दिन : कालरात्री देवीको पूजा आराधना

    झापा/आज बडादसैँ अन्तर्गत नवरात्रको सातौँ दिन अर्थात् सप्तमीमा शक्तिस्वरूपा कालरात्री देवीको पूजा–आराधना हुँदैछ। कालो वर्णकी, तीन नेत्र भएकी, चार हातमा तरवार, मसाल, वरमुद्रा र अभयमुद्रा धारण गरेकी तथा गधा वाहन चढेकी देवी कालरात्रीलाई दुर्जन शक्तिको नाशकर्त्री मानिन्छ। उनको स्वरूप भयानक देखिए पनि भक्तजनलाई शुभफल दिने भएकाले शङ्करी नामले पनि चिनिन्छन्। मान्यतानुसार, कालरात्रीको स्मरण मात्र गर्दा दानव, दैत्य, राक्षस र भूतप्रेत भाग्छन्। भक्तलाई साहस, धैर्य र आत्मविश्वास दिलाउने तथा भय नष्ट गर्ने शक्तिकी रुपमा कालरात्रीलाई पूजिन्छ। जीवनमा आउने ठूला संकट टार्न पनि आजको दिनको आराधनालाई विशेष म

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 525 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फूलखेती गरेर एकै वर्षमा १५ लाख आम्दानी

    दाङ / घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका लोकेन्द्र रोकामगरको बारीमा आजभोलि सयपत्रीका फूल ढकमक्क फुलेका छन् । उनले बाह्रै महिना यसैगरी फूलको व्यावसायिक खेती गर्दै आएका छन् । बेसिजन अर्थात् बेमौसमी याममा पनि उन फूल, माला बिक्री गर्दै आएको बताए । चाडपर्वमा मात्र नभई मगरको बारीमा अघिपछि पनि फूल फुलिरहेको हुन्छ । व्यावसायिक रूपमा फूलखेती गरेका उनी यही व्यवसायमा सन्तुष्ट छन् । आम्दानीको पाटो पनि राम्रो भएको छ फूलखेतीबाट । फूलखेती गर्नुभन्दा अघि उनी वैदेशिक रोजगारमा रहेका छन् । “विगत लामो समयदेखि विदेशमा रोजगार गरेर फेर्केपछि फूलखेती थालेको हुँं”, उनले भने, “बाहिरी देश

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 436 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा स्कुटरको ठक्करबाट महिलाको मृत्यु, चालक फरार

    धरान/सुनसरीको धरान उपमहानगरपालिका–१७  स्कुटरको ठक्करबाट एक महिलाको ज्यान गएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार मिति २०८२ असोज ११ गते साँझ करिब ६:४० बजे रेल्वेतर्फ जाँदै गरेको प्र–१–०२–०५२ प ५१४६ नं. को स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते भएकी करिब ५० वर्षीया महिलालाई तत्काल उद्धार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका लागि लगिएको थियो। गम्भीर घाइते भएकी ती महिलाको टाउकोमा गहिरो चोट लागेकाले अवस्था नाजुक थियोे । उपचारका क्रममा मिति २०८२ असोज १२ गते राति करिब २:३० बजे उनको मृत्यु भएको हो। मृतकको पहिचान धरान–१७

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 898 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा ठूलो परिमाणमा गाँजा बरामद

    सुनसरी/ लागू औषध नियन्त्रण अभियानअन्तर्गत सुनसरी प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकीबाट खटिएको टोलीले कोशी गाउँपालिका–७, केराबारीस्थित पूर्व–पश्चिम राजमार्गको दक्षिणपट्टि सडक पेटीमा छाडिएको अवस्थामा १८ बोरा गाँजा फेला पारेको हो। प्रहरीका अनुसार बरामद भएको उक्त गाँजाको तौल ६३७.४५ केजी (छ सय सैतिस किलो पैतालिस ग्राम) छ। बरामद पदार्थलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 654 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नवरात्रिको छैटौँ दिन आज देवी कात्यायनीको पूजा

    काठमाडौं/  बडादसैँ अन्तर्गत नवरात्रिको छैटौँ दिन आज देशभर देवी कात्यायनीको पूजा–आराधना गरी मनाइँदै छ। यधपी दिनका हिसाबले सातौ दिन भएता पनि तिथिकाे गडबडीले आज छैटौं दिनकाे पुजा आराधना गरिदैछ। नवरात्रिको प्रत्येक दिन दुर्गा देवीका विभिन्न रूपहरूको पूजा गर्ने परम्परा छ। आजको दिन शक्ति, साहस र दुष्ट शक्तिको विनाशको प्रतीक देवी कात्यायनीलाई समर्पित गरिएको छ। बिहानै स्नान गरी सफा वस्त्र धारण गरेर श्रद्धालुहरूले पूजा स्थलमा देवीको प्रतिमा वा तस्वीर स्थापना गरी पूजा गर्ने चलन रहेको छ। धार्मिक विश्वासअनुसार देवी कात्यायनीको पूजा गर्ने व्यक्तिको मनोकामना पूरा हुन्छ, विवाहमा आउने बाधा हट्छ

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 630 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पासपोर्ट रोक्ने तयारीप्रति ओलीको आक्रोशः “हामी भाग्दैनौँ”

    काठमाडौँ/ नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार तोडफोड र आगजनीको उपज भएको आरोप लगाउँदै केही नेताको पासपोर्ट रोक्ने तयारीप्रति आक्रोश पोखेका छन्। बडादसैँको अवसरमा भक्तपुरको गुण्डुमा आयोजित युवा सङ्घ नेपालको खुला कार्यक्रममा बोल्दै ओलीले भने, “अहिले सुन्दैछु, सरकार पासपोर्ट रोक्ने कुरा गर्दैछ। के ठानेको छ त्यो सरकारले? यो हा–हु गरेर बनेको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौँ? के सोचेकै हो?” ओलीले सरकारलाई पारदर्शिता देखाउन चुनौती दिँदै भने, “कर्मचारीलाई दिएका निर्देशनदेखि प्रहरीलाई गरेका आदेशसम्म सबै रेकर्

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 472 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लोकतन्त्रमा मात्रै श्रमिक अधिकार सुरक्षित हुन्छ: मजदुर नेता भीमज्वाला राई

      धरान/  लोकतन्त्रमा मात्रै श्रमिकहरुको अधिकार सुरक्षित हुने मजदुर नेता भीमज्वाला राईले बताउनुभएको छ ।   नेपाली श्रम आन्दोलनको सात दशक लामो संघर्ष र रगत पसिनाबाट निर्माण गरिएको संविधान र संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था विरुद्ध षड्यन्त्र भइरहेको प्रति श्रमिकहरुले खबरदारी गर्नुपर्ने समेत राईले बताउनु भएको छ ।    सुरक्षा श्रमिक ट्रेड युनियन नेपाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार आयोजना गरेको कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष तथा जिफन्ट राष्ट्रिय कमिटीका सदस्य समेत रहनु भएका राईले व्यवस्था खारेजीका लाग

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 625 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा

    काठमाडौँ/  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका छन् । भक्तपुरको गुन्डुमा शनिबार आयोजित राष्ट्रिय युवा संघको खुल्ला भेटघाट कार्यक्रममा अध्यक्ष ओली देखिएका हुन् । कार्यक्रममा अध्यक्ष ओली, उनकी पत्नी राधिका शाक्य, राजेन्द्र गौतम, भानुभक्त ढकाल, महेश बस्नेत, राजिव पहरी, माधव ढुंगेल लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ । अध्यक्ष ओलीले सो कार्यक्रमलाई सम्बोधन समेत गरेका छन् ।

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 542 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तलब नख्वाउने पालिकालाईलाई कडा कारबाही गर्नेमन्त्री पुनको चेतावनी

    काठमाडौं/ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आइतबार (असोज १२ गते) भित्र शिक्षकलाई तलब उपलब्ध नगराउने पालिकालाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्। मन्त्री पुनले शनिबार बिहान सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै दशैं–तिहारको बेला शिक्षकहरूले तलब नपाएको गुनासो बढिरहेका कारण तत्काल समाधान गर्न सम्बन्धित विद्यालयहरूलाई पनि निर्देशन दिएका हुन्। उनका अनुसार शिक्षा मन्त्रालयले तलब रकम पहिले नै विद्यालयमा पठाइसकेकाले शिक्षकहरूलाई समयमै पारिश्रमिक उपलब्ध गराउन कुनै अवरोध छैन। ‘मन्त्रालयबाट पैसा गएर पनि तलब नखुवाउने पालिकाहरुलाई सूचना – दशैं-तिहारको अवस

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 507 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खसी बोका बजारले चहलपहल बढ्यो

    धरान/  जेनजी आन्दोलन र लगातारको वर्षाका बाबजुद पनि नेपालीहरु दशैंको तयारीमा जुटिरहेका छन् । विशेषगरी मासुका परिकारको महत्व हुने भएकाले धरानस्थित कृषि बजारमा खसी–बोका खरिद–विक्रीमा चहलपहल बढेको छ । धरान–१३ स्थित कृषि बजारमा गत शुक्रबार भन्दा यो शुक्रबार ठूलो संख्यामा खसी बोका व्यापारी तथा कृषकले ल्याएका छन् । खसी बोका विक्री गरेर दशैं टार्ने कृषक र व्यापारीको ध्याउन्न छ भने उपभोक्ताले समेत सर्वसुलभ ढंगले खरिद गरी दशैं मनाउने तयारी गरेका छन् । कृषक तथा व्यापारीहरु भन्छन् ‘वर्षा र आन्दोलनकै कारण बजार सुस्त थियो, अहिले भने चहलपहल बढेको छ ।’हाल कृषि बजारम

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 445 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved