वराहक्षेत्रको श्रीलंका टप्पुमा पशु,कृषि,ब्यक्तिगत तथा सामाजिक सुरक्षा सम्बन्धि एकीकृत घुम्ती सिविर

  • मंसिर २३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/भौगौलिक रुपमा दुर्गम , शैक्षिक रुपमा पछि रहेको वराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ कोशीपारी स्थित श्रीलंका टप्पुमा नगरपालिकाले पशु स्वास्थ्य शिबिर , कृषि माटो परिक्षण तथा व्यक्तीगत तथा सामाजिक सुरक्षा सम्बन्धी एकीकृत घुम्ती सिविर आयोजना गरेको छ । 

नगरपालिकाको प्रशासनिक केन्द्रसंग भौगौलोक रुपमा टाढा रहेको श्रीलंका टप्पुका स्थानियहरुलाई राहत तथा सुविधाकालागी मङलवार पशु पालन किसानहरुलाई निशुल्क औषधी सहित पशु स्वास्थ्य शिविर , खोरेत बिरुद्बको खोप , माटो परिक्षण सहित परामर्श सेवा तथा व्यक्तीगत घटना दर्ता, सामाजिक सुरक्षा कार्यक्रम दर्ता सिविर आयोजना गरिएको थियो ।

पशु तथा चौपायमा देखा परेका रोग , समस्याको उपचार , परामर्श तथा आवश्यक औषधीहरु बितरण , वाली संरक्षण प्रयोगशाला झुम्का, सुनसरीसंगको प्राबिधिक सहयोगमा माटो परिक्षण परामर्श सेवा र प्रशासन केन्द्रसंग भौगौलिक रुपमा दुरीमा रहेका स्थानियहरुको सेवा तथा सुबिधाकालागि व्यक्तीगत घटना दर्ता, सामाजिक सुरक्षा कार्यक्रम दर्ता सिविर गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवालले जानकारी दिए ।

भौगोलिक रुपमा नगरपालिकाको प्रशासनिक केन्द्रसंग टाढा , सामाजिक तथा शैक्षिक रुपमा पछि परेका स्थानियवासिहरुको सुबिधाकालागि श्रीलंका टप्पुमा पशु , खोरेत रोग बिरुद्बको खोप , माटो परिक्षण , ब्यक्तिगत तथा सामाजिक सुरक्षा सम्बन्धि एकीकृत घुम्ती सिविर आयोजना गरिएको नगर प्रमुख रमेश कार्कीले बताए ।

पशु पालन गर्न कृषक , तरकारी गर्ने किसानहरुलाई सहयोग र स्थानिय नगरवासिको सुबिधाकालागि जन्म दर्ता, बिबाह दर्ता , बसाई सराई तथा सामाजिक सुरक्षा कार्यक्रम सिबिर राखिएको उनले बताए ।

पशु उपचार , माटो परिक्षण , ब्यक्तिगत तथा सामाजिक सुरक्षा सम्बन्धि एकीकृत घुम्ती सिविरले स्थानियहरुलाई सहयोग तथा राहत मिलेको उनले बताए ।

पशु , वालि , ब्यक्तिगत तथा सामाजिक सुरक्षा सम्बन्धि एकीकृत घुम्ती सिविर कार्यक्रममा नगर प्रमुख रमेश कार्की, उप-प्रमुख नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , वडाका जनप्रतिनिधिहरु , कर्मचारीहरु, वडा सचिवहरु , पञ्जिकरण शाखाका कर्मचारीगरु , पशु सेवा बिज्ञ ,कृषि माटो बिज्ञ लगायतको उपस्तिथि रहेको थियो ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved