Top 4

    Showing 9,311-9,320 of 9,414 items.
  • स्वास्थ्यकर्मीहरु  प्रति समर्पित गायक शिब लामीछानेको तिमी नै हौ तिमी  नै हौ मानवताकी बिश्व सुन्दरी

      धरान / कोरोनाको महामारीबाट  अहिले संसारभर नै अधिकांश देशहरु अछुतो रहन सकेका छैनन् । संसारभरमा सोमबार बिहान सम्ममा  ६१ करोड ७० लाख ५५हजार ६ सय २६ जना संक्रमित मध्ये   ३७ हजार ४ सय ९६ जना कोभिड १९   संक्रमणमुक्त भएका छन् भने  ३लाख ७२हजार ९९ जनाको मृत्यु भैसकेको छ । नेपालमै मात्र १६४२जना संक्रमित मध्ये २२०जना निको भएका छन् भने ८ जनाको मृत्यु भैसकेको छ र कोभिड १९को संक्रमितको संख्या दिन प्रतिदिन बढी नै बढी नै रहेको छ  । कोभिड १९को उपचारमा अहिले कुनै औषधी तथा खोप नबनिसकेकोले लक्डाउनको पालना , संक्रमितहरुको दृढता र यो महामारीको पनि कुनै वास्ता नगरी स

    • प्रकाशित मितिः जेठ १९, २०७७
    • 1,441 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेकपाले माग्यो धरानको दिर्घकालिन विकासमा २ अर्ब ३ करोडको योजना (मागपत्र सहित)

    धरान । प्रदेशको आगामी आर्थिक वर्षमा धरान उपमहानगरपालिकाको लागि २ अर्ब ३ करोडको योजनाहरुको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरानले प्रदेश सरकारलाई मागपत्र पेश गरेको छ । धरानको लागि विभिन्न १ सय ५ योजनाहरुका लागि २ अर्ब ३ करोड २५ लाख रुपैयाको बजेट विनियोजन गर्न माग गरिएको नेकपाका जिल्ला सदस्य एवं धरान नगर इञ्चार्ज चोत्लुङले बताए । नेकपाको धरानमा भएका केन्द्र, प्रदेश, जिल्ला र उपमहानगर स्तरका नेता तथा प्रदेश संसद, जनप्रतिनिधी सहितको टोलिले विराटनगर पुगेर प्रदेश सरकारका मुख्यमन्त्री कार्यालय सहित सबै मन्त्रालयमा आफ्ना योजनाहरु पेश गरेको छ ।     धरानको दीर्घकालिन विकासको

    • प्रकाशित मितिः जेठ १९, २०७७
    • 2,104 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउनकामा आवासगृहमा बसेका सडक मानवहरु सांगितिक मनोरञ्जनमा खुलेर नाचे

    धरान । कोही मानसिक बिमारमा कारण बजारमा खुल्ला हिड्ने कोही सडकमै जिवन बिताउने सडक मानवहरु आइतबार मज्जाले नाचे । वैशाख १ गते देखि घरमै थुनिएर बस्नु परेको बाध्यतालाई मनोरञ्जनमा भुले । नाँच्न आउँदैन तर पनि संगितमा पुरै १ घण्टा झुमिरहे । हिजोको सबै दिनहरु बिर्सेर । हिजोको जस्तो सुकै अवश्थालाई पनि बिर्सेर धरान संगित प्रतिष्ठानले दिएको सांगितिक माहौलमा आफुलाई परिवर्तन खोजिरहे ।कोरोना संक्रमणको जोखिमबाट जोगाउन सरकारले घोषणा गरेको लकडाउन शुरु भए लगत्तै धरान उपमहानगरपालिकाले सकड मानवहरुलाई धरान ८ स्थित लाङघाली सामुदायिक वन उपभोक्ता समुहको आवसगृहमा व्यवस्थापन गरेको थियो । वैशाख १ गते देखि उनीहरु बजारक

    • प्रकाशित मितिः जेठ १८, २०७७
    • 783 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मानवता विरोधी सोति नरसंहारका दोषिलाई हदै सम्मको कारवाही गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

    धरान । रुकुम पश्चिममा भएको सोति नरसंहार मानवता विरोधी रहेको बताउँदै दोषिलाई हदै सम्मको कारवाहीको माग गर्दै दलित आन्दोलनका उच्चस्तरिय प्रतिनिधी मण्डलले नेपाल सरकारका गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । नेकपा र नेपाली काँग्रेसका दलित समुदायका संसदहरु सहित विभिन्न दलित संघसंस्थाका प्रतिनिधीहरुद्वारा सामुहिक हस्ताक्षरित ज्ञापन पत्र आइतबार गृहमन्त्री राम बहादुर थापालाई बुझाएका छन् । ४ बुँदे माग सहित उनीहरुले जातीय दमनमा आधारित सामुहिक हत्याकाण्डको न्यायिक छानबिन सहित पिडितलाई न्याय तथा अपराधीलाई हदै सम्मको कारवाही गर्न माग गरेका छन् । गत जेठ १० गते अन्तरजातीय प्रेम सम्बन्धलाई विवाहमा परिणत ग

    • प्रकाशित मितिः जेठ १८, २०७७
    • 776 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान अमेरिका कोरोना राहत कोष,

    धरान अमेरिका कोरोना राहत कोष, धरान टिमले धरान ८ को हरेराम कृर्तन कुञ्जमा खाद्यान र नगद प्रदान गरेको छ । शनिबार धरान टिमका संयोजक सुदन श्रेष्ठ लगायत सदस्यहरु पूर्ण राई, समिन राई, सुमन श्रेष्ठ र मोहन श्रेष्ठले कुञ्जका अध्यक्ष लोकनाथ सुवेदी र सचिव बासुदेव गौतम लगायतलाई खाद्यान्न तथा रकम हस्तान्तरण गरेको थियो । राहतमा ५० केजी चामल, १५ केजी दाल, १ कार्टन तेल, ३ केजी न्यूटेला, १ कार्टन विस्कुट, ५ केजी चिउरा, १ दर्जन लुगाधुने साबुन, १ दर्जन नुहाउने साबुन, १ प्याकेट पेष्ट सहित औषधि उपचारका लागि नगद रु ४ हजार प्रदान गरिएको थियो ।हरेराम कृतन कुञ्जमा रहेका १२ जना वृद्धबृद्धा सहितका लागि उक्त खाद्यान

    • प्रकाशित मितिः जेठ १८, २०७७
    • 881 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

    प्रदेश १ मा थप पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार झापामा ४ र मोरङमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोसी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा झापाको गौरीगञ्ज गाउँपालिकाका ४ जना र विराटनगरमा महानगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमित सबै भारतबाट आएकाहरु हुन । गौरीगञ्ज- ६ मा प्राथमिक स्वास्थ्य चौकीमा बसिरहेका ५१ मध्ये ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितको अवस्था सामान्य रहेको गौरीगञ्ज गाउँपालिकाका प्राथमिक स्वास्थ्य निरीक्षक रामचन्द्र मिश्रले जानकारी दिए । विराटनगर- १२ मा संक्रमण पुष्टि भ

    • प्रकाशित मितिः जेठ १८, २०७७
    • 808 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ला लिगा क्लबले सोमबारबाट पूर्ण प्रशिक्षण गर्ने

    एजेन्सी । स्पेनिसका शीर्ष दुई डिभिजन क्लबले सोमबारबाट समूहमा प्रशिक्षण गर्ने भएका छन् । कोरोना भाइरसको महामारीपछि स्पेनिस क्लब सोमबारदेखि पहिलो पटक पूर्ण प्रशिक्षण सत्र सुरु गर्नसक्ने ला लिगाले घोषणा गरेको छ । स्पेनिल लिगका सम्पूर्ण गतिविधि कोरोना भाइरस महामरीका कारण १२ मार्चमा स्थगित गरिएका थिए । टोलीहरूले मेको सुरुवातमा व्यक्तिगत प्रशिक्षणबाट सुरु गरेका थिए । तर, पछिल्लो दुई सातादेखि एक समूहमा बढीमा १० खेलाडीसम्म प्रशिक्षण गर्ने अनुमति दिइएको थियो । क्लबहरुलाई सोमबारबाट भने एक समूहमा १४ खेलाडीले सामूहिक प्रशिक्षण गर्न अनुमति दिइएको छ । “ला लिगा क्लबहरूले सोमबार अर्थात जुन १ बाट सा

    • प्रकाशित मितिः जेठ १८, २०७७
    • 1,313 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा बुर्किना फासोमा २० जनाको ज्यान गयो

    बुर्किना फासो । बुर्किना फासोको 'क्याटल मार्केट' (पशु बजार) मा एक बन्धुकधारीले अन्धाधुन्द गोली चलाउँदा कम्तीमा पनि २० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । मोटरबाइकमा आएका एक बन्धुकधारीले कोमपिंगास्थित सहरको उक्त पशु बजारमा अन्धाधुन्ध गोली चालएका थिए ।  उक्त गोली काण्डमा कसको हात थियो भन्‍ने खुलेको छैन ।  पछिल्ला केही महिनामा जिहादी र अन्तरसामुदायिक हिंसात्मक द्वन्द्वहरु भएका थिए । उक्त हिंसात्मक द्वन्द्वका कारण सयौं हजार मानिसहरु घरबार छोडेर भागेका थिए ।  त्यसैगरी शुक्रबार इस्लामिक मिलिसियाले गरेको शंकास्पद आक्रमणमा १५ जनाको मृत्यु भएको थियो ।  सरकारले उक्त आक्रमण

    • प्रकाशित मितिः जेठ १८, २०७७
    • 1,825 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोनाबाट विदेशमा १२१ नेपालीको मृत्यु

    संसारभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या एक सय २१ पुगेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यो साता थप सात नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन्। संघका अनुसार संयुक्त अरब इमिरेट्स, बेलायत, अमेरिका, कुवेत र सउदी अरबमा एकएक तथा  बहराइनमा दुई नेपालीको यो साता मृत्यु भएको हो। संघअन्तर्गत स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ६६ गैरआवासीय नेपालको मृत्यु भएको छ। समितिका संयोजक डा.सञ्जीव सापकोटाका अनुसार युएईमा १९ नेपालीले ज्यान गुमाएका छन्। त्यस्तै, अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेक

    • प्रकाशित मितिः जेठ १८, २०७७
    • 960 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रुकुम घट्नाको हत्यारालाई कार्वाहीको माग गर्दै धरानमा तेस्रो दिन पनि आन्दोलन

    धरान । रुकुम पश्चिममा जातीय विभेद कारण ६ जना हत्या काण्डका हत्याराहरुलाई कार्वाहीको माग गर्दै धरानमा तेस्रो दिन पनि शान्तिपुर्ण विरोध प्रर्दशन गरेका छन् । उपेक्षित उत्थान सरोकार केन्द्र धरानले आयोजना गरेको कार्यक्रममा धरानका सबै राजिनितिक दल, नागारिक समाज, सामाजिक संघसंस्था र सयौँ मानिसको उपस्थिति रहेको थियो । \कार्यक्रममा नेकपा धरान अध्यक्ष नारायण सुवेदी, नेपाली कांग्रेस वडा नं. ८ अध्यक्ष उमेश पौड्याल, लिम्बुवान मञ्चका पर्शुराम वाइवा, जनता समाजबादी पार्टीका भगिरथ राई र दलित विकास समिति धरानका सचिव तारा लामगादे साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरु खगेन्द्र नेपाली, गंगा कालिकेटे, जुद्ध लोहनी

    • प्रकाशित मितिः जेठ १७, २०७७
    • 1,271 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved