भन्सार छलि गरिएका सामान सहित ३ जना पक्राउ

  • भदौ १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । अवैध रुपमा भन्सार छलि गरेर भारतबाट ल्याएका सामानहरु जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ ।
भदौ १५ गते भारतबाट भन्सार छलि गरेर ल्याएको सामानहरु देवानगञ्ज गाउँपालिकाको वडा नम्बर २ बाट पक्राउ गरेको हो ।

भन्सार छलि गरेर सामान ल्याउदै गरेको सुचनाको आधारमा गएको प्रहरीको टोलिले बर्जु गाउँपालिका वडा नम्बर २ बस्ने संजिव गुरुङले चलाएको को १ ख ३३६६ नम्बरको मिनि ट्रकबाट सामान बरामद गरेको हो ।

मिनि ट्रकलाई चेकजाँच गर्ने क्रममा १ लाख ५५ हजार मुल्य बराबरको ३१ बोरा सुर्ती, २६ हजार मुल्य बराबरको ताजमहल भारतीय चामल २० बोरा र ६३ हजार ७ सय मुल्य बराबरको नेपाली चामल सहित १० लाख मुल्य बराबरको मिनि ट्रक समेत प्रहरीले बरामद गरेको छ ।

प्रहरीले सामान सहित चालक गुरुङ र बिराटनगर ७ बस्ने ट्रकका हेल्पर गोपाल थापा मगर र सोही स्थान बस्ने हेल्पर गोपाल साहलाई पनि पक्राउ गरेको छ । पक्राउ गरिएका सामानहरु आवश्यक कारवाहीको लागि सुनसरी भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

 

१० औें बास्केटवल ट्य ...

धरान/ धरान बास्केटवल संघको आयोजना, सुनसरी बास्केटव ...

नेपालमा १० महिनामा स ...

काठमाडौं/ चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपा ...

एक वर्षपछि नेतृत्व प ...

बराहक्षेत्र/ सुनसरी, उदयपुर र धनकुटा जिल्लालाई कार ...

यात्रुवाहक गाडीमा गा ...

धनकुटा/ धनकुटाको भेडेटार चोकमा प्रहरीले बिहीबार बि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved