वीपी जयन्तीको अवसरमा प्रतिभा खोज्दै युवा मञ्च

  • भदौ १६, २०७७
  • कोशीपत्र/संवाददाता
alt

धरान । कोरोनाको जोखिम न्युनिकरण गर्न घोषणा भएको लकडाउनका कारण घरमै थन्किएका प्रतिभाहरुको वीपी कोइराला युवा नेतृत्व विकास मञ्चले खोजि गर्ने भएको छ ।

महामानव वीपी कोइरालाको १०७ औं जन्म जयन्तीको अवसरमा मञ्चले भदौ ११ गते देखि नै खोजि शुरु गरिसकेको छ । कोरोनाको कारण घर बसेका विद्यार्थीहरुको प्रतिभा खोजि गर्दै प्रतिभा प्रस्फुटनका लागि मञ्च उपलब्ध गराउने वीपी कोइराला युवा नेतृत्व मञ्चले जनाएको छ ।

मञ्चले तिन वटा विधामा प्रतिभा खोजि कार्यक्रम गर्ने भएको हो । टिकटक भिडियो, वक्तृत्वकला र चित्रकला प्रतियोगिता हुने भएको छ । कार्यक्रममा सहभागि हुन सबैलाई आग्रह गरेको छ ।

कोराना भाइरसले विश्वमा नै मानव संकट परेको अवस्थामा कोराना जनचेतना सम्वन्धि टिक टक भिडियो प्रतियोगित राखेको छ । टिकटकमा कोरोनाका लक्षण, बच्ने उपाय, कोरोना सङक्रमितलाई गर्ने व्यवहार, स्वास्थ्कर्मीको मनोभावना लगायत कोरोना सम्वन्धी जानकारी मुुलक हुनु पर्ने छ । त्यसै गरी वक्तृत्वकला अन्तरर्गत (देश विकास र राजनितिमा युुवाको भूूमिकाको) विषयमा तिन मिनेटको भिडियो वनाइ पठाउनु पर्ने छ । त्यस्तै चित्रकला अन्तर्गत महामानव वीपी कोइरालाको आकर्षक चित्र बनाउनु पर्ने छ ।

सहभागिलाई हौसलाको रुपमा हरेक विधामा प्रथम पुरस्कार ८ हजार द्धितिय पुुरस्कार ४ हजार र तृतिय पुुरस्कार २ हजार राखिएको मञ्चका सह–कोष्धायक्ष राम बहादुुर थापाले जानकारी दिए ।

युुवालाई कुुशल नेतृत्व प्रदान गरी राष्ट्रका सबै अंगंमा युुवाको सहभागिता गराउन, लोकतन्त्र, मौलिक अधिकार, मानव अधिकार, आवधिक निर्वाचन र वालीक मताधिकारको सुुनिश्चित गराउनुु नै यस मञ्चको मुुख्य उदेश्य रहेको सचिव प्रकाश राईले बताए ।

मञ्चले आगामी दिनमा विचारगोष्ठि, अन्तरक्रिया, प्रशिक्षण, नेतृत्व विकास, स्वाथ्य शिविर र जनचेतना सम्वन्धि अन्य कार्यक्रम पनि गर्ने तयारी रहेको सचिव राईले बताए । मञ्चले वीपी जयन्तीे भदौ २४ का दिन एक कार्यक्रम मार्फत नतिजा सार्वजानिक गर्ने जनाएको छ ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved