प्रदेश १ मा विद्यालय खोल्ने तयारी, मन्त्रालयले माग्यो सुझाव

  • भदौ १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश १ मा जोर विजोर प्रणालीमा विद्यालय खोल्ने विषयमा छलफल शुरु भएको छ । सामाजिक विकास मन्त्रालयले यस विषयमा स्थानीय तहको रायसमेत लिएको छ ।

कतिपय सरोकारवालाबाट विद्यार्थी रोल नम्बरको आधारमा जोर बिजोर कक्षा सञ्चालन गर्न सकिने सुझावसमेत दिएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण करिब ६ महिनादेखि विद्यालय बन्द छन् ।

शैक्षिक गतिविधि ठप्प पनि छ । प्रदेश १ सरकारले विद्यालयमा सिकाई सञ्चालनका तयारी शुरु गरी स्थानीय तहसंग छलफल चलाएको हो ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले केहीअघि स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा शिक्षा क्षेत्रका विज्ञहरुसंग विद्यालयमा सिकाई सञ्चालनको मार्गनिर्देशन तयार गर्न निर्देशन दिएका थिए । मन्त्रालयको शैक्षिक महाशाखाले छलफल गरी सुझाव लिएको हो ।

मन्त्री घिमिरेका अनुसार संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने तयारी प्रदेशमा गरिएको बताउँदै भने,“हामीले प्राप्त सुझाव अनुसार थप छलफल गरी निश्कर्षमा पुग्ने योजना बनाएका छौं ।”

मन्त्रालयले स्थानीय तहका प्रमुख÷उपप्रमुख, शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख, शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सन, अभिभावक संघसँग छलफल गरेको छ । प्राप्त सुझावालई शिक्षा मन्त्रालय समक्ष पेश गरिसकेको छ । मन्त्रालयले विद्यालयमा असोज महिनादेखि सिकाई सञ्चालन गर्न सुझाव दिएको छ ।

सिकाई सञ्चालन अघि भदौभित्रमा विद्यार्थीको अभिलेखीकरण गरिसक्नुपर्ने, विद्यालयमा रहेका क्वारेन्टाईन, आईसोलेसन सेन्टर र होल्डिङ सेन्टर हटाउनुपर्ने सुझाव दिइएको छ । कक्षा सञचालन पूर्व विद्यालयमा निर्मलीकरण गर्नुपर्ने, लकडाउनका कारण घरमा रहेका र अहिले विभिन्न स्थानमा निषेधाज्ञा रहेकाले शिक्षकलाई विद्यालयसम्म पुग्न सहजवातावरण बनाईनुपर्ने सुझाव दिइएको छ ।

बिहान र दिउँसो दुई चरणमा विद्यालय सञ्चालन गर्नुपर्ने र विद्यार्थी रोल नम्बरका आधारमा जोर बिजोर कक्षा सञ्चालन गर्न सकिने जनाइएको छ । स्थानीय तहको अगुवाईमा हरेक विद्यालयको शिक्षक सदस्य रहने गरी कोभिड ‘टास्क टिम’ तयार गरी उसको सुझावअनुसार विद्यालय सञ्चालन गर्न सकिने संघीय मन्त्रालयलाई सुझाव दिइएको छ ।

सामाजिक विकास मन्त्रालयले कक्षा ११ को आन्तरिक मूल्याकंन गरेर १२ कक्षा अविलम्ब सञ्चालन गर्न सुझाव दिएको छ । कम संख्या रहेका विद्यालय संचलान गर्न सकिने विषयमा समेत उठान गरिएको छ ।

प्रदेश १ का १ सय ३५ विद्यालय र ६ वटा क्याम्पसमा अहिले पनि क्वारेन्टाईन छन । दुई विद्यालयमा होल्डिङ सेन्टर, तीनवटा विद्यालय र एउटा क्याम्पसमा आईसोलेसन केन्द्र सञ्चालित छ । प्रदेशमा ७ हजार १ सय ३७ विद्यालयमा करिव १२ लाख ४० हजार विद्यार्थी अहिले अध्ययनबाट बञ्चित छन ।

आजदेखि रोजगार मेला स ...

धरान। आजदेखि धरानमा रोजगारी मेला लाग्ने भएको  छ। उ ...

धरानमा युरोलोजीष्ट ड ...

धरान । पिसाबसँग सम्बन्धित तथा मृगौलाको पत्थरी र मृगौला ...

जिफन्टद्धारा आफ्ना स ...

काठमाण्डौं । आफ्ना सदस्यहरुलाई मुटु, मृगौला, क्यान्सर, ...

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved