Top 4

    Showing 9,241-9,250 of 9,414 items.
  • थप १०९ जनामा कोरोना संक्रमण पुष्टि, १०६ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ / आज थप  १०९  जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १८ हजार ४८३ जना  पुगेको छ ।  थप १ को मृत्यु भएको छ मृत्यु हुनेमा परवानीपुर-८ बाराकी १७ वर्षीया किशोरीको मृत्यु  भएको छ ।  यो सँगै मृतकको संख्या ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १०६  जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १३ हजार ५३ जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको

    • प्रकाशित मितिः साउन १०, २०७७
    • 898 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धारिलो हत्यार प्रहार गरि फरार भएका अभियुक्त पक्राउ

    झापा – झापाको मेचीनगर–२ बाहुनडाँगीमा पसल सञ्चालन गर्दै आएका ५० वर्षीय कपडा व्यवसायी नारायण आचार्यलाई उनकै पसलमा धारिलो हत्यार प्रयोग गरि हत्या गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । दाउ प्रहार बाट गम्भीर घाइते भएका आचार्यलाई विर्तामोडको बीएन्डसी हस्पिटलमा उपचारकै क्रममा मृत्यु भएको हो । शुक्रबार अपराह्न ४ बजेतिर भारी वर्षा भइरहेको अवस्थामा पसलमा बसिरहेका आचार्यमाथि धारिलो हतियार प्रहार गरी फरार भएका आक्रमणकारीलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः साउन १०, २०७७
    • 1,731 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीले एक दिन थुनामा राखेको व्यक्तिमा कोरोना पुष्टि

    इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले एक दिन थुनामा राखेको ब्याक्तिमा कोरोना पुस्टी भएपछि हाल प्रहरी कार्यालयमा उच्च सतर्कता अपनाइएको छ । राजस्व चुहावटको मुद्धामा गत साउन ४ गते सशस्त्र प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय इटहरीमा बुझाएको ब्याक्तिलाइ कोरोना पुस्टी भएसंगै प्रहरी कार्यालयमा उच्च सतर्कता अपनाइएको हो । आन्तरिक राजस्व अनुशन्धान बिभागको कार्यालय इटहरीले राजस्व चुवाहटको मुद्धामा उक्त ब्याक्तिलाइ नियन्त्रणमा लिइ इटहरी प्रहरीको जिम्मा लगाएको थीयो ।प्रहरी कार्यालयमा जिम्मा लगाउन अघि नै ति ब्याक्तिको पिसिआर चेकजाच गरिएको थीयो । बिभागले थुनामा राख्न पठाएको २५ वर्षिय युवकलाइ कोरोना प

    • प्रकाशित मितिः साउन १०, २०७७
    • 1,815 पटक पढिएको
    • "तेजबहादुर बन"
  • इनरुवाका एक व्यक्तिमा कोरोना संक्रमण देखिए पछि पुनः लकडाउनको घोषणा

    सुनसरी । सुनसरीको इनरुवा घर भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भए पछि जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवा नगरपालिकामा पुर्ण रुपमा लकडाउन घोषणा गरेको छ । नेपाल प्रहरीमा कार्यरत इनरुवा वडा नम्बर ३ घर भएका सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भए पछि नगरपालिकालाई लकडाउन घोषणा गरिएको हो । उनको मोरङ जिल्ला कार्यक्षेत्र रहे पनि घरमा आउँजाउँका क्रममा अन्यमा पनि कोरोना संक्रमण फैलिएको हुन सक्ने बताउँदै जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख फडिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको आकस्मीक बैठकले लकडाउनको घोषणा गरेको हो । संक्रमित पुरुष सँगको कन्ट्याक टे«सिङका आधारमा इनरुवामा लक डाउन गर्ने निर्

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 954 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीका वन कार्यालय प्रमुख घुस लिएको रकम सहित पक्राउ

    सुनसरी । डिभिजन वन कार्यालय सुनसरीका प्रमुख रामबाबु साह घुस लिएको रकम सहित पक्राउ परेका छन् ।शुक्रबार श्रीमती किरण साह सहित अवैध रकम लिई रौतहटतर्फ जाँदै गरेको अवश्थामा अख्तियार अनुसन्धान आयोग ईटहरीबाट खटिई गएको टोलिले उनलाई पक्राउ गरेको हो । वन कार्यालयको बा.२ झ. ४१० नम्बरको गाडिमा लुकाइ राखेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो । डिभिजन प्रमुख साह र उनकी श्रीमती किरण साहको साथबाट स्रोत नखुलेको ५ लाख ५३ हजार रुपैया फेला पारीएको हो । उनीहरूलाई कोशी गाउँपालिका वडा नं. ८ सुनसरीबाट उक्त रकम सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 2,126 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्थानीयको लापरवाहीले कोरोनाको जोखिम बढ्दै

    इटहरी /  गत साउन ६ गते देखि सरकारले लकडाउनको अन्त्य भएको घोषणा गरे पछि स्थानीयको लापरवाहीले कोरोनाको संक्रमणको जोखिम थप बढाएको छ । करिब १ सय २० दिन लामो लकडाउनका कारण बन्द रहेको व्यापार व्यवसाय खुल्ला भए पछि स्थानीयहरु असुरक्षित तवरले बजारमा चहलपहल गर्न थालेका छन् । प्रदेश एकको मुख्य जिल्लाहरूमा स्थानीयहरूको चरम लापरवाहि सुरू भएको छ जसको कारण कोरोना भाइरस संक्रमणको जोखिम बढाएको छ । चार महिना देखि बन्द भएका व्यापारीक भवनहरू खुल्न थालेका छन भने साना र ठुला सवारीसाधनहरू पनि राजमार्गहरूमा गुडन थालेका छन । राजमार्गमा देखिएका सवारी साधनका चालक तथा मजदुरहरूले मास्कको प्रयोग नगरी सवारी चला

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 1,065 पटक पढिएको
    • "तेजबहादुर बन "
  • हराएको मोबाइल सेट फेला पारी मोबाइल धनीलाई जिम्मा

    धनकुटा / जिल्ला प्रहरी कार्यालय धनकुटाले विभिन्न मितिमा हराएको महँगा मुल्यका १६ थान मोबाइल सेट फेला पारी मोबाइल धनीलाई जिम्मा लगाएको छ । २०७४ सालदेखि २०७७ सालको असार १० गतेसम्म विभिन्न मितिमा हराएको जिल्लावासीको मोबाइल फेला पारी सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गरिएको हो । पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार २०७४ माघ २२ गते आफ्नै घरबाट हराएको धनकुटा नगरपालिका–९ मुलघाटकी निरुता गिरीको जी ६०० सामसुङ्ग गोल्ड मोबाइल २०७७ असार २५ गते फेला परेको थियो । गिरीलाई जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिएकोे पत्रकार सम्मेलनमा बोलाएर एसपी गोविन्द अधिकारीले मोबाइल हस्तान्तरण गरेका छन् । त्यस्

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 1,104 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • प्रदेश १ मा ३३ संक्रमित थपिए

    विराटनगर /  प्रदेश १ मा आज ३३ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २५, सुनसरीमा ६, मोरंग र धनकुटामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको काकडभिट्टामा १७ पुरुष, १ महिला, पुरुबा¥हदशी र झापा गाउँपालिकामा ३–३ पुरुष र विर्तामोडमा १ पुरुष, सुनसरीको रामधुनीमा ३ , इटहरीमा २ र धरानमा १ जना पुरुष, मोरंगको विराटनगरमा १ पुरुष र धनकुटाको महालक्ष्मीमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताउनुभयो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ सय ८१ पुगेको छ । प्रदेश १ मा आज १२ जना डिस्चार्ज भएका छन् । पूर्वाञ

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 958 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ सरकारलाई स्वीस सरकारद्धारा पीसीआर मेसिन हस्तान्तरण

    विराटनगर/  प्रदेश १ सरकारलाई स्वीस सरकारले दुईवटा अत्याधुनिक पीसीआर मेसिन हस्तान्तरण गरेको छ । प्रदेश १ का मुख्यमन्त्रस शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई करिव ९० लाख बराबरको आरटी पीसीआर मेसिन स्वीस सरकारका कार्यक्रम विशेषज्ञ अमन जोन्छेले हस्तान्तरण गर्नुभयो । पीसीआर मेसिन ग्रहण गर्दै मुख्यमन्त्री राईले दुईवटा मेसिन तत्काल जडान गर्ने बताउनुभयो । उहाँले एउटा मेची अस्पताल र एउटा प्रदेश प्रयोगशाला विराटनगरमा जडान गरिने उहाँले बताउनुभयो । पीसीआर मेसिन थपिएसँगै समुदाय स्तरमा कोरोना परीक्षण गर्न सहज हुने मुख्यमन्त्री राईले बताउनुभयो । उहाँल

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 857 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलामको माईखोलामा एक पुरुष मृत अवस्थामा फेला

    इलाम / इलाम स्थित माई खोला किनारमा एक पुरुष मृत अवस्थमा फेला परेका छन । इलाम नगर पालिका .८ स्थित नामसालिङ जाने माईखोलाको पक्की पुल नजिक खोला किनारामा एक पुरुष मृत अवस्थमा फेला परेका हुन । फेला परेको उक्त लासको हाल सम्म नाम थरवतन केही नखुलेको र टाउको तथा निधारमा निल डाम चोट लागेको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । अन्दाजि ३०–३२ वर्षको उक्त लासमा हातको दाहिने नाडिमा रातो पहेलो डोरा बाँधेको र गलामा रातो डोरीमा पहेलो जन्तर(बुटी) लगाएको अन्दाजि ५ फिट ७ ईन्च उचाई भएको, रातो बर्णको, तालुमा पातलो केश भएको लास रहेको प्रहरीको भनाई छ । घटनास्थल लाशजाँच मुचुल्का लगायतका सम्पुर्ण प्रारम्भिक

    • प्रकाशित मितिः साउन ९, २०७७
    • 1,055 पटक पढिएको
    • "भगिरथ भण्डारी "

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved