विद्युत प्राधिकरणको सिइओमा पुनः कुलमान घिसिङ दोहोरिने सम्भावना बलियो

  • भदौ २५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । हाल सम्म सरकारले नेपाल विद्युत प्राधिकरणको सिइओ नियुक्तिमा नयाँको लागि खुल्ला प्रतिष्पर्धाबाट उम्मेदवार आव्हान नगरेकाले पुनः कुलमान घिसिङनै दोहोरिने सम्भावना बलियो रहेको छ ।

प्राधिकरणमा नयाँ व्यक्ति ल्याउन खुल्ला प्रतिष्पर्धाबाट ल्याउनुपर्ने विनियमावलीको व्यवस्था छ । तर आज सम्म पनि नयाँका लागि कुनै आव्हान नभएकाले उनीनै पुनः सिइओ बन्ने सम्भावना रहेको छ । घिसिङलाई सिइओ नियुक्तिका लागि उर्जा मन्त्रालयले आज (विहिबार) बस्ने मन्त्रिपरिषदमा प्रस्ताव लाने भएको छ ।

ऊर्जा मन्त्री वर्षमान पुनले सार्वजनिक रुपमा पनि घिसिङलाई पुनः नियुक्ति गर्ने बताउँदै आएका छन् तर प्रधानमन्त्री केपी शर्मा ओली भने कुलमानको कार्यशैलीप्रति असन्तुष्टि जनाइ नियुक्त गर्न अझै तयार भइनसकेको स्रोतले जनाएको छ ।

घिसिङको चार वर्षे कार्यकाल यही भदौ २९ गते सकिँदै छ । अर्को कार्यकालका लागि पनि उनलाई नै प्राधिकरणमा पुनः नियुक्ति गर्नुपर्ने चर्को दबाब सर्वसाधारणबाट आइरहेको छ । चार वर्षअघि १८ घण्टासम्म हुँदै आएको लोडसेडिङ घिसिङ सिइओको रुपमा आएपछि अन्त्य भएको थियो । घिसिङले जिम्मवारी लिएपछि घाटामा रहेको प्राधिकरणलाई गत आर्थिक वर्षसम्म ९ अर्ब सञ्चित नाफामा पुर्याएका थिए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved