उर्लाबारीमा १२ बर्षिय दलित बालिकालाई जातिय विभेद गर्दै कुटपिट गर्ने विरुद्ध प्रहरीले लियो उजुरी

  • भदौ २४, २०७७
  • कोशीपत्र/संवाददाता
alt प्रतीकात्मक तश्वीर

 धरान । दलित बालिका घर भित्र पसेको भन्दै बालिकालाइ कुटपिट गर्ने परिवार विरुद्धको जाहेरि प्रहरीले दर्ता गरेको छ । मोरङको उर्लाबारी ४ स्थित थापाडागी एक गैरदलित परिवारले दलित समुदायकी १२ बर्षिय फुलसरी मङ्रातीलाई घर पसेको निहुमा कुटपिट गरेका थिए । दलित भएको कारण गालीगलौज गरेर कुटपिट गरेको विरुद्धमा बालिकाकी संरक्षक दुर्गाकुमारी रोक्काले दिएको जाहेरी प्रहरीले दर्ता गरेको हो ।

यसअघि प्रहरीले जाहेरी लिए पनि दर्ता गर्न आनाकानी गरेको थियो । दुर्गाकुमारीले इलाका प्रहरी कार्यालय उर्लाबारीमा जातीय विभेद तथा छुवाछुत कसुर गरेको अभियोगमा जाहेरी दर्ता गराएकी थिइन । प्रहरीले जाहेरी लिएपछि दुर्गाकुमारीले न्यायको आश जागेको बताइन् । ‘हिजो दर्ता गर्न नमान्दा त प्रहरी पनि हाम्रा पक्षमा नहुने रहेछन् भन्ने लागेको थियो’, उनले भनिन्, ‘अधिकारकर्मी र पत्रकारले दबाब लिएपछि जाहेरी लियो । अब न्याय पाउँछु भन्ने आश छ ।’

जाहेरी दर्ता गरे पनि पीडक पक्ष र जनप्रतिनिधिले मिलापत्र गर्न भन्दै जाहेरी फिर्ता लिन दबाब दिइरहेको छ । उनीहरुले अधिकारकर्मी र पीडित पक्षलाई भेटेर समाजमा फेरि पनि बस्न पर्ने भन्दै दबाब दिइरहेका छन् ।

१२ वर्षीय असहाय बालिका फूलसरी माथि २२ भदौमा जातीय रूपमा होच्याउँदै कुटपिट भएको थियो । छिमेकी नन्दलाल श्रेष्ठ, उनकी श्रीमती निर्मला र उनका छोरा अम्वीर श्रेष्ठले दलित बालिका घरभित्र पसेको भन्दै २२ सोमबार निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट बालिकाको शरीरभरि नीलडाम र भित्री चोट लागेको छ । चिसो पानी(आइस) लिन छिमेकी तुलसा खतिवडा श्रेष्ठको घरमा गएकी फूलसरीलाई उनीहरूले कुटपिट गरेका हुन् । तल्लो जातकी बालिका घरभित्र पसेको भन्दै उनीहरूले जातीय रूपमा होच्याउने शब्द प्रयोग गरेर गालीगलौज गर्दै कुटपिट गरेका थिए ।

कुटपिट भएकी बालिकाका आमाबुबा बेपत्ता छन् । उनी उर्लाबारी–४ स्थित आफन्त दुर्गाकुमारी रोक्काकहाँ बस्दै आएकी छन् । रोकाको परिवारलाई यसअघि पनि श्रेष्ठ परिवारले जातीय रूपमा होच्याउँदै आएको थियो । ‘केही महिना पहिले पनि कुटेका थिए । छिमेकी भएकाले उनीहरूकै घरको बाटो हिँड्नुपर्छ । त्योबाटो हिँड्दा पनि जातकै कुरो निकालेर थुक्छन् । गालि गलौज गर्छन् । यसपटक सानो नानीको चोट लागेको ठाउँमा सेक्न आइस लिन गएको बेला तँ सर्किनि श्राद्धका बेला हाम्रो घरमा किन पसेको भन्दै कुटपिट गरे, छुट्याउन जाँदा म माथि पनि हातपात गरे ।’ उनले भनिन ।

सोमबार पनि बालिका फूलसरीलाई जातीय रूपमा होच्याउँदै श्रेष्ठ परिवारका आमाछोराले कुटपिट गरेको दुर्गाको आरोप छ । फूलसरीलाई कुटपिट गर्दै गर्दा छुट्याउँदै दुर्गाकुमारीमाथि समेत कुटपिट भएको थियो ।

कुटपिटमा संलग्न एकजना पक्राउ इलाका प्रहरी कार्यालय उर्लाबारीले एक जना आरोपितलाई पक्राउ गरेको छ । कुटपिट र जातीय विभेदमा संलग्न अम्वीर श्रेष्ठलाई पक्राउ गरेको हो । उनीमाथि अहिले अनुसन्धान भइरहेको छ । अन्य दुई आरोपितलाई पनि अदालतबाट पक्राउ आदेश लिएर पक्राउ गरिने प्रहरीले जनाएको छ ।

बेपत्ता श्रीमान २० व ...

मोरङ/ दुई दशकदेखि बेपत्ता मोरङको बेलबारी नगरपालिका ...

सेवा बिस्तार गर्दै च ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाको वडा नं २ लाई ...

कमिसनको खेलले करोडौ ...

बेलबारी/ मोरङको बेलबारी र कानेपाखरी गाउँपालिका भएर ...

‘मेयर साम्पाङले हामी ...

धरान/ धरानको खानेपानी समस्या लगायत विविधि विषयमा ध ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved