शंकास्पद मृत्यु भएकी धरान ११ की महिलाका श्रीमान पक्षका ४ जना पक्राउ

  • भदौ २४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । गत सोमबार आफ्नै घरमा झुण्डिएको अवश्थामा भेटिएकी एक युवतीको मृत्यु शंकास्पद रहेको भन्दै माइती पक्षले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिए पछि ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

तीन महिना अघि मात्रै विवाह गरेकी तेह्रथुमकी सोनिहाङ्मा लिम्बु आफ्नै कोठामा झुण्डिएको अवश्थामा सोमबार बिहान फेला परेकि थिईन् । उनको पाखुरामा केही निसान देखिए पछि मृतकका परिवारले शंकास्पद रहेको भन्दै इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले मृतकका श्रीमानका आफन्तलाई पक्राउ गरेको हो ।

मृतक लिम्बुले धरान ११ स्थित सिसौ पथमा बस्ने सिंगापुर सेनामा कार्यरत आइत माबो सँग ३ महिना अघि विवाह गरेकी थिईन् । माबो १ महिना अघि मात्रै सिङगापुर फर्किएका थिए । उनले कोठामा झुन्डिएर आत्महत्या गरिएको भनी प्रहरीलाई खबर गरिएकोमा प्रहरी पुग्नु अघि सोनीहाङ्माको शव भुईमा झारेको अवश्थामा रहेको थियो ।

माइती पक्षले पनि सोनीहाङ्माको मृत्यु रहस्यमय भएको मंगलबार किटानी जाहेरी दिएको थियो । त्यही जाहेरीका आधारमा मृतकका श्रीमान पक्षका बुवा ६१ वर्षीय भीम माबो, २८ बर्षीया सन्जु माबो, २५ बर्षीया विमला माबो र २० वर्षीय हेमकुमार माबोलाई बुधबार पक्राउ हो ।

पक्राउ परेका उनीहरूलाई विहिबार जिल्ला अदालत सुनसरीमा म्याद थप गर्ने इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले बताए । यता माइती पक्षले पक्राउ नगरी पोस्टमार्टम गर्न नदिने र अनुसन्धानको दायरामा ल्याउन माग गर्न थाले पछि उनीहरुलाई पक्राउ गरिएको हो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved