स्वास्थ्य संयोजक संक्रमित भएपछि शिवसताक्षी नगरपालिका सिल

  • भदौ २५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । झापाको शिवसताक्षी नगरपालिकाको कार्यालय विहीबारबाट एक साताको लागि सिल गरएको छ ।
नगरपालिकाका स्वास्थ्य संयोजकलाई नै कोरोना संक्रमण भएपछि गाउँपालिका कार्यालय एक साताको लागि सिल गर्ने निर्णय भएको हो । शिवसताक्षीका स्वास्थ्य संयोजकसहित वडा नम्ब ६ का दुई जना महिलामा समेत हिजो संक्रमण पुष्टि भएको थियो ।

नगरपालिकाको बैठकले संक्रमण जोखिमलाई मधयनगर गरी कार्यालय बन्द गर्ने निर्णय भएको बताइएको छ । तर वडा कार्यालयमार्फत हुने सेवा भने सूचारु हुने मेयर चन्द्रकुमार शेर्माले जानकारी दिएका छन । उनले भने,“स्वास्थ्यका प्रमुखलाई नै कोरोना भएपछि कार्यालयका अन्य कर्मचारीलाई पनि हुन सक्ने जोखिम छ । उहाँसंग सम्पर्कमा आएका जनप्रतिनिधि पनि खतारमा पर्नु भएको छ ।” मेयर शेर्माले स्वास्थ्य संयोजक र स्थानीय दुई महिलाको सम्पर्कमा आएका मानिसहरुको कन्ट्याक्ट ट्रेसिङ गरेर कोरोना जाँच गरिने बताए ।

नगरपालिका कार्यालयबाट हुने सेवा साता दिनको लागि बन्द गरिएपनि संक्रमण नदेखिएको वडा कार्यालयबाट भने दैनिक हुने काम नरोकिने मेयर शेर्माले जानकारी दिएका छन । प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार झापामा २ जना संक्रमितको मृत्यु भएको छ भने ७०५ जनामा संक्रमण पुष्टि भएको छ । उपचारपछि ४६४ जना निको भई घर फर्किएका छन ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved