धरान / धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ८ जना प्रतिष्ठानबाट डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानमा हाल जम्मा ७७ जना संक्रमित उपचाररत छन् भने २८६ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । हाल सम्म प्रतिष्ठानमा १६,०६९ पिसि आर परिक्षण गरिएको छ भने पछिल्लो २४ घण्टामा ११ जना नयाँ भर्ति भएका छन् ।
धरान । सार्वजनिक सम्पत्ती हानी नोक्सानी मुद्दामा सर्दु र खर्दुको मुहानमा पाइपलाइन तोडफोड गर्ने हर्क साम्पाङ्लाइ सुनसरी जिल्ला अदालतले ५ दिन को म्याद थप गरेको छ भने खानेपानी संस्थानका प्रमुख राम कुमार श्रेष्ठ लाई पक्राउ पुर्जी आदेश गरेको छ । फुस्रे सिस्टममा सर्दु र खर्दुको खानेपानीको मुहान क्षेत्र तोडफोड गरेको आरोपमा पक्राउ साम्पाङलाइ प्रहरी ले मङलबार पक्राउ गरेको थियो । सार्वजनिक सम्पनि हानी नोक्सानीको मुद्धामा ५ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । धरान उपमहागरपालिका खानेपानी व्यवस्थापन बोर्डले मंगलबार बेलुका हर्क स
इटहरी । छिमेकि नगरहरूले पालै पालो लक डाउन घोषणा गरे संगै कोरोना संक्रमित न्युनिकरण तथा उच्च सतर्कता अपनाउदै सुन्दरहरैचा नगरपालीकाले पनि बिहिबार राती १२ बजेदेखि एक साता लकडाउन गर्ने निर्णय गरेको छ । बुधबार कार्यालय अन्तरगत मेयर शिव प्रशाद ढकालकाे कार्यकक्षमा गरिएकाे पत्रकार सम्मेलन मार्फत लकडाउन बारे जानकारी गराइएकाे हाे । मंगलबार बसेको कार्यपालीकाको बैठकले नगर क्षेत्रमा उच्च सतर्कता अपनाउन लकडाउनको घोषणा गरेको पत्रकार सम्मेलनमा जनाइएकाे छ । साउन ३२ गते सम्म जारी हुने लकडाउनको नियमसंगत पालना गराउन नगरपालीकाले नगरवासीहरूमा अनुरोध गरेको छ । लक डाउन अवधिभर औषधी पसल बाहेकका ब्यापार व्यवसाय
विराटनगर । कोरोना संक्रमणका कारण बुधबार मोरङमा दुई जनाको ज्यान गएको छ ।कोशी अस्पतालमा उपचाररत विराटनगर ९ गुद्री बजार र मोरङको रंगेली ८ का अर्का एक जना पुरुषको मृत्यु भएको हो ।गुद्रीका पुरुष गएराति अस्पतालमा भर्ना भएका थिए । यसैगरी रंगेलीका ४५ वर्षीय पुरुषमा श्वास प्रश्वासको समस्या भएपछि अस्पताल ल्याउनासाथ मृत्यु भएको थियो । मृतक दुबैको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको कोशी अस्पताल आइसोलेशन विभागका इञ्चार्ज डा. लक्ष्मीनाराययण यादवले बताएका छन् । योसंगै मोरङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि विराटनगर ५ का ७७ वर्षीय पुरुष र सुनवर्षी नगरपालिका ८ का पुरुषको धरानमा मृत्
विराटनगर / प्रदेश १ मा आज १८ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १४, इलाममा २, उदयपुर र सुनसरीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ६ पुरुष ४ महिला, सुनबर्षीमा ३ र धनपालथानमा १ पुरुष, इलामको इलाम नगरपालिका र सुर्योदयमा १–१ पुरुष, उदयपुरको त्रियुगामा १ महिला र सुनसरीको धरानमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय ८९ पुगेको छ । प्रदेश १ मा ९० वर्षीया बृद्धा सहित ५७ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ३६ जना र कोशी अस्पत
काठमाडौ / थप २ सय ५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २२ हजार ३ सय ९० जना पुगेको छ । थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्जका १ जना वीरगञ्जस्थित हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत ४६ वर्षीय पुरुष , पर्साको पोखरिया नगरपालिका–९ की १८ वर्षकी युवतीको मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म ६० जना संक्रमितको मृत्यु भएको छ।
धरान । कोरोनाको संक्रमण फैलिदै गएको अवश्थामा प्रदेशका विभिन्न स्वास्थ्य संस्थाहरुबाट बिरामी रिफर भएर आउने क्रममा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सँग समन्वय नहुँदा बिरामीले सास्ती भोग्नु परेको छ । प्रतिष्ठानमा अन्य उपचारका लागि आउने बिरामीको सँख्या पनि बढिरहेको अवश्थामा कारोना संक्रमित बिरामीहरु समन्वय नगरी अन्य शहरका स्वास्थ्य केन्द्रहरुले पठाउने गरेका कारण प्रतिष्ठानले व्यवस्थापन गर्न कठिनाई भएको छ । समन्वयको अभावमा बिरामीले समस्या भोग्नु परेका कारण बाहिरी जिल्लाबाट आउने कोरोना संक्रमणका बिरामीहरुलाई प्रतिष्ठान सँग समन्वय गरेर मात्रै पठाउन प्रतिष्ठानले आग्रह गरेको छ । बु
विराटनगर । सनराईज बैंक विराटनगर शाखाकी एक कर्मचारीले बैंकको कार्यकक्षमै विष सेवन गरेकी छन् । विराटनगर–७ मा अवस्थित सनराइज बैंकको शाखा कार्यालयमा कार्यरत विराटनगर–८ की ३० वर्षीय सनाज खतिवडा बुधबार मुसा मार्ने बिष सेवन गरेको अवस्थामा फेला परेपछि उपचारको लागि नोबेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उनी बैंकको कर्जा विभागमा कार्यरत हुन । उनले ‘लुवान’ नामक विषाधी सेवन गरेको बताइएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार बिषादी सेवन गरेपछि बेहोस भएकी खतिवडालाई बैंकका कर्मचारीहरूले अस्पताल पुर्याएका थिए । घटनास्थलबाट प्रहरीले लुवान नामक विषादी र ब्लेड पनि
धरान । कोरोना संक्रमण बढ्दै गए पछि धरान उपमहानगरपालिका समुदाय स्तरमै कोरोना परिक्षण मंगलबार देखि शुरु गरेको छ । पछिल्लो समय कन्ट्रयाक्ट टे«सिङ नभएका स्थानीयहरुमा पनि कोरोना संक्रमण देखिन थाले पछि २० वटै वडामा प्रतिनिधीमुलक कोरोना परिक्षणको लागि स्वाव संकलन गर्न थालिएको हो । मंगलबार देखि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पताल परिषरमा स्वाव संकलन गर्न थालिएको छ । कोरोना संक्रमण देखिएका वडाहरुलाई बढी प्राथमिकतामा राखेर बढी भिडभाड हुने क्षेत्रहरुका गरि ५ सय जना स्थानीयहरुको स्वाव संकलन गरिएको धरान उपमहानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बत
बेलबारी / बेलबारी–१ का ५४ वर्षीय पदम श्रेष्ठ १४ बर्ष देखी ह्विलचेयरको सहारामा घरमै बसेर रोटीमेकर, विभिन्न साइजका ऐनाहरू, हातेपंखा,मदानि तराजु, मोवाइल स्टेन, लागतका घरायसि सामाग्रिहरु बनाउदै आउनु भएको छ । तर ति सामाग्रि बनाउनका लागि उनलाई निकै समस्या झेल्नु पर्यो । कारण एउटै थियो उपकरणहरुको अभाव । उपकरण नहुदाँ उहाँले भन्नु भयो भने जस्ता सामाग्रि समेत बनाउन समस्या हुन्थ्यो । एक दिन म घरमै आफनै काममा लागि रहेको थिए नगर प्रमुखले मलाईनै खोज्दै आउनु भएको रहेछ श्रेष्ठले भन्नु भयो उहाँले आएर मलाई सन्चो बिसन्चो सोध्दै तपाइले बनाउदै गर्नु भएका सामाग्रिलाई अझै राम्रो बनाउन केहि उपकरणहरुको आवश्यक छ