लकडाउनमा थन्किदा म्याद नाघेका सामान बजारमा ,कोरोना त्रासले अनुगमन भएन

  • असोज २३, २०७७
  • "संजोगबाबु दाहाल"
alt

धरान । गत चैत्र ११ गते देखि घोषणा भएको लकडाउनका कारण बाहिरी मुलुकबाट आयात हुने सबै खाद्यान्न लगायत अन्य आवश्यकीय वस्तुहरु आउन सकेनन् । व्यापारी सँग स्टक भएका उपभोग्य वस्तुहरु लकडाउनका कारण गोदाममै थन्किन पुगे ।

लकडाउनको समयमा थन्किएका उपभोग्य वस्तुहरु बजारमा देखिन थालेका छन् । लामो समय देखि स्टक भएर बसेका उपभोग्य वस्तुलाई पुनः लेबलिङ गरि बजारमा ल्याउन थालिएको पाइएको छ । विशेष गरि भारतीय बजारबाट आयात हुने बिस्कुट, चक्लेटहरु म्याद थप गरि नयाँ लेबलिङमा बजारमा पाउन थालेको छ । चाडबाड नजिकिदै गर्दा महंगो मुल्यमा पाइने उपभोग्य वस्तुहरुको अनुगमनमा स्थानीय तह चुकिरहेको छ । सरकारी निकायहरुको पनि चासो पुग्न नसकिरहेको पाइएको छ ।

प्रभावकारी अनुगमन हुन नसक्दा नागरिकहरु म्याद गुज्रीएको अखाद्य वस्तु बढी मुल्य तिरेर खरिद गर्न बाध्य बनिरहेका छन् । चाडपर्वहरु नजिकिदै गर्दा खाद्यन्न वस्तुहरुमा मिसावट, मुल्य वृद्धि तथा सामानको कालोबजारी हुने गरेका छन् । एका तिर कोरोना संक्रमणको त्रासमा रहेका नागरिकहरुमा म्याद गुज्रेका खाद्यान्न उपभोगले थप समस्या निम्तने सक्ने सम्भावना पनि बढ्दै गएको छ ।

संक्रमण नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनले व्यवसायीलाई घाटा भएको स्वीकार गरिए पनि उपभोग्य वस्तुहरुमा हुने कालोबजारीलाई स्वीकार गर्न नसकिने धरान उपमहानगरपालिकाकी उपमेयर तथा अनुगमन समितीका संयोजक मञ्जु भण्डारी सुवेदीले बताईन् । उनले भनिन, लकडाउनले घाटा भयो भन्दैमा म्याद सकिएका अखाद्य वस्तु बिक्री गर्न तथा आफुुखुसी मुल्य वृद्धि गर्ने अधिकार र छुट कसैलाई छैन् ।’

चक्लेट, बिस्कुट लगायतका बिलासिताका उपभोग्य वस्तुहरु लकडाउनको समयमा खरिद नहुँदा म्याद गुज्रिएको हुन सक्ने उनको भनाई छ । त्यस्ता म्याद गुज्रिएका वस्तुहरु बिक्रि वितरण नगर्ने जिम्मेवारी व्यापारीहरुको पनि रहेको उनले बताईन् । उनले भनिन्, मानिसलाई एक छाक दाल भात खान समस्या परेको बेला त्यस्ता बस्तु प्रायः मानिसले खरिद गरेनन्, त्यी वस्तु पसलमै लामो समय सम्म रहदा म्याद गुज्रन्छ, म्याद गुज्रीएको वस्तु व्यापारीहरुले बिक्रि वितरण नगर्ने जिम्मेवारी उहाँहरुको पनि हो, त्यस्तो नगर्न आग्रह पनि गर्छु ।’

कोरोना संक्रमण अझै पनि कायमै रहेकाले बजार अनुगमन गर्न पनि जोखिम रहेकाले उद्योग वाणिज्य संघ सँग समन्वय गरेर व्यापारीहरुलाई जिम्मेवार बनाउन तर्फ लागिरहेको उनले बताइन् । उनले भनिन्, ‘बजार अनुगमन गर्ने अनुगमन अधिकृत देखि नगरपालिका, वडा कार्यलयका कर्मचारी र जनप्रतिनिधिहरुमा संक्रमण पुष्टि भइरहेकाले अहिले नै बजारमा निस्किएर बजार अनुगमन गरि हाल्ने वातावरण छैन्, उद्योग वणिज्य संघको पहलमा व्यापारीहरुलाई जिम्मेवार बनाएर म्याद सकिएका वस्तुहरुको बिक्री वितरणमा रोक लगाउने प्रयासमा हामी छौं ।’

यता उद्योग वाणिज्य संघ सुनसरीले स्थानीय व्यापारीले म्याद गुज्रीएका सामानको रि लेबलिङ गरि बिक्री वितरण नगरेको दाबी गरेको छ । संघका अध्यक्ष गिरधारी सापकोटाले संघका वरिष्ठ उपाध्यक्षको संयोजकत्वमा गठित बजार अनुगमन तथा आपुर्ति समितीले बजार अनुगमन गरिरहेकाले अहिले सम्म त्यस्ता वस्तुहरु फेला नपरेको बताए । उनले भने, ‘बाहिरका डिलरहरुबाट रि लेबलिङ भएर आयो भने याँहाका व्यवसायी र हामीलाई पनि थाहा छैन, तर स्थानीय व्यवसाीहरुबाट त्यस्तो काम भएको छैन ।’

लकडाउन शुरु भए पछि ठुलो परिमाणमा सामानहरु पनि नआएकाले धेरै स्टक पनि नरहेको उनको भनाई छ । ठुलो परिमाणमा स्टक राखेर व्यापार गर्ने व्यवसायीहरु पनि धरानमा नरहेको उनले बताए ।

धरानको एम्स कलेज,किन ...

धरान/ धरान उमहानगरपालिका वडा नम्बर १२ स्थित चतराला ...

विद्यार्थी–अभिभावकको ...

धरान मेघा कलेज स्थापनाको छोटो समयमै यस क्षेत्रका विद्या ...

विष्णुले फेरी इतिहाँ ...

धरान । सुनसरीको धरानमा रहेको विष्णु मेमोरियल माविले यस ...

विष्णुले फेरी इतिहाँ ...

धरान । सुनसरीको धरानमा रहेको विष्णु मेमोरियल माविले यस ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved