मृगौला पिडित दिपेनलाई युकेबाट सहयोग

  • असोज २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । दुवै मृगौला खराब भई विराटनगर स्थित नोबेल अस्पतालमा उपचार गराईरहेका तेह्रथुमका २१ वर्षिय मृगौला पिडितलाई ४ लाख ८१ हजार ३० रुपैया सहयोग प्राप्त भएको छ ।

तेह्रथुमको लालिगुरास नगरपालिका वार्ड न ६ सुङ्नामका दिपेन खवाहाङ लिम्बुलाई तेह्रथुम समाज युकेले सहयोग गरेको हो । तेह्रथुम समाज युके परिवारले संकलन गरि नेपाल पठाएको रकम तेह्रथुम समाज युके नेपालका कोर्डिनेटर तथा किराँत याक्थुङ चुम्लुङ सुनसरीका अध्यक्ष मोहन कुमार लिम्बूले बिरामी दिपेन र उनका बुबा भिम बहादुर खवाहाङ लिम्बुलाई प्रदान गरेका छन् ।

तेह्रथुम समाज युके का अध्यक्ष भुवन खवाहाङ लिम्बुको सम्योजकत्वमा ९५ जनाबाट सहयोग रकम संकलन भएको थियोे । सहयोग रकम हस्तान्तरण कार्यक्रममा कियाचु सुनसरी उपाध्यक्ष स्वर्णिमहाङ फोम्बोले सहयोग दाताहरूको नामावली सुनाएका थिए । बिरामीको तर्फबाट बुद्रोस लिम्बुले सहयोगदाताहरुलाई धन्यवाद दिएका थिए ।

धरानको एम्स कलेज,किन ...

धरान/ धरान उमहानगरपालिका वडा नम्बर १२ स्थित चतराला ...

विद्यार्थी–अभिभावकको ...

धरान मेघा कलेज स्थापनाको छोटो समयमै यस क्षेत्रका विद्या ...

विष्णुले फेरी इतिहाँ ...

धरान । सुनसरीको धरानमा रहेको विष्णु मेमोरियल माविले यस ...

विष्णुले फेरी इतिहाँ ...

धरान । सुनसरीको धरानमा रहेको विष्णु मेमोरियल माविले यस ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved