Top 4

    Showing 9,001-9,010 of 9,411 items.
  • जातीय भेदभाव विरुद्घ यामकलाले गरीन मूद्घा दर्ता

    इलाम / जातीय भेदभावको कारण आफ्नै बुवा मरेपछि बुवाको अनुहार हेर्न र सामूहिक रुपमा काजकिरिया समेत गर्न नदिएको भन्दै इलाम जिल्लाको माई नगरपालिका वडा नं. २ बस्ने यामकला विश्वकर्मा (आचार्य) ले सोमबार जिल्ला प्रहरी कार्यालय इलाममा जातीय भेदभाव सम्बन्धी कसूरको मुद्धा दर्ता गरेकी छिन् ।११ बर्ष अगाडि घर नजिकैका रत्नबहादुर विश्वकर्मासँग विवाह गरेकी यामकलाले हिन्दू धर्मशास्त्र अनुसार बुवाको काजकिरिया सकेर सोमबार घटनामा संलग्न आफ्नै सहोदर भाई टिकाराम आचार्य, छिमेकी लक्ष्मी दंगाल र झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ३ बस्ने पार्वता आचार्य बजगाईंलाई विपक्षी बनाई स्वयम् जिल्ला प्रहरी कार्यालयमा उपस्थित भई

    • प्रकाशित मितिः भदौ १, २०७७
    • 1,159 पटक पढिएको
    • "भगीरथ भण्डारी "
  • कोशी कोभिड अस्पतालमा लक्ष्यण देखिने संक्रमितलाई मात्र प्राथमिकता

    विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमण देखिने बिरामीको लागि उपचार गर्न बनाएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा अब लक्ष्यण देखिने संक्रमितलाई मात्र प्राथमिता दिइने भएको छ । पछिल्लो समय लक्षणसहितका संक्रमित बढेसँगै कोभिड अस्पतालमा सुविधाहरु विस्तार गर्दै लक्षण भएकाहरुको उपचारमा बढी प्राथमिकता दिईने अस्पताल संयोजक डा. दीपक सिग्देलले बताए । भने,“लक्षण नभएकालाई राख्दै नराख्ने भन्ने होईन, लक्षण भएकालाई बढी प्राथमिकता दिईने छ ।” कोभिड उपचार केन्द्रमा आईसीयु र भेन्टिेलेटरसहितको सुविधा विस्तार गरिएको बताए । उपचार केन्द्रमा ५ वटा भेन्टिलेटर र १० वटा आईसीयु बेड तयारी अवस्थाम

    • प्रकाशित मितिः भदौ १, २०७७
    • 773 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ६० जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ २०७७ भदौ १ सोमबार/ आज थप ५ सय ८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २७ हजार २ सय ४१ जना  पुगेको छ । नेपालमा मृतकको संख्या  १०६ जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप १ सय ६० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १७ हजार ४ सय ९५ जना  जना रहेका छन् ।

    • प्रकाशित मितिः भदौ १, २०७७
    • 1,219 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा आज ८३ कोरोना संक्रमित थपिए

    विराटनगर, १ भदौ । प्रदेश १ मा आज ८३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा ३१, झापामा ७ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा आज २९ जना संक्रमित थपिएका छन् । थपिएका मध्ये १३ महिला र १६ पुरुष छन् । बेलबारीमा ७ महिला ३ पुरुष, बुढीगंगामा १ महिला ३ पुरुष, सुन्दरहरैचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीको धरानमा १२ महिला ६ पुरुष, गढीमा ४ पुरुष, इनरुवामा ४ पुरुष, देवानगञ्जमा ३ पुरुष, कोशी र रामधुनीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । झापाको दमकका ४ पुरुष, शिवसताक्षीका २ र कनकाईका १ पुरुष

    • प्रकाशित मितिः भदौ १, २०७७
    • 784 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उद्योगका आईसोलेसनलाई सरकारको सहयोग भएन, मजदुरको पीसीआर गरिदिन माग

    विराटनगर । आरती स्ट्रिप्स प्रा.लि. सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रकै ठूलो स्टिल उद्योग हो । रड र जस्ता पाता उत्पादन क्षमताका दृष्टिले भारतीय लगानीको यो उद्योगले छोटो समयमा क्षमतासमेत विस्तार गर्न सकेको छ । तर, कोरोना कहर सुरु भई उपल्ला दर्जाका कर्मचारी र मजदुरमा संक्रमण देखिएपछि उद्योग सिल भई उत्पादन ठप्प छ । सिल हुनु अघिसम्म पचास प्रतिशतसम्म उत्पादन कटौती गरेको उद्योगमा ५ सय मजदुर कार्यरत थिए । आरतीले भारतीय र स्थानीय मजदुरलाई समेत ठूलो संख्यामा रोजगारी प्रदान गर्दै आएको छ । पछिल्लो दुई सातामा उद्योगमा कार्यरत ५१ मजदुरमा कोरोना पुष्टि भएको छ । त्यसपछि बुढीगंगा गाउँपालिकाले उद्योग स

    • प्रकाशित मितिः भदौ १, २०७७
    • 865 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • थारु जगतको सुपरस्टार सन्जु बाबाको नेपाली म्युजिक भिडियो आउदै

     दुहबीमा नयाँ मुजिक भिडियो अनलाइन थारु डान्ससिंङ स्टारको कन्सेप्ट डारेक्टर थारू चलचित्र क्षेत्रका सुपर स्टार ‘सञ्जु बाबा’ नेपाली म्युजिक भिडियाे मार्फत नेपाली सिने जगतमा प्रवेश गर्दैछन् । गायक प्रभु चाैधरीकाे ‘आँखा छाेपि रूनु पर्याे’ बाेलकाे गीतमा उनि संगै माया शेर्पालाइ पनि देख्न सकिन्छ । लकडाउनकाे याे विसम परिस्थितीमा बिहिबार नै सुटिङका सम्पुर्ण कामहरू सकिएकाे छ। अब आउने केही दिनमे गीत रिलिज हुने बताइएको छ । ‘सञ्जु बाबा’ काे आफ्नै यूट्युब च्यानल मार्फत रिलिज गरिने साे गीतमा पुजा चाैधरी निर्माता रहेकी छिन् भने शब्द संगित प्रभु चाैधरीकाे रहेकाे छ । बिट

    • प्रकाशित मितिः भदौ १, २०७७
    • 865 पटक पढिएको
    • " चन्दन रौनियार"
  • पथरी प्रहरीद्वारा मृत चित्तल सहित २ जना पक्राउ

     इटहरी । इलाका प्रहरी कार्यलय पथरीले मृत चित्तल सहित २ जना शिकारीलाइ नियन्त्रणमा लिएर आवश्यक अनुशन्धान सुरू गरेकाे छ । पथरी शनिश्चरे नगरपालिका वडा २ मा रहेको हरियाली सामुदायिक बन क्षेत्रबाट चित्तललाई पासोमा पारी लैजानै लाग्दा २ जना सिकारीलाइ प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे वडा नम्वर १ वस्ने वर्ष २६ को चित्र कुमार श्रेष्ठ र सोही वडा वस्ने वर्ष २१ को विश्ववन्धु भन्ने विवश राई रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताए । उनिहरुको साथ बाट प्रहरीले मासु काट्ने दाउ एक थान, चित्तलको छाला काट्न प्रयोग गरिने कर्द एक थान, पासोको

    • प्रकाशित मितिः भदौ १, २०७७
    • 1,192 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मृत्यु भएका व्यक्तिको पिसिआर रिपोर्ट  नेगेटिभ

    इलाम / सूर्योदय नगरपालिकाको करफोक विद्या मन्दिरमा रहेको क्वारेन्टाइनमा मृत्यु भएको युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतक युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका कोभिड फोकल पर्सन विपुल अधिकारीले जानकारी दिए ।  

    • प्रकाशित मितिः भदौ १, २०७७
    • 830 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • सामुदायिक वन हडपेर कसले बनायो भवन ? वन समिति बेखबर, उपभोक्ता पनि अन्जान

     वराहक्षेत्र/ वराहक्षेत्र २ स्थित सिंहदेवी मन्दिरदेखि २५,३० मिटर उत्तरमा बयरवन सामुदायिक वन क्षेत्रभित्र पक्की भवन निर्माण गरिएको छ । तर, सो भवन कसले बनायो भन्ने विषय अन्योलमा रहेको छ ।   एकदुई दिनमा रातारात बन्न नसक्ने उक्त भवन सामुदायिक वन उपभोक्ता समितिलाई नै थाहा नहुने गरी निर्माण भएपछि सबै चकित परेका छन् । तर, कसैले पनि भवन कसरी निर्माण भयो भन्ने विषयमा आवाज उठाएका छैनन् । वनक्षेत्रभित्र भवन निर्माण हुँदा समेत कसैले सोधिखोजी गरेका छैनन् ।   बयरबन ‌सामुदायिक वन समितिकी कोषाध्यक्ष अम्बिका कार्कीले भवन बनेको बारे आफु र वन समिति अनभिज्

    • प्रकाशित मितिः भदौ १, २०७७
    • 1,042 पटक पढिएको
    • "हिमाल राई"
  • इलामको सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाईनमा बसेका २२ बर्षीय पुरुषको मृत्यु

    इलाम / इलामको सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाईनमा बसेका २२ बर्षीय एक पुरुषको मृत्यु भएको छ ।भारतको हैदराबादबाट आई साउन २६ गते देखि क्वारेन्टाईनमा बस्दै आएका सूर्योदय नगरपालिका ९ घर भएका पुरुषको  मृत्यु भएको हो ।उनको स्वास्थ्यमा समस्या भए पछि आईतबार बिहान १० बजे देखि सूर्योदयन गरपालिकाको स्वास्थ्यकर्मीको टोलीले उनको उपचारमा खटे पनि  राती  मृत्यु भएको उपचारमा खटिएका डा. सरोज दर्नालले जानकारी दिएका छन ।  साउन २९ गते उनको स्वाब संकलन गरी मेची अञ्चल अस्पताल पठाईए पनि उनको रिर्पोट भने आउन वाँकी रहेको स्वास्थ्य कार्यालय इलामका कोरोना फोकल पर्सन बिमल बरालले जानकारी

    • प्रकाशित मितिः भदौ १, २०७७
    • 1,116 पटक पढिएको
    • " भगीरथ भण्डारी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved