म ....... खोजिरहे !

  • कार्तिक १७, २०७७
  • "मिन सुवेदी"
alt

निरीह म, सरकार खोजिरहे।
चिसो भुइमा रात बिताइरहेका हरुको माझमा।
बिदेश बाट फर्किरहेका हरुको महङ्गो जाहज मा।
अनि,
टुढिखेलमा अरु कसैले पस्किएको एक चोईली भातमा।
तर,
तिमी त अस्पतालका बिल काउन्टरमा पो भेटियौ।
महङ्गो आई. सि.यु. को बिल तिर्न नसकेर।
आफन्तको जिम्मा लाग्न नपाएको ।
बिचरो त्यो लास सङ्गै ।
एकदम निरीह भेटियौ।
बिचरो म, सरकार खोजिरहे।
कुनै नया कुरा सहित आउछौ कि भनेर।
तिम्रा बेतुकका बक्तब्य हरुमा घन्टौ घोत्लिरहे।
अनि,
केही आशाको पन्तुरो फुकाउछौ कि भनेर कुरिरहे।
तर,
तिमी त दोष केलाउन मा ब्यस्त पो देखियौ।
उल्टो असाबधानी तिम्रै हो ूभन्दै।
मृत्यु को डर अझ तिखारी तिखारी कन।
मात्र गोटा गन्ती गर्दै रह्यौ।
भर्खर १ ,२ गन्न जानेको अबोध झै।
बबुरो म, सरकार खोजिरहे।
बचाउन नसकेपनी कुनै जीवन ।
सहारा बन्न नसके पनि कोहि बेसाहाराको।
अनि,
धक फुकाएर रुनमात्र भएनी साथ दिन्छौ कि भन्दै।
तर,
सान्त्वनाका दुई शब्द मात्र पनि फुत्किएन तिम्रो मुखबाट।
तिमी अन्तै ब्यस्त छौ रे अचेल।
आफ्नै घर अनि दलिन टाल्दै छौ रे।
आफ्नै खुट्टा जोड्दै छौ रे आज भोलि।
आफै ढलमल गर्दै छौ रे, मेरो भरोसा जस्तै।
निरीह म जस्तै,तिमी पनि निरीह नै छौ रे।
अस्तु।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved