धरानको कृषि थोक बजार सातौं पटक प्रथम

  • कार्तिक १७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । प्रत्येक वर्ष संघीय कृषि मन्त्रालयले विश्व खाद्य दिवसको अवसरमा प्रदान गर्दै आएको कृषि थोक बजार उत्कृष्ठ पुरस्कार यस वर्ष पनि धरान स्थित कृषि उपज बजार स्थलले प्राप्त गरेको छ ।

धरान १३ स्थित कृषि थोक बजार यो बर्ष पनि देशभरिका थोक बजारहरुमध्ये सर्वोत्कृष्ट हुन सफल भएको छ । यो वर्षको पुरस्कार कृषि बजार सातौं पटक हो । यस अघि २०६१, २०६३, २०६८, २०७२ र २०७५ देखि लगातार प्राप्त गर्दै आएको छ । सरकार मातहतमा रहेका ११ वटा कृषि बजार मध्ये धरान स्थित कृषि बजार उत्कृष्ठ बन्न सफल भएको छ । त्यसै गरि उत्कृष्ठ व्यापारीमा कृषि बजारकै थोक ब्यपारी अजय कुमार गुप्ता राष्ट्रिय स्तरमा तेश्रो हुन सफल हुनु भएका छन् ।

मन्त्रालयले बजार सफाईको अबस्था, बजारले सेवा प्रदान गरेको स्तर, कारोबारको अबस्था, कृषि बस्तु अन्य राष्ट निर्यात गर्ने गरेको अबस्था, नेपाल सरकारको नियम पालना नभए नभएको, बजारको पुर्वाधारलगायतको मुल्यांकन गरेर पुरस्कृत गर्ने गरेको व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । कृषि बजारले पुरस्कृत भएवापत पुर्वाधार विकासको कुनै योजना छनौट गर्ने अवसर पाउनेछ । यो बर्ष कोभिडले गर्दा पूरस्कार वितरणको औपचारिक कार्यक्रम गर्न नसकेकोले समय अनुकुल बनाएर पुरस्कार लिन आउन आग्रह गरेको पत्र कृषि बजारले पाएको छ ।

बजारले गत आर्थिक बर्षमा १ लाख ४५ हजार मेट्रिक टन बराबर कृषि बस्तुको कारोबार गरेको थियो । जसको नगदमा ५ अरब ५० करोड रुपैया बराबर रहेको छ । त्यस कारोबारको २० प्रतिशत भारत निर्यात हुने व्यवस्थापक भट्टराई बताउँछन् । कारोबारको ४० प्रतिशत सुख्खा तरकारी र फलफूल आयात हुने गरेकोछ । त्यसमध्ये ३५ प्रतिशत भारतमा निर्भर छ भने चीन, भुटान र बंगालादेश ५ प्रतिशतमा निर्भर रहेको छ । आयतको मात्रा बढ्दो छ भने निर्यातको मात्रा घट्दो रहेको बजारले जनाएको छ ।

बक्सिङको रिङ जत्तिकै ...

धरान/ धरान फाइट नाइट–२०२५ आयोजनामा कुल रु. १ ...

हिरासत कक्ष लागुऔषध ...

सुरुङ्गा/ इलाका प्रहरी कार्यालय काँकरभिट्टामा चार महिला ...

श्रमदानमार्फत पक्की ...

भोजपुर/ दशौँ वर्षदेखि सिँचाइको अभाव झेल्दै आएका भो ...

यातायात बन्दले जनजीव ...

काठमाडौं/ ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved