कृषि फर्मको आडमा जुवाखाल, सञ्चालक अझै पक्राउ परेनन्

  • कार्तिक १७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर ।मोरङको केराबारी गाउपालिका स्थित हरी एग्रीकल्चर एण्ड लाइब स्टक सेन्टर प्रा ली बाट जुवाडेहरु पक्राउ गरेपनि प्रालीका मुख्य सञ्चालकलाइ भने प्रहरीले उन्मुक्ति दिएको छ । प्रालीका मुख्य सञ्चालक हरि भट्टराईलाई हाल सम्म प्रहरीले पक्राउ गरेको छैन । प्रहरीले पक्राउ परेका भुपेन्द्र भट्टराई प्रालीको मुख्य सञ्चालक बताउदै आएको छ । तर प्रालीका मुख्य सञ्चालक भने हरि भट्टराई हुन । 

कृषि कर्मकै बदनामी गराउने गरी कृषिफार्ममा जूवाजन्य गतिविधि गराएको प्रति मोरङको केराबारीका बासिन्दाले संलग्नलाई कडा कार्वाही गर्नुपर्ने बताएका छन । गाउँपालिका र कृषिकर्मको आड लिएर भएको यस्तो गतिविधि सहन नसकिने जनप्रतिनिधिसमेतको भनाई छ ।

मोरङको केराबारी गाउँपालिका वडा नम्बर ६ मा भूपेन्द्र भट्टराईले संचालन गरेको हरी एग्रीकल्चर एण्ड लाइब स्टक सेन्टर प्रा ली  (कालिज पालन गर्ने )कृषि फर्मबाट जुवाजन्य खेलका संलग्न पक्राउ परेपछि चर्को आलोचना भई रहेको छ । 

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, मोरङ प्रहरी र इप्रका बेलबारीको संयुक्त प्रहरी टोलीले फर्ममा छामा मारेको हो । नगद रु. ८ लाख ९९ हजार २ सय ५० रुपैयाँसहित पाँच जना जुवाडेको सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाइएको जनाएको छ । धरानका समेत गरी पाँच जना जुवाडे शनिबार राति पक्राउ परेका हुन । स्थानीयका अनुसार एक जना वडाअध्यक्ष भने प्रहरी आईनपुग्दै भागेर पाक्राउ पर्नबाट बचेका छन । मोरङ प्रहरीका प्रवक्ता डिएसी मानबहादुर राईका अनुसार संचालक भट्टराईले बाहिरबाट समेत मानिस बोलाएर जुवाजन्य गतिविधि गराउने गरेको देखिएको छ ।

श्रोतका अनुसार केहीदिन अघि सोही फर्ममा जुवा खेलिरहदा जुवाडेहरु विच ३३ लाख रुपैया हारजितको विषयमा लफडापनि भएको थियो । गाउ ठाउमा कृषि फर्मको आवरणमा यस्ता गतिबिधि हुदा सम्म प्रहरी प्रशासन मौन रहेको स्थानियको भनाई छ । प्रहरीलाई उक्त स्थानमा जुवा खेलाइन्स भन्ने पुर्व जानकारी पनि रहेको एक स्थानियले बताए । जुवाडे पक्राउ परेको दिनपनि प्रहरीले पुर्व सूचना दिएर एक जना जुवाडे भगाएका ति स्थानीयले बताए ।

केराबारी गाउँपालिकाकी उपाध्यक्ष शान्तिकुमारी लिम्बू भुजेलले कृषि फार्मको आडमा जुवा खेलाउने कर्मले समग्र किसानकै बदनामी गराएको बताउँदै भनिन्,“पछिल्लो घटनाले हाम्रो गाउँपालिकाकै बदनामी गराएको छ । यस्तो गलत गतिविधि गराउनेलाई कडाभन्दा कडा कार्वाही गरिनुपर्छ ।”

लिम्बूले कृषि फार्ममा जुवा खेलाउने धन्दा पहिलेदेखि नै चलेको भन्ने अनुमान स्थानीयले गर्दै आएको बताउँदै यस विषयमा सुक्ष्म अनुसन्धान भई गिरोहकै रुपमा संचालन गर्नेलाई कडा कार्वाही हुनुपर्ने माग गरिन । स्थानीय स्रोतका अनुसार यसअघि पनि त्यही कालिज फार्ममा एकजनाले निक्कै ठूलो रकम हारेको चर्चा चलेको थियो ।

प्रहरीले कालिज फर्म संचालक मोरङ केराबारी गाउँपालिका ६ का ६० वर्षीय भूपेन्द्र भट्टराई, सोही ठाउँका ४३ वर्षीय बोधराज मगर, सुनसरी धरान उप महानगरपालिका वडा नम्बर १५ का ३६ वर्षीय अरूण केसी, धरान वडा नम्बर ६ का ३६ वर्षीय हरि खत्री, धरान वडा नम्बर १५ का ३८ वर्षीय शैलेस भुजेललाई पक्राउ गरेको छ ।

कालिज फार्मका अर्का एक जना संचालक भने पक्राउ पर्न बाँकी रहेको भन्ने जानकारी आएको गाउँपालिकाकी उपाध्यक्ष लिम्बूले बताइन ।
प्रहरीले जुव अखडाबाट दुई वटा स्कुटी र दुई मोटसाइकल पनि बरामद भएको जनाएको छ ।

hari-bhattrai

प्रालीका मुख्य सञ्चालक हरि भट्टराई

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved