केराबारीमा तासजुवा खेल्ने धरानका सहित पाँच जना पक्राउ

  • कार्तिक १६, २०७७
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर । नगदर रु. ८ लाखसहित मोरङ केराबारी गाउँपालिकामा तास खेलिरहेका पाँच जना पक्राउ परेका छन ।

वडा नं. ६ बस्ने भुपेन्द्र भट्टराईको घरमा जुवा तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा १ नं. प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा हानेको थियो । प्रहरीका अनुसार जुवातास खेलिरहेको अवस्थामा केराबारी गाउँपालिका वडा नं. ६ बर्ष ६० को भुपेन्द्र भट्टराई र वर्ष ४३ को बोधराज मगर, सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १५ बस्ने वर्ष ३६ को अरूण केसी, धरान ६ बस्ने वर्ष ३६ को हरी खत्री र धरान १५ बस्ने बर्ष ३८ को शैलेस भुजेल रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानबहादुर राईले जानकारी दिएका छन ।

हिजो साँझ तासजुवा खेलिरहेका उनीहरुको साथबाट नेपाली दरको रू ८ लाख ८९ हजार २५० बरामद भएको प्रहरीको भनाई छ । यसैगरी १३ बुक तास,स्कुटी थान २ र मोटरसाइकल दुई थान पनि नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।

पानबारी गोल्डकपः सेम ...

धरान /धरानको पानबारीमा भइरहेको पानबारी गोल्डकपको स ...

तेस्रो कोशी कराते च् ...

धरान/ धरान–१२ स्थित सुनाखरी एकेडेमिका बिद्या ...

पव्लिक माविलाई प्रेम ...

धरान/ पव्लिक मावि धरानमा २०१३ सालमा एसएलसी दिएका प ...

धरानमा मदिराजन्य वस् ...

धरान/ धरानका विभिन्न सार्वजनिक स्थलहरूमा राखिएका म ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved