Top 4

    Showing 81-90 of 9,483 items.
  • मोडर्न प्रीपेरेटोरी सेकेण्डरी बोर्डिङ्ग स्कुल मा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

    इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा यातायात व्यवस्थापन कार्यालय, इटहरी, सुनसरीका प्रहरी नायब निरीक्षक (Sub Inspector) लीला नाथ न्यौपानेले सडक सुरक्षा, ट्राफिक नियमको पालना तथा दुर्घटना न्यूनीकरणका विषयमा प्रस्तुतीकरण गर्दै सहभागीहरूलाई सचेतना प्रदान गर्नुभयो। उहाँले सुरक्षित सडक संस्कृतिको विकासका लागि ट्राफिक नियमहरूको जानकारी र व्यवहारिक कार्यान्वयन आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो। विद्यालयले पाठ्यक्रमसँगै यस्ता सचेतनामूलक

    • प्रकाशित मितिः असार ४, २०८३
    • 864 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हर्क साम्पाङको लाइसेन्स १० वर्षदेखि नवीकरण नभएको खुलासा

    धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा धरानका पूर्वमेयर हर्क साम्पाङको सवारी चालक अनुमति पत्र (लाइसेन्स) लामो समयदेखि नवीकरण नभएको तथ्य सार्वजनिक भएको छ। यातायात व्यवस्था कार्यालय इटहरीको अभिलेख अनुसार साम्पाङले २०७१ पुस ६ मा अन्तिम पटक जरिवानासहित आफ्नो ‘ए’ श्रेणीको लाइसेन्स नवीकरण गरेका थिए। त्यसयता भने उनले लाइसेन्स नवीकरण नगरेको भेटिएको छ। प्रहरी स्रोतका अनुसार साम्पाङको लाइसेन्स २०७३ पुस १२ मा म्याद सकिएको थियो। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५७ अनुसार तोकिएको अवधिभित्र नवीकरण नगरिए चालक अनुमति पत्र स्वतः रद्द हुने व्यवस्था छ। सोही आधारमा

    • प्रकाशित मितिः असार ४, २०८३
    • 807 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अस्पतालकै अगाडि टिपरको ठक्करबाट स्कुटी चालकको मृत्यु

    दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्पतालअगाडि पूर्व–पश्चिम राजमार्गमा टिपरको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार आज बिहान करिब ९ः५५ बजे दमकबाट उर्लाबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ४२८५ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको मे ११ प १६२० नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो। दुर्घटनामा स्कुटी चालक दमक नगरपालिका–५ निवासी ६० वर्षीय भिमबहादुर कार्की गम्भीर घाइते भएका थिए। उनको टाउको र दाहिने हातमा चोट लागेको तथा नाक र कानबाट रगत बगेको अवस्थामा उपचारका लागि दमक अस्पताल लगिएको थियो। उपचारकै क्रममा बिहान १०ः१० बजे चिकित्सकले उनलाई मृत घ

    • प्रकाशित मितिः असार ३, २०८३
    • 619 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन नवोदयका विद्यार्थीलाई १ लाख ७५ हजारसहित सम्मान

    धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले १६औँ राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय प्रतियोगिता २०८२ मा उत्कृष्ट प्रदर्शन गर्दै कोशी प्रदेश सरकारबाट कुल १ लाख ७५ हजार रुपैयाँ नगदसहित सम्मान प्राप्त गरेका छन्। कोशी प्रदेशको प्रतिनिधित्व गर्दै तेक्वान्दोको छात्रा पुम्से विधामा स्वर्ण पदक जितेकी युमी राईलाई नगद १ लाख रुपैयाँ तथा कराते विधामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालमै दोस्रो स्थान हासिल गरेका कक्षा–११ का विद्यार्थी प्रमोद राईलाई ७५ हजार रुपैयाँ प्रदान गरिएको हो। राष्ट्रिय खेलकुद परिषद्, त्रिपुरेश्वर काठमाडौंको आयोजनामा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका दुवै खेलाड

    • प्रकाशित मितिः असार २, २०८३
    • 1,344 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मैत्रीपूर्ण फुट्सलमा अभिभावक टोलीको शानदार जित, शिक्षक ४–१ ले पराजित

    धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेको शिक्षक र अभिभावकबीचको मैत्रीपूर्ण फुट्सल प्रतियोगितामा अभिभावक टोली विजयी भएको छ। धरान–१६ स्थित गोर्खा फुट्सलमा आइतबार सम्पन्न खेलमा अभिभावक टोलीले शिक्षक टोलीलाई ४–१ गोल अन्तरले हराउँदै उपाधि आफ्नो पक्षमा पारेको हो। खेलको पहिलो हाफमै अभिभावक टोलीले आक्रामक प्रदर्शन गर्दै ४ गोल गरेको थियो। शिक्षक टोलीले एक गोल फर्काए पनि त्यसपछि थप गोल गर्न नसक्दा खेल अभिभावकको पक्षमा गएको थियो। दोस्रो हाफमा शिक्षक टोलीले लगातार आक्रमण गरे पनि अभिभावक टोलीको बलियो रक्षापंक्तिलाई भेद्न सकेन। इन्टर हाउस फुट्सल प्रतियोगिताको फाइनलको अवसरमा आ

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 505 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्र नगरपालिकाद्वारा माध्यमिक बिद्यालय स्तरिय कबिता प्रतियोगिता सम्पन्न

    बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा माध्यमिक बिद्यालय ( कक्षा ९-१०) स्तरिय कबिता प्रतियोगिता सम्पन्न भएको छ । आईतवार बराहक्षेत्र नगरपालिका शिक्षा , युवा तथा खेलकुद शाखाको आयोजनामा चतराधाम स्थित श्री राधाकृष्ण संस्कृत वेद बिद्याश्रम गुरुकुलम माध्यमिक बिद्यालयको प्राङ्गनमा उक्त माध्यमिक बिद्यालय ( कक्षा ९-१०) स्तरिय कबिता प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगितामा नगर भित्र रहेका माध्यमिक तहका सामुदायिक, संस्थागत तथा धार्मिक बिद्यालयका बिद्यार्थीहरु सहभागि भएको बराहक्षेत्र नगरपालिका शिक्षा , युवा तथा खेलकुद शाखाका प्रमुख उत्तमराज भारतीले बताए । प्रतियोगितामा कोशी माध्यमिक ब

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 901 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भारतबाट गैरकानुनी रूपमा नेपाल छिर्दै गरेका बंगलादेशी नागरिक नियन्त्रणमा

    झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्रवेश गर्न खोजेका एक बंगलादेशी नागरिकलाई प्रहरीले झापाको मेचीनगरबाट पक्राउ गरेको छ। प्रहरीका अनुसार शुक्रबार दिउँसो १२ः४५ बजे मेचीनगर नगरपालिका–६ गैरीगाउँस्थित मेची खोलाको बाटो हुँदै भारतबाट नेपालतर्फ गैरकानुनी रूपमा प्रवेश गरिरहेका बंगलादेशी नागरिक ३३ वर्षीय एमडी सैफुल इस्लामलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले नियन्त्रणमा लिएको हो। बंगलादेशको चाँदपुर जिल्लास्थित तुलाटोली कचुवा मनोहरपुर–३६३० निवासी सैफुल इस्लाम वैध राहदानी बोकेर हिँडिरहेको अवस्थामा फेला परेका थिए। उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभि

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • 129 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नास्ट कलेज धरानद्वारा कक्षा ११ का वद्यिार्थीलाई अभमिुखीकरण सम्पन्न

    धरान/ नास्ट कलेज, धरानले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक वद्यिार्थीहरूका लाग िअभमिुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। गत बहिीबार कलेजको सभाहलमा आयोजति कार्यक्रम नास्ट कलेजका अध्यक्ष जनसेवक भण्डारीको सभापतत्वि तथा धरान उपमहानगरपालकिाका कार्यवाहक नगरप्रमुख आइन्द्रवक्रिम बेघाको प्रमुख आतथ्यिमा सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतथि बेघाले नास्ट कलेज धरानको शैक्षकि वकिासमा महत्वपूर्ण साझेदारका रूपमा स्थापति भएको उल्लेख गरे। उनले भने, ”नास्ट कलेजले वज्ञिान तथा प्रवधिकिो क्षेत्रमा अग्रणी र उदाहरणीय भूमकिा नर्विाह गर्दै आएको मैले पाएको छु। यस कलेजबाट अध्ययन गरेका वद्यिार

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • 560 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • 'ब्रेन ब्याटल' सिजन- १ भब्यरुपमा सम्पन्न

    धरान/ब्रदर्स अनलाइन मिडिया हबद्वारा आयोजित स्कुलव्यापी हाजिरी जवाफ प्रतियोगिता 'ब्रेन ब्याटल धरान, सिजन -१' को उपाधि धरानस्थित सिद्धार्थ शिशु सदन स्कुलले जितेको छ । शनिबार आयोजित फाइनल प्रतिस्पर्धाको चार राउण्डबाट कुल ८० अङ्क जोडेको सिद्धार्थले ब्रेन ब्याटलको उपाधिसहित नगद २० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र हात पारेको छ ।  प्रतियोगितामा कुल ५० अङ्क जोडेको एभेरेस्ट चिल्ड्रेन होम सेकेण्डरी स्कुल दोस्रो भएको छ । एभेरेस्टले नगद १५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र जितेको छ । प्रतियोगितामा ३५ अङ्क प्राप्त गरेको डिपो स्कुल तेस्रो बन्दा ३० अङ्क प्राप्त गरेको छ । डिपोले नगद १० हजार रुपैयाँस

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • 609 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेघा हिमालयन कलेजका साइन्स विद्यार्थीको बेतना सिमसार अध्ययन भ्रमण

    धरान/धरानस्थित मेघा हिमालयन कलेजले कक्षा–११ मा भर्ना भएका विज्ञान (साइन्स) संकायका नवआगन्तुक विद्यार्थीहरूलाई शनिबार मोरङको बेतना सिमसार क्षेत्रमा अध्ययन तथा अवलोकन भ्रमण गराएको छ। विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा सीमित ज्ञानलाई व्यवहारिक अनुभवसँग जोड्ने उद्देश्यले आयोजित भ्रमणमा सिमसार क्षेत्रका जैविक विविधता, वनस्पति तथा वातावरणीय महत्वबारे प्रत्यक्ष अध्ययन गराइएको थियो।   कलेजका शैक्षिक निर्देशक अर्जुन घिमिरे ले अवलोकन भ्रमणको सुरुवातमा विद्यार्थीहरूलाई सिमसार क्षेत्रमा अध्ययन गर्नुपर्ने विषयवस्तु तथा अवलोकनका मुख्य पक्षबारे अभिमुखीकरण गराएका थिए। उनले भ्रमणपछि विद्यार्थीहरूले अ

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • 720 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved