धरान । समुदाय स्तरमै कोरोना संक्रमण बढ्दै गए पछि सुनसरीमा बुधबार बिहान सम्ममा ५ सय ८ जना कोरोना संक्रमित पुगेका छन् । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका अनुसार सुनसरीमा आज २३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सुनसरीको धरानका १ जना, इटहरीका १४ जना, इनरुवाका ४ जना, बर्जू गाउँपालिकाका ३ जना र दुहबीका १ जना गरी ८ महिला र १५ पुरुष गरी जम्मा २३ जना नयाँ कोरोना संक्रमित थपिएको कोभिड १९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपले जानकारी दिएकी छिन् ।
धरान । स्थानीय सरकारले बधशाला निर्माण गर्ने भनिए पनि कुनै चासो नदेखाए पनि धरानका युवा व्यवसायीहरुले आधुनिक बधशाला निर्माण गरेका छन् । बंगुरको मासुको व्यवसाय गर्दै आएका ४ जना धराने युवाहरुले धरान बंगुर बधशाला निर्माण गरेका छन् । स्वस्थ्य मासु बिक्रि वितरणका लागि धरान ६ स्थित पानवारीमा बधशाला निर्माण गरेका हुन् । करिब डेढ विघा क्षेत्रफलमा बधशाला सहित बंगुर पालन, च्याउँ खेती लगायत अन्य खेति गर्ने समेत तयारीमा रहेका छन् । प्रधानमन्त्री कृषि परियोजना अन्र्ततग रहेको बंगुर जोनका सह संयोजक समेत रहेका मदन तामाङको संयोजकत्वमा धरान बंगुर बधशाला निर्माण भएको छ । तामाङ सहित इन्द्र फोम्बो, सुमन चेम्जोङ र
धनकुटा, १० भदौ ÷कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि त्यसको जोखिमलाई रोक्न धनकुटाको चौबिसे गाउँपालिकाले एकहप्ताको लागि सवारी साधन प्रवेशमा रोक लगाएको छ । कोरोना संकट व्यवस्थापन समिति (सिसीएमसी) चौबिसेको आकस्मिक बैठकले चौबिसे गाउँपालिकामा आज २०७७ भदौ १० गते १२.०० बजेदेखि भदौ १६ गते १२.०० बजेसम्म एकहप्ताको लागि एम्बुलेन्स, शववाहन र सरकारी सवारी साधन बाहेकका सम्पूर्ण सवारी साधनहरुलाई गाउँपालिका प्रवेशमा निषेध गरिएको चौबिसे गाउँपालिका अध्यक्ष खजिन्द्र राईले बताए । एकहप्तासम्म सो गाउँपालिका भित्र कुनै प्रकारका सवारी साधनहरु प्रवेश गर्न पाउने छैनन्–‘
धरान । गत शुक्रबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागमा डायलासिस गराएका एक व्यक्तिमा कोरोना संक्रमण देखिए पछि कार्यरत स्टाफ नर्सहरु चिन्तीत बनेका छन् । कोरोना संक्रमण देखिएका व्यक्तिको दुई दिन पछि आएको रिपोर्ट पोजिटिभ देखियो । त्यस बिचमा धेरै बिरामीहरुको डायलासिस गरिएको छ भने काम गर्ने स्टाफ नर्स सहित कर्मचारीहरु पनि परिवारको सम्पर्कमा रहेका छन् । तर प्रतिष्ठानले उनीहरुको सुरक्षाको निम्ती कुनै पनि व्यवस्थापन नगरिदिएको डायलासिसमा कार्यरत स्टाफ नर्सहरुको गुनासो छ । नयाँ व्यक्तिको कुनै पनि कोरोना परिक्षण नगरी डायलासिस गर्दा अहिले अन्य बिरामीहरुको पनि डायलासिस सेवा रोकिएको
धरान । जिल्ला प्रहरी कार्यालय सुनसरीले छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । हरिनगर गाउँपालिकाको वडा नम्बर ५ स्थित घुस्की बसन्तपुर सडकखण्डमा चेकजाँचको क्रममा एउटा मोटरसाइकल सहित अवैध लागुऔषध डायलेक्स २० बोतल र एमआइ लेखिएको २ थान मोबाईल बरामद गरेको छ । प्रहरीको अनुसार घुस्की बसन्तपुरबाट खटिएको प्रहरीको टोलिले हरिनगर ५ बस्ने वर्ष २१ का मकरम अन्सारीले चलाएको ना १८ प ४०४८ नम्बरको मोटरसाइकलमा सवार हरिनगर ६ बस्ने साहुदिन जट र भारतको अररिया जिल्ला ग्राम पंचायत पथराहा २ बस्ने मो. अंजुरलाई पक्राउ गरेको छ । उनीहरुलाई चेकजाँच गर्ने क्रममा सर्ट भित्र लुकाई छिपाई राखेको अवश्थामा ल
धरान । सुनसरीको छुट्टा छुट्टै स्थानबाट अवैध रुपमा भारतबाट ल्याउँदै गरेको हरियो मटर र लागुऔषध सहित जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । सोमबार सुनसरीको बर्जु गाउँपालिकाको वडा नम्बर ६ मा अवैधानिक रुपमा भिजिटिएस अनलाईन बिल नभई भारतीय बजारबाट ल्याउँदै गरेको हरियो मटर बरामद गरेको छ । देवानगंज ३ का नरेश मेहताले चलाएको को १ च ५५९९ नम्बरको पिकअप गाडी सहित ११ सय केजी हरियो मटर प्रहरीले बरामद गरेको हो । ५ लाख मुल्य बराबरको पिकअप गाडि र १ लाख १० हजार मुल्य बराबरको हरियो मटर बरामद गरेको जनाएको छ । बरामद सामानहरु सुनसरी भन्सार कार्यालय कोशी ब्यारेज पठाइएको प्रहरीले जनाएको छ ।
धरान । धारिलो हतियार देखाउँदै आतंक मच्चाउने धरानका ३ जनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । गत आइतबार साँझ धरान १५ बगरकोट स्थित सेउती खोलाको पुलमा धरान ८ का रोमन विश्वकर्मालाई धारिलो हतियार देखाउँदै कुटपिट भएको थियो । कुटपिट गर्नेहरुलाई खोजि गर्ने क्रममा ३ जनालाई पक्राउ गरिएको इप्रका धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए । उनका अनुसार पक्राउ पर्नेहरुमा धरान १५ का २९ बर्षीय सुजन राई, १९ बर्षीय सुसन राई र २३ बर्षका मनिष भुजेल रहेका छन् । उनीहरुलाई सोमबार साँझ धरान ८ स्थित फलामे पुल नजिक खुकुरी र चक्कु बोकेर सार्वजनिक स्थलमा स्थानीयलाई आतंकित बनाइरहेको अवस्थामा पक्राउ गरे
धरान । कोरोना संक्रमणको पहिलो जोखिममा काम गरिरहेका स्टाफ नर्सहरुको सुरक्षा व्यवस्थापनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कुनै चासो नदेखाएको भन्दै प्रतिष्ठानका स्टाफ नर्सहरु आन्दोलित भएका छन् । प्रतिष्ठानमा उपचार गराई रहेका बिरामीहरुमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु भइसक्दा पनि प्रत्यक्ष जोखिममा रहेका स्टाफ नर्सको सुरक्षामा बेवास्ता गरिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । आफ्ना मागहरु सहित प्रतिष्ठानका कार्यरत सम्पुर्ण नर्सहरुले १६ बुँदे ज्ञापन पत्र बुझाएका छन् । प्रतिष्ठानका चारै जना प्रमुख पदाधिकारीहरु सहित मेट्रोनको समेत ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका हुन् । दुई दिन भि
धरान । समुदाय स्तरमै फैलिएको कोरोना संक्रमित धरानमा १ सय ७ जना पुगेका छन् । मंगलबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै धरानमा १ सय ७ जना कोरोना संक्रमित पुगेका हुन् । केही दिन अघि धरान १७ का आमा छोरीमा कोरोना संक्रमण पुष्टि भएका परिवारकै थप एक जनामा कोरोना पुष्टि भएको हो । ६१ वर्षिय महिलामा संक्रमण पुष्टि भएको छ भने १७ कै थप एक महिलामा कोरोना देखिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए । यसै गरी धरान १६ बस्ने २५ बर्षीया एक जना बैङ्कका कर्मचारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनी धरान घर भएर पनि विराटनगरमा बैकमा काम गर्ने गरेको बताइएको छ । विराटनगरमा स्
सुनसरी । कोरोना संक्रमीत देखिएका सिराहाका एक युवाको मृत्यु भएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचार गराईरहेका सिराहाको लाहान स्थित गोविन्दपुर मलाहाना का २२ बर्षिय एक युवाको मृत्यु भएको हो । अत्याधिक खोकी लागेर स्वास प्रस्वासमा समस्या भएपछि प्रतिष्ठान भर्ना भएका उनको आज सोमबार दिउँसो ३ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए । प्रवक्ता सापकोटाका अनुसार प्रतिष्ठानको आइसियुमा रहेका उनमा भदौ ७ गते आइतबार कोराना सक्रमण पुष्टि भएसगै उनलाई आइतबारनै कोभिड अस्पतालमा सारिएको थियो । लागु औषध सेवनकर्ता समेत रहेका ती युवालाइ प्रति