विभिन्न स्थानबाट लागुऔषध सहित ५ जना पक्राउ

  • मंसिर ४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले बुधबार अवैध लागुऔषध सहित ५ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएका प्रहरी टोलिले इनरुवा नगरपालिका वडा नम्बर ६ मधेशाबाट ४ जना र इनरुवाकै वडा नम्बर १० बाट एक जनालाई पक्राउ गरेको जनाएको छ ।

बुधबार साँझ विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलिले इनरुवा नगरपालिका वडा नम्बर मधेसा बस्ने नारायण खड्का, सुनिल मोची, सुरेस मोची र निसान मगरलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट डाइलेक्स डिसि १०० एमएलको १४ बोतल, स्पास्मो प्रोक्सीभोन ८ क्याप्सुल, निट्राभेट १० लेखिएको १५ ट्याब्लेट, विभिन्न कम्पनीको मोबाईल ५ थान र प्रदेश १–०२०४१ नम्बरको जिक्सर मोटरसाइकल १ थान बरामद गरेको छ ।

त्यसै गरि त्यसै गरि इनरुवा नगरपालिका जल्पापुर सडक खण्डमा प्लाष्टिकको बोरा लिई हरिनगर गाउँपालिका आउदै गरेको अवश्थामा शंका लागि चेकजाँच गर्ने क्रममा वडा नम्बर ४ बस्ने वर्ष २७ का नौसाद अन्सारीलाई पक्रा गरेको छ ।

उनको साथबाट डाइलेक्स डिसि १०० एमएलको ३९ बोतल स्पास्मो प्रोक्सीभोज ७२ क्याप्सुल, निट्राभेट १० लेखिएको ७७ ट्याब्लेट, एमआई कम्पनीको मोबाईल १ थान बरामद गरेको जनाएको छ ।

पक्राउ परेका पाचै जनालाई लागुऔषध ऐन २०३३ बमोजिम सुनसरी जिल्ला अदालतबाट म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

 

 

१० औें बास्केटवल ट्य ...

धरान/ धरान बास्केटवल संघको आयोजना, सुनसरी बास्केटव ...

नेपालमा १० महिनामा स ...

काठमाडौं/ चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपा ...

एक वर्षपछि नेतृत्व प ...

बराहक्षेत्र/ सुनसरी, उदयपुर र धनकुटा जिल्लालाई कार ...

यात्रुवाहक गाडीमा गा ...

धनकुटा/ धनकुटाको भेडेटार चोकमा प्रहरीले बिहीबार बि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved