घरमै पोखरी बनाएर अस्ताउँदै सुर्यलाई पानी चढाएर मनाइयो छठ पुजा

  • मंसिर ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । खोला किनारमा अस्ताउँदै सुर्यलाई अर्घ दिएर गरिने छठ पुजा कोरोना संक्रमणका कारण यस वर्ष केही धर्मावलम्बीहरुले घर मै मनाएका छन् भने केहीले नजिकैको पोखरीमा पुजा आजा गरेका छन् । कसैले खेतबारीमा पानीको पोखरी बनाएर छठ पर्व मनाएका छन् ।

कोरोना भाइरस र यसको त्रास संसंगै धार्मिक गतिविधि नगर्न स्थानीय प्रशासनले आग्रह गरेपछि घरमै खाल्डो खनि पानिले भरेर खोलाझै रंगाई बिधिवत रुपमा ब्रत बसेर पर्व मनाएका छन् । कोरोना भाइरसका कारण खोलामा जादाँ भिड भएकाले यहि पुजा गरेको धर्मावलम्बीहरुको भनाई छ ।

विगतका वर्षहरुमा धुमधामका साथ विभिन्न खोला, नदिका किनारहरुमा भिड लाग्ने गरेको थियो । १ हप्ता अघि देखिनै खोला किनाराहरुमा झिलीमिली बनाइन्थ्यो तर यस वर्ष केही हुन पाएन् ।

पछिल्लो समय तराई, पहाडी समुदायले पनि छठ पर्व मनाउन थाले पछि स्थानीय सरकारले नै पुजा व्यवस्थापन गरिदिन थालेको थियो । कोरोनाका कारण आफ्नो घर नजिकै पुजा गरी जोखिमबाट बच्न समेत सरकारले अनुरोध गरे पनि घर घरमै तथा घर नजिकै मनाइएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमी तिथिसम्म चार दिन छठ मनाइन्छ ।

छठ पर्वको पहिलो दिन अर्थात चतुर्थी तिथिको दिन नुहाएर चोखो भई खाने (नहाय खाय), पञ्चमी तिथिका दिन खरना, तेस्रो अर्थात षष्ठी तिथिका दिन आज (शुक्रबार) अस्ताउँदो सुर्यलाई अर्घ दिएर मनाइएको हो ।
छठमा शक्तिको स्रोत सूर्यको उपासना गर्ने गरिन्छ ।
भोलि अर्थात चौथो तथा अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ विधिवत रुपमा समापन गरिन्छ ।

कोरोनाभाइरस महामारीका कारण तलाउ तथा नदी किनारामा भेला हुन भने जिल्ला प्रशासन कार्यालयहरूले रोक लगाएका छन्।नदी तथा तलाउमा गत वर्षहरूमा जस्तो भिड छैन। तर केही ठाउँका तलाउ भने सिंगारिएका छन् ।अधिकांश मानिस घरघरमै छठ मनाउँदैछन्।

धार्मिक विश्वास अनुसार छठको वर्त बस्नाले छाला सम्बन्धी रोग नलाग्ने विश्वास रहेको पाइन्छ ।यस पर्वमा केरा, स्याउ, उखु, सुन्तला, नरिवल, कागती, ठेकुवा, भुसवा, खाजा, लड्डु, बताशासहितका सामग्री बनाई सूर्य देवतालाई चढाउने गरिन्छ।

 माटा र बाँसले बनाइएका चंगेरा, कनसुप्ति, ढकना, सर्वासहितका कलात्मक भाडामा अर्घ राखेर सूर्य देवतालाई अर्पण गर्ने गरिन्छ।

222 33333333 chhat sunsari 2 chhat sunsari 1 126440629_129261282043731_7009315097218409001_n 111 20201120_161934 20201120_161551 20201120_161431 20201120_165509 20201120_163803 20201120_162011 20201120_165506 20201120_163918 20201120_165506 (1)

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

वराहक्षेत्रमा एकीकृत ...

चक्रघट्टि/ वराहक्षेत्र नगरपालिकामा आधारभूत तह (कक् ...

धरानमा प्रधानमन्त्री ...

धरान/ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत धरान उप ...

कोरियाबाट फर्केर लाख ...

भोजपुर/  वैदेशिक रोजगारी छाडेर भोजपुरका रेवती ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved