चाडवाड सकिए सगै धान थन्काउन किसानलाई चटारो

  • मंसिर ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

रंगेली/ हिन्दु धर्मावलम्बीहरुको महान चाड वडा दशैं तिहार सकिए सगै गाउँवासीहरुलाई धान थन्काउने चटारो सुरु भएको छ ।
वर्ष भरीका लागि उब्जाएको धान थन्काउन आहिले गाउँवासीहरुमा चटारो सुरु भएको हो ।

गत वर्षको तुलनामा उब्जनीमा केही कमी आएको छ । नोभेल कोरोना भाइरस कोभिड १९ को संक्रमणको त्रासका बिच लागाइएको बाली विगतको तुलनामा कमि भएको किसान तिलक बजगाईको गुनासो रहेको छ ।

संक्रमणका बाबजुद खेतीमा उत्रिएका किसानहरुलाई यसपालिको उब्जनिले केही निरास बनाएको देखिन्छ ।
आकाशे पानिको भरमा खेती गर्न बाध्य याहाँका किसानहरुलाई सिचाईंका लागि उचित ब्यबस्थापन नहुदाँ थप समस्या झेल्नु परेको किसान बजगाईं गुनासो छ ।

सिचाईंका लागि नहरको ब्यबस्था भएपनि खेतीको समयमा पर्याप्त पानि नआउदा किसानहरुको आकाशे पनिको भर पर्नु परेको उनले गुनासो गरेका छन् ।

समयमा रसायनिक मलको आयत नहुदाँ किसानहरुले थप समस्या भेल्दै आएका छन् । आयत भएको मल पनि पर्याप्त नहुदा सोचे जस्तो उब्जनी हुन नसेको उनको बुभाइ छ ।

प्र्याप्त जनशक्ति नहुदाँ बली लगाउने र थन्काउने बेलामा समस्या झेल्दै आएका किसानहरुलाई अत्याधुनिक मेसिनहरुको कारण बालि उठाउन सहज भएको र जनशक्तिको कमि कारण बालि उठाउन हुदै आएको ढिलाईमा कमि आएको तिलक बताउछन् ।
मेसिनले खेत बारीमै गएर धान काट्ने र मेसनले नै थ्रेसर गरि धान घरमा ल्याइदिने हुदा किसानहरु लाभान्वित भएको देखिन्छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved