छठ पर्वमा सिंगारिएन खोला किनार, धरानका सर्दु र सेउती सुनसान

  • मंसिर ५, २०७७
  • कोशीपत्र/संवाददाता
alt

धरान । विगतका बर्षहरुमा छठ पर्व आउनुपूर्व अर्थात एक हप्ता अगाडि देखि नै तयारीमा सर्वसाधारण छठ पूजाका लागि तयारीमा जुट्थे ।

खोला किनारामा सरसफाइसगै सजिसजाउ गर्थे तर यस बर्ष छठ पुजाकै दिनमा पनि कोरोना महामारीका कारण सुनसरीको धरानका सर्दु र सेउती खोला सुनसान छ ।

कार्तिक शुक्ल चौथीका दिन बुधबारबाट छठ पर्व शुरु भइसकेको छ । चारदिनको छठ पर्वमा शुक्रबार सा“झ अस्ताउँदै गरेको सुर्यलाई अर्घ दिने र शनिवार विहान भने उदाउँदै गरेको सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न हुन्छ । तराईबाट शुरु भएको छठ पर्व पछिल्लो समय पहाडी क्षेत्रहरुमा पनि मनाउन थालिएको छ ।

पछिल्लो सयम धरानका जुनसुकै जातीले मनाउन थालिएको छठ पर्वमा त्यो रौनक छैन् । धरानको सर्दु र सेउती खोलामा लाग्ने गरेको छठ पर्वको रौनक कोरोनाको कारण सुनसान बनेको स्थानीय रबिन बास्फोर बताउँछन् । उनले भने, हप्ता दिन अघि नै आएर पुजा गर्ने ठाउँ बनाउने, गेट बनाएर बाजा गाजाँ सहितको व्यवस्थापन हुन्थ्यो, तर अहिले घर घरमै मनाउने भए पछि केही पनि चहलपहल छैन् ।

अघिल्लो वर्षहरुमा स्थानीयले नै व्यवस्थापन गरिदिएर सेउती र सर्दु खोलालाई छठ पर्व मनाउनेहरुका लागि सिँगारिदिने गर्दथे । विगतमा खोलाको एक मिटर परैबाट सजिसजाउ गरेर खोलामा पूजा गर्न सर्वसाधारणको उल्लेख्य उपस्थित रहन्थ्यो । तर यस बर्ष भने सामुहिक रुपमा छठ पर्व मनाउन बन्द गरिएको कारण घरघरमै मनाइने भएकाले खोला किनार सुनसान भएको धरान १३ का स्थानीय सुर्य न्यौपानेको भनाई छ ।

उनका अनुसार केही दिन अघि प्रशासन, नगरप्रहरी सहित प्रहरीहरु आएर छठ पर्वका लागि तयारी नगर्नु, भिडभाड हुने गर्न नदिनु भन्दै पुजा व्यवस्थापन समितीका अध्यक्षलाई निर्देशन दिईसकेका थिए । त्यसैले कुनै पनि तयारी नगरिएको उनको भनाई छ । अहिले सबैले घर घरमै छठ पुजाको तयारी गरिरहेको उनले बताए ।

धरानमा पछिल्लो समय तराई समुदायले मात्र हैन पहाडी समुदायले समेत साझा पर्वका रुपमा छठ पर्व मनाउन थालेसंगै स्थानीय सरकारले पुजा व्यवस्थापनका लागि समिती नै गठन गरिदिएको थियो । उपमहानगरपालिकाले नै भिडभाड गरि छठ पर्व मनाउन रोक लगाएका कारण बन्द गरिएको वडा नम्बर १५ का वडाअध्यक्ष नरेश कुमार इवारुमले बताए ।

कोरोनाका कारण नेपालीहरुको सबै मौलिक पर्वलाई प्रभावित बनाएसंगै छठ पर्व समेत प्रभावित बनेको छ । सुरक्षित भएर कोरोनाको जोखिमबाट बच्दै चाडपर्व मनाउनु नै अहिलेको विषम परिस्थितिमा उत्तम देखिन्छ । यसतर्फ सर्वसाधारण पनि सचेत हुन आवश्यक छ ।

 

धरान किड्जीलाई अनुमत ...

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved