इटहरी । कोरोनाको त्रासले बजार नखोल्ने अडानमा बसेका सुनसरीका व्यवसायीहरू अहिले आफै पसल खोल्न पाउनुपर्ने पक्षमा देखिएका छन । जिल्ला प्रसाशनको कार्यालय सुनसरीमा सोमबार बसेको बैठकमा अधिकांस ब्यवसायीहरूले चाडपर्व नजिकिएसंगै व्यवसाय सुचारू गर्न पाउनुपर्ने माग गरेका थिए । ब्यवसायीहरूको मागलाइ मध्यनजर गर्दै जिल्ला प्रशासनको कार्यालय सुनसरीले आगामी भदौ १८ गते देखि जिल्लाभरी रहेका ब्यापार व्यवसायहरू सञ्चालन गर्ने तयारी थालेको छ । आवश्यकीय सुरक्षा सतर्कता अपनाइ सचेतना जगाउदै भिडभाड नहुने गरी बिहान ११ बजे सम्म पसलहरू खोल्ने तयारी भइरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोख्रेलले बताए । ब्यवसा
विराटनगर । प्रदेश १ को राजधान विराटनगरमा निजी क्षेत्रबाट आईसियू र भेन्टिलेटर सुविधासहितको अस्पताल संचालनमा आएको छ । महेन्द्र चौक नजिकै ४२ शैयाको जनरल वार्ड, ७ शैयाको आइसियु र २ भेन्टिलेटरसहितको कोभिड अस्पताल संचालनमा ल्याइएको हो । यसको उद्घाटन प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले गरेका छन । सरकारले संचालन गरेका अस्पतालहरुमा बिरामीको चाप थेगिनसक्नु भईरहँदा निजीक्षेत्रबाट संचालनमा ल्याइएको अस्पतालबाट थप सेवा प्राप्त हुने अपेक्षा गरिएको छ । सामाजिक विकास मन्त्री घिमिरेले निजीस्तरबाट समेत सेवा शुरु हुनु सकारात्मक भएको बताए । विराटनगरमा झण्डै दुई दशकदेखि संचालनमा रहेको न्यूरो कार्डियो
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका ९ रंगशालामा निर्माणाधीन सय वेडको आइसोलेसन भवनको निर्माणलाई तिव्रता दिएको छ । सोमवार उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख,शशस्त्र र नेपाली सेनाका प्रतिनिधि, उद्योग वाणिज्य संघ समेतको उपस्थितिमा वसेको वैठकले इटहरी ९ रंगशालामा निर्माण भइरहेको आइसोलेसनलाई चाडै संचालनमा ल्याउने गरि काम गरिने निर्णय गरेको छ । इटहरीमा संक्रमित वढदै गएकाले लक्षण नदेखिएका संक्रमितहरुलाई राख्नका लागि आइसोलेसन निर्माण थालिएको हो । आइसोलेसन निर्माणका लागि प्रदेश सरकारले २० लाख सहयोग गरेको छ । खानेपानी, विद्युत लगायतका विभिन्न
धनकुटा, १५ भदौ ÷आफु र परिवारको भविष्य निर्माण गर्ने बेलामा रोगले थलिएपछि धनकुटाका बोधराज ढुंगाना अहिले कहानी लाग्दो जीवन जिउन बाध्य छन् । उमेरले मात्र ४० टेकेका छन् । तर रोगले सताएपछि कस्को के नै पो लाग्दो रहेछ र ? रोगले जवानी नभन्दो रहेछ–‘उनले दिक्क मान्दै भने ।’ परिवार र छोराछोरीको उज्वल भविष्यको लागि आधार निर्माण गर्ने बेला ढुंगाना रोगले थलिएर बसेका छन् । उनको जीवनमा ‘ब्रेक’ लागेको छ । धनकुटाको चौबिसे गाउँपालिका–३ कुरुलेतेनुपा स्थायी घर भएका ढुंगाना अहिले धनकुटा बजारको एउटा कोठामा कहाली लाग्दो जीवन बिताउन बाध्य छन् । दुवै खुट्टा भएर पनि रोगका कारण
धरान । सुरक्षामा खटिएका नेपाली सेनामा पनि धरानमा कोरोना संक्रमण पुष्टि भएको छ । धरान १३ फुस्रेस्थित आर्मी क्याम्पमा रहेका १२ जना सैनिकहरुमा कोरोना संक्रमण पुष्टि भए सँगै धरानमा एकै दिन १९ जनामा कोरोना पुष्टि भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताका अनुसार गत शुक्रबार आर्मी क्याम्पका १४ जना सैनिकहरुको स्वाब परिक्षण गरिएको थियो । जस मध्ये १२ जनाको रिपोर्ट पोजिटिभ आएको छ । उनीहरुलाई मोरङको याङशिलामा रहेको सेनाको आइसोलेसनमा पठाउने तयारी भएको उनले बताए । आइतबार बिहान आएको रिपोर्टमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने दिउँसो आएको रिपोर्टमा धरान १२ चतरालाइनकी ७
धरान । एकै परिवारका दुई जनाको मृत्यु भए पछि धरान उपमहानगरपालिकाको वडा नम्बर १७ पुर्ण रुपमा सिल गरिएको छ । समुदाय स्तरमै फैलिएको कोरोनाले आइतबार बिहान धरान १७ का एकै परिवारका आमा र छोराको मृत्यु भएको थियो । एक हप्ता देखि कोरोनाको लक्षण देखिए पनि उनीहरु अस्पताल गएका थिएनन्, त्यसैले पनि धरान १७ पुर्ण रुपमा जोखम वडा बनेको छ । शनिबार आमा छोरालाई नै श्वासप्रश्वासमा समस्या देखिए पछि अस्पताल भर्ना भएका थिए । मृतक मध्ये ७४ वर्षीया महिला र ६० वर्षीय पुरुष छन । यो संगै धरानमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । आमामा मधुमेह र उच्च रक्तचापको थियो भने छोरामा कलेजको समस्या देखिएको थियो । आमा छ
विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ की ६२ वर्षीया सानकुमारी राईलाई बल्लतल्ल अस्पताल छिराईयो । आफन्तले लाख कोसिस गरेर अस्पताल त पु¥याए नी ! तर, उपचार नपाएपछि के गरेर श्वास अडिन्थ्यो र ? राईमा कोरोना र त्यस्को केही लक्ष्यण थिएन । रै पनि कोरोनाका बिरामी राखिने अस्पतालको आईसोलेसन वार्डमा अन्तिम श्वास फेर्नु प¥यो । प्रदेश १ का ‘गनिएका र आफूलाई अब्बल’ दाबी गर्ने पाँचवटा अस्पताल पुग्दा र उपचारको समय हुँदासमेत भर्ना नै हुन पाइनन् । अन्तत प्रदेशकै राजधानी विराटनगरको कोशी अस्पतालमा राईको प्राणपखेरु उड्यो । पिसाब रोकिएर राईलाई बुधबार साँझ निकै अफ्ठेरो महसुस भयो । परिवार
विराटनगर, १४ भदौ । प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४५, सुनसरीमा ३७, झापामा ९, संखुवासभामा २, प्रदेश १ बारिहका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज ४२ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार महिला र पुरुष २१–२१ को रिपोर्ट पोजेटिभ आएको हो । मोरङको लेटाङमा १ महिला, पथरीशनिश्चरे र रंगेलीमा १–१ पुरुषमा संक्रमण देखिएको छ । सुनसरीको दुहवीमा १४ पुरुष, ईटहरीमा ४ महिला ४ पुरुष, इनरुवामा १ महिला ५ पुरुष, धरानमा १ महिला ५ पुरुष, बर्जुमा २ र गढीका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उता झापाको कनकाईमा २ म
काठमाडौ २०७७ भदौ १४ आइतबार १६:२४:०० प्रकाशित / आज थप १२ सय २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ३८ हजार ५६१ जना पुगेको छ । नेपालमा मृतकको संख्या २२१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ सय ६७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २० हजार ८ सय २२ जना रहेका छन् । आइबार काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ संक्रमित थपिएका
धरान / धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।प्रतिष्ठानका अनुसार प्रदेश नम्बर १ धरान उपमहानगरपालिका वडा नं १७ का ६० वर्षीय पुरुषको र धरान उपमहानगरपालिका वडा नं १७ की एक वृद्धाको मृत्यु भएको छ । प्रतिष्ठानमा उपचारका क्रममा ७ : ४५ मा पुरषको र १४ गते ८ः३० बजे वृद्धाको मृत्यु भएको हो ।प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार मृतकमा मधुमेहको समस्या र २ महिना देखि कलेजोमा समस्याा रहेको बताएका छन् । मृतक वद्धाको मधुमेह र उच्च रक्तचापको समस्या रहेको थियो । मृतक वद्धामा १४ गते रिपोर्ट पोजेटिभ आएको थियो । उनका अनुसार अत्यधिक खोकी,