१३ वर्षदेखि जनताले तिर्दै थिए प्रहरी चौकीको घरभाडा "जनस्तरबाटै ‘प्रहरी चौकी’ "

  • मंसिर ९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

बराहक्षेत्र । स्थानीय सरकार संचालन भएको तेस्रो वर्ष बितिसकेको छ । विकासका काम सशर्त क्रमशः अघि बढिरहेका छन् । जनअपेक्षा अनुसार विकास निर्माण नहुँदा स्थानीय सरकारलाई धिकार्ने र सराप्नेहरुको ताँती उत्तिकै छ ।

तर सरकारले आफ्नो काम गरिरहन्छ जनताले पनि आफ्नो कर्तव्य पूरा गर्नुपर्छ भन्ने मनशायले जनस्तरबाट समेत काम भई नै रहेका छन् ।

बेलका नगरपालिकाको वडा नं. ८ स्थित कोठूमा प्रहरी चौकी स्थापना भएको १३ वर्ष भयो । ०६४ सालदेखि प्रहरी चौकी भाडाको घरमै संचालन हुँदै आएको छ । स्थानीय सरकार आएपछि चौकीको भाडा बेलका नगरपालिकाले बेहोर्दै आएको छ तर, बितेका १० वर्ष चौकी संचालनका लागि जनस्तरबाटै घरभाडा बेहोरियो ।

‘कति भाडामै राख्नु प्रहरी चौकी, अब पक्की भवन निर्माण गरेर चौकीलाई व्यवस्थित गर्नेतर्फ लाग्नु पर्छ भन्ने सहमति जुट्यो’ अस्थायी प्रहरी चौकी कोठू निर्माण समितिका अध्यक्ष राज वान्तवाले भने, ‘जनस्तरबाटै निर्माण गर्ने निर्णय भयो, सरकारलाई सहयोग गरौं, हाम्रो दायित्व पनि हो ।’

स्थानीय समाजसेवी तथा दाता घनराज दाहालले चौकीलाई ५ कट्ठा जग्गा उपलब्ध गराए । चतरा कोशी पुल– रामपुर सडक खण्डस्थित कोठूमा प्रहरी ब्यारेक, हिरासत, महिला प्रहरीका लागि अलग्गै कोठालगायत प्रहरी चौकीलाई आवश्यक कोठा र संरचनासहितको पक्की भवन निर्माण भइरहेको छ ।

निर्माण समिति अध्यक्ष वान्तवाका अनुसार प्रहरी चौकी स्थानीयस्तरबाट आर्थिक संकलन र स्रोत, साधनको प्रयोग गरेर निर्माण हुन लागेको हो । ‘चौकी निर्माण गर्न दाताहरुलाई आह्वान गरेका छौंं, जनश्रमदान गर्दै रकम संकलन गरी निर्माण गरिरहेका छौं, एउटा उदाहरणीय कार्य होस् भन्ने मनशाय हो ।’ स्थानीय समाजसेवी गणेशकुमार राईले भने ।

हालसम्म चौकी निर्माणका लागि नगद ४ लाख रुपैयाँ निर्माण समितिलाई प्राप्त भएको छ । जग्गादाता घनराज दाहालले ५ कट्ठा जग्गा उपलब्ध गराएका छन् भने यसका अलावा निर्माण समितिका अध्यक्ष राज वान्तवा, व्यवसायी नदी राई, बेलका ४ का वडाध्यक्ष दीपक दंगाल, वडा नं. ७ का वडाध्यक्ष सुरेन्द्र राई, वराहक्षेत्र ५ का वडाध्यक्ष राजु अधिकारी, इटहरी बसोबास गर्ने स्थानीय मणि राईलगायतले नगद र जिन्सी सामग्री प्रदान गरेका छन् ।

‘इटा, सिमेन्ट, बालुवालगायतका निर्माण सामग्री जिन्सी र नगद समेत सहयोग लिएर चौकी निर्माणको अभियान थालेका छौं, निर्माण समितिका सचिव बालकुमार राईले भने, ‘२५ सय ५५ रुपैयाँभन्दा बढी आर्थिक सहयोग गर्नेको नाम शिलालेखमा राख्ने निर्णय भएको छ, यतिबेला हामी एउटा सामाजिक र पूण्यको काम गरौं भन्नेमा छौं, यहाँहरु सबैको सहयोगको अपेक्षा पनि गरेका छौं ।’
१९ सदस्यीय उपभोक्ता समिति
स्थानीय जनताको भेलाले गत असोज १५ गते १९ सदस्यीय अस्थायी प्रहरी चौकी कोठू ट्रष्ट भवन निर्माण उपभोक्ता समिति गठन ग¥यो ।
राज वान्तवाको अध्यक्षतामा गठित समितिमा उपाध्यक्ष जग्गादाता घनराज दाहाल, सचिव स्थानीय युवा बालकुमार राई, सचिव विष्णुकुमार राई, कोषाध्यक्ष गंगासरी राई र सदस्यहरु गणेशकुमार राई, सुशान्त राई, उर्मिला माझी, तिलकबहादुर राई, नयनकुमार राई, मनिष राई, चक्रबहादुर राई, गान्दीमान राई, नदी राई, अर्जुन राई, गोपालकुमार राई, मैछेमाकुमार राई र कुलाराज राई छन् ।

समितिले आर्र्थिक स्रोत संकलनको काम गरिरहेको निर्माण समिति अध्यक्ष राज वान्तवा बताउँछन् । उनले दाताहरुलाई प्रहरी चौकी निर्माणमा सहयोग गरिदिन आह्वानसमेत गरेका छन् ।

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

वराहक्षेत्रमा एकीकृत ...

चक्रघट्टि/ वराहक्षेत्र नगरपालिकामा आधारभूत तह (कक् ...

धरानमा प्रधानमन्त्री ...

धरान/ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत धरान उप ...

कोरियाबाट फर्केर लाख ...

भोजपुर/  वैदेशिक रोजगारी छाडेर भोजपुरका रेवती ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved