प्रधानमन्त्रीको माला हिक्मत कार्कीलाई

  • मंसिर ९, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम/प्रधानमन्त्रीे प्रधानमन्त्री केपी शर्मा ओली इलाम आउने कार्यक्रम तयभयो । प्रधानमन्त्रीको सुरक्षार्थ चार वटा सुरक्षा निकायका टोली कार्यक्रमस्थलमा गत शनिवार देखिनै परिचालन गरिएको थियो ।

आठ गते विहान काठमाण्डौबाट ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको उद्घाटन गर्न आए । प्रम सँग सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सुवास नेम्बाङपनि आएका थिए ।

ताप्लेजुङ को कार्यक्रम सकेर दिनको एक बजे इलाम आउने कार्यक्रम तय भएको थियो । तर साढे एकतिर मात्र ताप्लेजुङबाट हेलिकप्टर उडेको खबर आयो ।

प्रधानमन्त्रीको स्वागतका लागि ताप्लेजुङबाट हेलिकप्टर उडेपछि सयपत्रि फूलको माला र खदा बोकेर आकाशतिर हेर्दे तयारी अवस्थामा रहे । हेलिकप्टर उडेको ३० मिनेटनाघी सकेको थियो सबै आकाश हेरेर बसेका थिए । त्यसैबेला मौसमको खरावी भएकाले हेलिकप्टर विराठनगर गएको खबर आयो ।

कोहि तेल सकिएर तेल हाल्न गएका भन्दै थिए त कोहि अव आउँदैनन भन्न थाले । विराठनगर गएको पक्का भएसँगै प्रधानमन्त्रीको स्वागतका लागि बोकेको खदा र माला आजको प्रमुख तपाईँनै हो भन्दै प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीको गलामा लगाउँन थाले ।

माला लगाउँन खोज्दा शुरुमा त हातले पन्छाउँदै थिए तर पनि सबैले उनको गलामा लगाईदिए । प्रधानमन्त्री आउँदैछन भनेर स्वागतका लागी राखिएको खदा र माला प्रम नआएपछि कार्कीलाई लगाएर चित्त बुझाए ।

karki

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved