लोकप्रियताबाट अत्तालिनेहरु सरकार विरुद्ध लागे : प्रधानमन्त्री ओलि

  • मंसिर ९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ स्थित घुन्सामा स्थापना भएको सामुदायिक स्वास्थ्य इकाई भवनको उदघाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलि

सुनसरी । पछिल्लो समय नेकपा भित्रको विवादले सरकार माथि नै प्रश्न उठिरहेको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलि र अर्का अध्यक्ष प्रचण्ड बिचको द्वन्दले सरकार ढल्ने आकलन भइरहँदा प्रधानमन्त्री ओलीले सरकार परिवर्तन नहुने दाबी गरेका छन् ।

सरकारको लोकप्रियताले अत्तालिएका पक्षबाट सरकारविरुद्ध भ्रमपूर्ण प्रचार गरेको उनको आरोप छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ स्थित घुन्सामा स्थापना भएको सामुदायिक स्वास्थ्य इकाई भवनको सोमबार उदघाटन गर्दै प्रधानमन्त्री ओलिले देशको समृद्धि नचाहने मानिसहरु सरकार विरुद्ध लागेको बताए । उनले भने, ‘वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएका छन्, यस प्रकारका हल्लाको पछि नलाग्नुस ।’

सरकार समृद्धिका लागि अघि बढिरहेको अवश्थामा केही पक्ष लोकतान्त्रिक प्रणाली विरुद्ध भ्रम फैलाइरहेको उनको आरोप छ । सरकारले छिमेकी मुलुकसँगको सम्बन्धलाई सुदृढ गर्ने नीति लिएको बताउँदै उनले भने, ‘छिमेकी भारतद्वारा मिचिएको भूमि फिर्ता लिन गर्न गरेको प्रयास, भारत र चीन दुवैसँगको सम्बन्धलाई अझ सुधार, बन्द नाका खोल्ने जस्ता कार्यले वर्तमान सरकार सफल हुँदै गएको छ ।’

उनले लोकप्रिय काम गर्ने सरकारले निरन्तरता पाउदा आफ्नो अस्तित्व सकिन्छ भन्ने पीरले पार्टी नेतृत्व र प्रधानमन्त्रीबाट राजिनामाको माग भइरहको बताए । देशको विकास र प्रगतिमा काम नगरोस् भन्नेहरुले आफ्नो राजिनामा मागेको उनको भनाई थियो । उनले भने, ‘सरकारको प्रगतिबाट आत्तिएका र केही काम नपाएकाहरुले केही काम गर्न सकेन, सरकार ढलिहाल्छ जस्ता लाञ्छनाहरु लगाइरहन्छन ।’

ताप्लेजुङको दुर्गम क्षेत्र घुन्सा आगामी तिन वर्षमा सुगम क्षेत्रमा परिणत हुने प्रतिबद्धता जनाए । घुन्साको विकासका लागि यातायात लगायत पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने बताए । हालसम्म कञ्चनजंघामा आउने पर्यटकका लागि लिनुपर्ने विशेष अनुमति प्रावधान खारेज गरिने र पर्यटकका लागि खुला गरिने बताए । घुन्सावासीले राखेका विभिन्न मागलाई सरकारले ध्यान दिने समेत उनले बताए ।

कार्यक्रममा घुन्सावासीले नमूना गाउँका रुपमा विकास गर्न माग गरेका छन् । स्थानीयवासीले प्रधानमन्त्री समक्ष मागपत्र पेश गर्दै पर्यटन प्रवद्र्धनका लागि विशेष अनुमति खारेज गर्नुपर्ने, कञ्चनजंघा पदमार्गको स्तरोन्नति गर्नुपर्ने, घुन्सा लघु जलविद्युतको क्षमता वृद्धि गरी खम्बाचेन, ग्याब्ला र अम्जिलासा लगायत गाउँमा विद्युतीकरण विस्तार गर्न आग्रह गरेका थिए ।

त्यस्तै घुन्साको पहिलो बस्ती खम्बाचेतको नापी छुट भएका जग्गाको पुरानो प्रमाणपत्रका आधारमा नापी गरी लालपुर्जा उपलब्ध गराउन र यहाँका स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मी उपलब्ध गराइदिन समेत स्थानीयवासीले अनुरोध गरेका छन् ।

घुन्सामा २०७१ सालमा नै सामुदायिक स्वास्थ्य ईकाइ स्थापना भएको थियो । आफ्नै भवन नहुँदा समस्यामा परेको स्वास्थ्य ईकाइले दुई वर्षअघि मात्र भवन पायो । घुन्सा फाउण्डेशनको पहलमा भवन स्थापना भएको हो । पर्याप्त स्वास्थ्यकर्मी नहुँदा जटिल समस्याका बिरामी अन्यत्रै जानुपर्ने बाध्यता छ ।

सदरमुकाम फुङ्लिङबाट सवारी साधन र पैदल गरी दुई दिनका समयमा मात्र पुगिने घुन्सामा पर्याप्त स्वास्थ्यकर्मी भए स्थानीयवासीलाई मात्रै नभई देशविदेशबाट आउने पर्यटकलाई समेत फाइदा पुग्ने स्थानीयवासीको भनाइ छ ।

स्वास्थ्य भवनको उदघाटनका लागि पुगेकी प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले घुन्सा आधारभूत विद्यालयका १० विद्यार्थीलाई पाँच लाखको छात्रवृत्ति दिइएकी छिन् । उनले ज्येष्ठ नागरिक तथा वृद्धवृद्धालाई न्यानो कपडा समेत वितरण गरेकी थिइन् ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराई, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुवास नेम्बाङ लगायतको सहभागिता थियो । प्रधानमन्त्री ओलीसहितको टोलीले ओलाङ्चुङगोलामा रहेको सशस्त्र प्रहरीको बिओपी लगायत सीमावर्ती क्षेत्रको हवाई निरीक्षण समेत गरेको थियो ।

प्रधानमन्त्री सहित अन्य उच्च पदाधिकारीहरु उपस्थितीले जिल्लाको विकाशमा सरकारको ध्यानाकर्षण हुनेमा स्थानीयवासी उत्साहित बनेका छन् । पर्याप्त विद्युत् र इन्टरनेटको सेवासुविधा नहुँदा सास्ती खेप्दै आएका घुन्सावासीले अब सो समस्या हट्ने आशा गरेका छन् । यस्तै विगतका तुलनामा यस क्षेत्रमा पर्यटन गतिविधि समेत बढेर जानेमा यहाँका बासिन्दा ढुक्क बनेका छन् ।

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved