कोशीटप्पु / कोशीटप्पुको लागि सोमबार नयाँपाहुना चरा देखिएको छ । कोशीपक्षी समाजकाअध्यक्ष रहेका संजीवआचार्यले कोशीटप्पु वन्यजन्तु आरक्षको लागिनयाँ चरा पत्तालगाएकाहुन् ।
यसअघिकोशीटप्पु क्षेत्र भित्र ५ सय ३० प्रजातिका चरा देखिएका छन् । आचार्यले पत्तालगाए सँगै आरक्ष आसपासका क्षेत्रमा ५३१ प्रजातिका चरा रेकर्ड भएको छ । पहेँलोठुँडे कलहाँस (विनगुज) कोसीमामात्र हैन नेपालकै लागिदुर्लभ चराको रूपमा चिनिन्छ ।
हिमालीप्रकृतिकापक्षीविद् समेत रहेकाआचार्यकाअनुसार सन् १९८५ मापहिलो पटक चितवनको राप्तिनदी क्षेत्रमा एउटा मात्रपहेँलो ठुँडे कलहाँस देखिएको थियो । चखेवा (रेडीसियल डक) को झुन्डमा एउटा मात्रको सङ्ख्यामा देखिएको यो चरा नेपालमामात्रनभई दक्षिणमै कम देखिने चराको रूपमाचिनिने आचार्य बत्ताउँछन् ।
साइबेरिया बाट बसाइसराइ गरेर हिँड्ने विनगुजहत्तपत्त नेपालको यात्रा तय गर्दैन । आचार्यको अनुसार हाल सम्म नेपालमा १० वटाको सङ्ख्यामामात्र यो चरा देखिएको छ । पछिल्लो पटक सन् २०१७मापोखराको फेवातालमा ४ वटाको सङ्ख्यामा यो चरा देखिएको थियो । जुन नेपालको लागिअहिले सम्मकै ठुलो सङ्ख्याको रेकर्ड हो ।
हाँस प्रजातिको यो चरा साइबेरिया बाट प्राय युरोप तिरको भ्रमण व्यस्त हुन्छ । तर कहिलेकाहीँयात्राको क्रममाआफ्नो झुन्ड सँग छुट्टिएर दक्षिण एसियाली क्षेत्रमाआउने गरेको छ ।
’जनसङ्ख्याको आधारमा हेर्ने हो भने विनगुज साइबेरिया बाट युरोप तिर बसाइसराइगर्ने गर्छ’ आचार्य भन्छन् ’ तर कहिलेकाहीँअन्यहाँस प्रजातिकै झुन्ड सँग मिसिएर युरोप बाहेक भारतीयउपमहाद्वीप क्षेत्रमाआउने गरेको तथ्याङ्कले देखाएको छ ।’
हाँस प्रजातिको प्रायः सबै चरा पाइने रसियाको साइबेरिया बाट अत्यधिक जाडो भएपछि चराहरू बसाइसराइगर्न थाल्छन् । सेप्टेम्बर देखि बसाइसराइगर्न थालेका चराहरू डिसेम्बर सम्मविभिन्न स्थानमापुग्ने गर्दछन् ।
कोशीटप्पुमाहाँस प्रजातिकाविभिन्नविशेषताका चराहरू छन् । सगरमाथाभन्दामाथिको उचाइ देखि उडान भरेर आउने खोया हाँस (बार हेडेड गुज) देखि चखेवा (रेडिसियल डक) लगायतकाहाँस प्रजाति यो क्षेत्रकाआकर्षणहरू हुन् । थपिएको ’विनगुज’ सँगै कोशीटप्पु क्षेत्रमाअभिलेख भएकाहाँस प्रजातिको सङ्ख्या ३७पुगेको छ ।