खोटाङ/ खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ की २७ वर्षीया रेस्मिका सिवा परियारको सामूहिक बलात्कारपछि हत्या गरिएको पुष्टि भएको छ । सहकारीको काम सकेर सोमबार साँझ घर फर्कंदै गरेकी रेस्मिकामाथि ५–६ जनाको समूहले आक्रमण गरी सामूहिक बलात्कारपछि हत्या गरेको खुलेको हो । खोटाङ प्रहरी प्रमुख डीएसपी प्रकाश बुढाथोकीका अनुसार घटनामा संलग्न भएको आरोपमा रेस्मिकाका छिमेकी २९ वर्षीय दीपक सार्कीलाई पक्राउ गरिएको छ । सार्की मुख्य अभियुक्त रहेको प्रहरीको प्रारम्भिक बुझाइ छ ।प्रारम्भिक अनुसन्धानका क्रममा उनले घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता रहेको भनेर प्रहरीलाई नाम टिपाएका छन् । बाँकी फर
धरान/ सुनसरीको धरान उपमहानगरपालिका–११ हिमाली मार्गका ५० वर्षीय धर्मराज राईको करेन्ट लागेर मृत्यु भएको छ। राईले बिहिबार बिहान करिब ११:४५ बजे आफ्नै घरमा गमलामा पानी हाल्न मोटर अन गर्ने क्रममा करेन्ट लागी घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान–घोपा पुर्याइए पनि डाक्टरले १२:२० बजे मृत घोषणा गरेका हुन्। घटनापछि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन इप्रका धरानबाट प्रहरी टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ।
धरान/ हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल, धरान–१५ ले यस वर्ष खुल्ला हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ। विगतमा नगर र जिल्ला स्तरीय स्तरमा आयोजना गर्दै आएको स्कुलले यस पटक दायरा फराकिलो बनाउँदै खुल्ला रूपमा प्रतियोगिता गर्ने घोषणा गरेको हो। पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै स्कुलका सल्लाहकार पवन झा ले विद्यार्थीको बौद्धिक क्षमताको विकासलाई मुख्य लक्ष्य राखिएको बताए। उनका अनुसार २०७९ सालदेखि सुरु भएको ‘हिबिस्कस क्विज मेनिया’ यस पटक १ सय ५० भन्दा बढी विद्यालय सहभागी हुने अनुमान गरिएको छ। कार्यक्रम संयोजक सुवास मोक्तानले पहिलो चरणमा १ सय प्रश्न रह
काठमाडौँ/नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली संविधान दिवसको अवसरमा पहिलोपटक सार्वजनिक रूपमा देखिन लागेका छन्। जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते भएको हिंसात्मक प्रदर्शन र आगजनीपछि करिब एक सातादेखि नेपाली सेनाको सुरक्षा घेराभित्र रहेका ओली हाल गुन्डुस्थित भाडाको घरमा बसिरहेका छन्। आन्दोलनकारीले बालकोटस्थित निजी निवासमा आगजनी गरेपछि उनी शिवपुरीस्थित सेनाको शिविरमा बसेका थिए। एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको पहलमा गुन्डुमा उनको बसोबासको व्यवस्था मिलाइएको हो। संविधान दिवसका अवसरमा शुक्रबार बिहान बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुने विशेष समार
काठमाडौँ/ संविधान दिवस, २०८२ आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने तय भएको छ । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम
धरान/ भारतको कालेम्पोङमा सम्पन्न चौथो इन्डो–नेपाल कराते च्याम्पियनसिप २०२५ मा पदक विजेता बनेका आफ्ना विद्यार्थीलाई धरान–१२ स्थित सुनाखरी एकेडेमीले मंगलबार सम्मान गरेको छ। सुनाखरीकी छात्रा वर्षा राईले प्रतियोगितामा दुई स्वर्ण पदक जित्दै बेस्ट फाइटर उपाधि हात पारिन्। त्यस्तै, चारु राईले एक स्वर्ण, र देम्चुङ तामाङले एक कास्य पदक प्राप्त गरे। उनीहरुलाई विद्यालयका निर्देशक प्रदीप राई, प्रिन्सिपल मिलनकुमार राई र प्लस–टु को–अर्डिनेटर तपकुमार राईले अबिर र खदा लगाएर सम्मान गरेका थिए। कार्यक्रममा बोल्दै प्रिन्सिपल राईले देश–विदेशका प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने वि
धरान/ हालै धरानमा भएका तोडफोड र आगजनीका घटनाप्रति नगरप्रमुख हर्कराज राई मौन बसेको भन्दै वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले आलोचना गरेका छन्। उनीहरुले नगरप्रमुखलाई “गैरजिम्मेवार” आरोप लगाउँदै पीडित धराने जनताको पीडाप्रति वेवास्ता गरेको बताएका छन्। राजनीतिक दलका कार्यालयदेखि पूर्व मेयर र पूर्व उपमेयरको घरमा क्षति पुर्याइँदा पनि नगरप्रमुख चुप लाग्नु गम्भीर प्रश्न भएको उनीहरुको भनाइ छ। धरान–१३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले तत्काल अनुगमन र क्षतिको लगत संकलन गर्न माग गरे। उनले भने, “मन्त्री बन्ने सपना टुटेपछि नगरसभा गर्न त तत्पर, तर जनताको पीडाप्रति चास
सुनसरी/धरानमा जेनजी आन्दोलन समाप्त भइसकेपछि भएको तोडफोड र आगजनीका घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै ६ जना पीडितले बिहीबार इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दर्ता गरेका छन् । भदौ २३ र २४ गते सम्पन्न भएको जेनजी आन्दोलनको नाममा, व्यक्तिगत रिसइवी साँध्ने उद्देश्यले योजनाबद्ध रुपमा तोडफोड र आगजनी भएको दावी गर्दै उनीहरूले १३ जना भन्दा बढीको नाममा जाहेरी दिएका हुन् । जाहेरी दर्ता गर्नेहरूमा पूर्व संघीय सांसद जयकुमार राई, नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापा, सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङ, धरान उपमहानगरपालिकाकी कार्यपालिका सदस्य सिर्जना नेपाल, पूर्व उपम
धरान/ धरान उपमहानगरपालिका–५ ठिङवारीकी १२ वर्षीया उपमा चुहानको उपचारकै क्रममा मृत्यु भएको छ। बुधवार बिहान करिब ९ः३० बजे आफ्नै कोठामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकी उपमालाई आफन्तहरूले तत्कालै पासो काटी उद्धार गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पुर्याएका थिए। गम्भीर अवस्थामा रहेका कारण उनलाई थप उपचारका लागि बेलुकी ६ः२० बजे विराट टिचिङ अस्पताल, विराटनगर लगिएको थियो। तर, राति ११ बजे उपचारकै क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ। उपमाको शव अहिले विराट टिचिङ अस्पतालको शवगृहमा राखिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
सुनसरी/जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका–४ बसचौक नजिक विशेष सूचनाका आधारमा दुई किशोरलाई लागूऔषधसहित पक्राउ गरेको छ। बुधबार साँझ ५ बजे पक्राउ परेकामा रामधुनी–५ का १७ वर्षीय दिप्सन कार्की र इनरुवा–३ का १७ वर्षीय एलिस चौधरी रहेका छन्। प्रहरीका अनुसार कार्कीको साथबाट ब्राउन सुगर १.७४ ग्राम पदार्थ र ४४० पिस ट्रामाडोल क्याप्सुल बरामद भएको छ। दुवैलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।