खेलकुद महोत्सवमा खेलाडीले प्राप्त गरेका उपलब्धीहरु प्रदर्शन

  • पुस ११, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ ‘खेलकुदको सहर’ बनाउने उद्देश्यका साथ पहिलो पटक आयोजना गरिएको धरान खेलकुद महोत्सवमा धरानबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता बनेका खेलाडीहरूको पदक र प्रमाणपत्र प्रदर्शनी विशेष आकर्षणका रूपमा देखिएको छ ।

गत बिहीबारदेखि सुरु भएको महोत्सवमा राखिएको यस स्टलले खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने खेलाडीहरूलाई सम्मान गरिएको अनुभूति दर्शकले गरेका छन् । खेलकुदको प्रवद्र्धन गर्ने उद्देश्यसहित मंसिर २५ देखि पौष १० गतेसम्म सञ्चालन भइरहेको महोत्सवमा अन्य स्टलहरूको तुलनामा धरानका खेलाडीले विभिन्न खेल विधामा हासिल गरेका राष्ट्रियतथा अन्तर्राष्ट्रिय पदक र प्रमाणपत्रले महोत्सवको गरिमा थपेको छ ।

प्रदर्शनीमा धरानमा पहिलो पटक जिमखाना स्थापना गरी अन्तर्राष्ट्रिय स्तरमा नेपालको खेलकुद पहिचान फैलाउन योगदान दिएका तथा ‘नेपालकै बलियो मान्छे’ को उपाधि हासिल गरेका स्व. राजभगत प्रधानांगका पदक, सन् २०१८ मा हङकङमा सम्पन्न जिम प्रतियोगितामा स्वर्ण पदक विजेता मनिष लिम्बु, गल्फर निरज तामाङ, शुक्रबहादुर राई, उसुका अन्तर्राष्ट्रिय खेलाडी पदम राई, साउथ एसियन डो च्याम्पियनसिपका किशन लिम्बु, तथा फुटबलबाट अन्तर्राष्ट्रिय प्रतिनिधित्व गरेका राजुकाजी शाक्यलगायतका पदक र प्रमाणपत्र प्रदर्शनमा राखिएको महोत्सवका संयोजक एवम् धरान खेलकुद मञ्चका उपाध्यक्ष कुबेरमान राईले जानकारी दिए ।

महोत्सव संयोजक राईका अनुसार, “महोत्सवको उदघाटनकै दिन धरानलाई औपचारिक रूपमा ‘खेलकुदको सहर’ घोषणा गरिएको छ । धरानबाट विभिन्न खेल विधामा राज्यको प्रतिनिधित्व गरेर उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूको योगदान सबै सामु पुगोस र धरानलाई खेलकुदको सहर घोषणा गर्नु कति जायज छ भन्ने सन्देश राज्यसम्म पुगोस् भन्ने अभिप्रायले विजेताहरूका अवार्ड तथा प्रमाणपत्र प्रदर्शनमा राखिएको हो ।

महोत्सवले प्रदर्शनीमा मात्र सीमित नरही, महोत्सवबाट संकलित रकम धरान(१७ स्थित सप्तरंगी पार्कमा ‘खेलाडी स्मारक’ निर्माणमा लगानी गर्ने महत्त्वाकांक्षी योजना पनि अघि सारेको छ । साथै, नितान्त खेलकुद महोत्सव भएकै कारण धरानबाट राष्ट्रियतथा अन्तर्राष्ट्रिय स्तरमा योगदान पु¥याउने फुटबल खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यलाई नगद २५ हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

त्यस्तै, जिमखाना स्थापना गरी ‘नेपालको बलियो मान्छे’ उपाधि हासिल गरेका स्व. राजभगत प्रधानाङ्गलाई मरणोपरान्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार, यस महोत्सवले धरानको खेलकुद गतिविधिलाई थप सक्रिय बनाउने, खेलाडीहरूको सम्मान संस्कृतिलाई बलियो बनाउने र धरानलाई साँच्चिकै ‘खेलकुदको सहर’का रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved