धरानः प्रदेश नम्बर १ को दुई जिल्लामा भएको दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार मोरङको बिराटनगर १२ शुक्रबारे हाटका २६ बर्षीय घनश्याम कामतको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको हो । शनिबार राति ९ः४५ मा को१८प ४८३१ नम्बरको मोटरसाईकल बिजुलीको पोलमा ठोकिदा घाइते भएका मोटरसाईकल चालक घनश्याम कामतको उपचारको क्रममा न्युरो हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सोही मोटरसाईकल पछाडी सवार रहेका २० बर्षीय राजेश कामत र ४ बर्षीया सोनु कामत समेत घाईते भएका छन् । उनीहरुको उपचार भईरहेको छ । यस्तै, उदयपुरको उदयपुरगढी ७ नेपाल्टारमा मोटरसाईकलको ठक्
नेपालीहरूले मनाउने दोस्रो ठूलो हिन्दूपर्व तिहार हो । यो पर्व कार्तिककृष्ण त्रयोदशीबाट शुरू भएर कार्तिकशुक्ल द्वितीयासम्म जम्मा पाँचदिन मनाइने र यस पर्वका अवसरमा यमराजको पूजाआजा गरिने हुनाले यसलाई यमपञ्चक पनि भनिन्छ । यस चाडमा किन यमराजको पूजा हुन्छ भन्ने सम्बन्धमा एउटा पौराणिक कथा पाइन्छ, जसअनुसार एकपटक दूतहरूले यमराजलाई रोगी, बृद्ध र अकालमा मृत्यु हुनेहरूलाई ल्याउनु नपरेमा राम्रो हुने विचार व्यक्त गरेछन् भने यमराजले पनि उक्त समयमा घर सफासुग्घर राखी उनको पूजाआजा गरेमा मानिसहरूको अकाल मृत्यु हुने छैन भन्ने कुरा बताएछन् । यता यमराजका दूतहरू काग र कुकुर समेत भएकाले तिहारमा तिनीहरूकोसमेत पूजाआजा ग
धरान । तिहारको तेस्रो दिन दिन आज कार्तिक कृष्ण औँसी, कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको छ। आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदै छ। कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास छ। आजको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजााराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ। सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका
इटहरी । चाडपर्वको समयमा हुने अपराधिक कृयाकलापलाइ मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय इटहरीले बनाएको सुरक्षा योजना कार्यान्वयन संगै सफलता पाएको छ । बडादशैको बेला इटहरी १२ खनारस्थित पुष्प नारायण चौधरीको घरभित्रबाटै चोरी भएको कार सहित चोरीमा संलग्न ब्यक्तिहरू समातिएपछि प्रहरीको अभियानले सफलता पाएको हो । घरमा नै पार्किङ गरी राखिएको कार चोरीमा संग्लग्न रहेका ४ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका(१ बस्ने २० बर्षीय प्रदिप चौधरी, ईटहरी(१३ का २० बर्षीय संजय सरदार, १९ बर्षीय नरेश सरदार र अबिनास सरदार रहेका छन् । गत असोज २९ गते राती सुनसरीको ईटहर
इटहरी । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाको खास मान्छे भन्दै अवैध रूपमा रकम असुल्दै हिडने एक जना ठगलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । सर्वसाधरणहरूलाइ एसपी थापाको मुख्य मान्छे रहेको र ठुला मुद्धा मात्रै हेृने भन्दै अवैध रकम असुलि गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सुनसरीको बिशेष टोलिले बिकास भनिने बिक्रम गुप्तालाइ शुक्रबार बिहान पक्राउ गरेको हो । गुप्ताले सुनसरीको इनरूवा , भण्टावारी लगायतको स्थानमा रहेका ब्यवसायीहरूबाट प्रहरीको नाममा रकम असुलेको अनुशन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले बताए । एसपीको नाम गरेर र प्रहरी
धरान । मैत्रीपूर्ण खेल अन्तगर्त आज नेपाली राष्ट्रिय टिमले आज बंगलादेश विरुद्ध खेल खेल्दै छ । आजको खेल बंगलादेशसँग ढाकामा रहेको बंगबन्धु रङ्गशालामा नेपाली समयअनुसार बेलुकी पौने ५ बजे सुरु हुनेछ । नेपालले अर्को खेल आउँदो मङ्सिर २ गते खेल्ने कार्यक्रम तय भएको छ । मैत्रीपूर्ण खेलका लागि बंगलादेश गएका टोलीमध्ये एक जना खेलाडीलाई भने कोरोना सङ्क्रमण देखिएकाले उनलाई अस्पतालको आईसीयूमा राखिएको छ । उनको अवस्था सामान्य नै भए पनि यो खेल भने गुमाउने भएका छन् । विश्वभर फैलिएको कोरोना महामारीले गर्दा ८ महिनादेखि नेपाली टिमले फुटबल खेल्न पाएको छैन । अहिलेसम्म नेपाल र बंगलादेश कुल १९ पटक प्रतिस्पर्धा गर्दा
धरान । हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहार आज देखि सुरु भएको छ । तिहारको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ । आजको दिन कागलाई पूजा आजा गरी खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूतका रुपमा मानिन्छ । आज कार्तिक गते २८ गते शुक्रबार काग तिहार , कार्तिक २९ गते शनिवार कुकुर तिहार,लक्ष्मीपूजा कार्तिक ३० गते आइतबार गाईपूजा,महपूजा अर्थात आत्मपूजा , एवम् तिहारको अन्तिम दिन मंसिर १ गते सोमबार गोवर्धन पूजा, नेवारी समुदायले मनाउने नयाँ
विराटनगर/ प्रदेश १ मा आज १८९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७०, झापामा ६०, सुनसरीमा ४१, ताप्लेजुङ, खोटाङ र उदयपुरमा २–२, इलाम, तेह्रथुम र भोजपुर १–१ र प्रदेश १ बाहिरका ९ जना रहेका छन् । मोरङको विराटनगरमा ३७, उर्लाबारीमा ११, मिक्लाजुङमा १०, पथरीशनिश्चरे र बेलबारीमा ३–३, सुनबर्षीमा २, धनपालथान, सुन्दरहरैचा, रंगेली र लेटाङमा १–१, झापाको दमकमा २०, बिर्तामोडमा १३, गौरादहमा ११, कनकाईमा ५, भद्रपुरमा ३, हाल्दिबारी, कमल र झापा गाउँपालिकामा २–२, अर्जुनधारा र मेचीनगरमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको धरानमा २६, इटहरीमा ६, बराहक्षेत्र र कोश
इटहरी । इटहरी २ शान्तिनगरका मणिकुमार गिरी गत अशोज २१ गते कोशी अञ्चल यातायात ब्यवस्था कार्यालय इटहरीमा आफ्नो तिन चक्के सवारी साधनको जाचपास नविकरणकालागि पुगे तर सर्वर नभएकोले भोलि आउन गरिएको आग्रह अनुसार उनि पुनःभोली पल्ट कार्यालय खुलिसकेपछि पुगे त्यो दिन पनि सोहि समस्याका कारण राजस्व बुझाउन पाएनन । उनले राजस्व बुझाउने बिषयमा गत कार्तिक ९ गते पुन कार्यालको राजस्व फाटमा गएर बुझे त्यो दिन पनि नेटमा समस्या देखिएको भन्दै कर्मचारीले फर्काए । अहिले राजस्व तिर्न जादा जरिवाना लाग्छ भनेपछि गिरी एकछिन झस्किए । एक त लापरवाहिले पैसा तिर्न आएका सेवाग्राहिलाइ सेवा नदिने अनि अहिले जरिवाना लाग्छ भनेपछि गिरीको
धरान । भारतबाट भन्सार छली गरि ल्याएको २६ बोरो चिनि सहित इलाका प्रहरी कार्यालय पकलीको टोलिले एक टाटाको पिकअप फेला पारेको छ । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ३ का रोकी राखेको अवश्थामा प्रदेश ३–०१–०२३ च ५९३८ नम्बरको टाटाको योद्धा पिकअपमा चेकजाँच गर्दा २६ बोरा चिनी फेला पारेको छ । चिनि भारतबाट भन्सार छली अवैध रुपमा ल्याएको हुन सक्ने आशंका गरिएको छ । कुल १ हजार २ सय ९० किलोग्राम चिनि र पिकअप पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पिकअपको १५ लाख रुपैया र चिनिको ६४ हजार ५ सय रुपैया अनुमान गरिएको छ । बरामद सामग्री आवश्यक कारवाहीको लागि सुनसरी भन्सार कार्यालय सेतुबन्धुकोश