देश संकटको दिशातर्फ धकेलियो : कार्की

  • फागुन ४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी/  पूर्व अर्थमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले देश संकटको दिशातर्फ धकेलिएको बताएका छन् । इटहरीमा रहेको पाथीभरा एड्भरटाइजिङ प्रालिको स्थापनाको सातौँ वर्ष तथा जब लिंकको दोस्रो वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै काकीले दुईतिहाईको नेकपा सरकारको दम्भका कारण देशमा संकट उत्पन्न भएको बताएका हुन् ।

कांग्रेस प्रेस स्वतन्त्रताको पक्षमा रहेको उदृत गर्दै उनले अहिले देशमा भएको संकट समाधानमा आफूहरु लागि पर्ने बताए । उनले भने, ‘यसअघिका राजनीतिक परिवर्तनमा कांग्रेसले जुन निर्णायकको भूमिका निर्वाह गरेको छ, अहिलेको समस्यामा पनि हामीले निर्णायकको भूमिका निर्वाह गरेर देशलाई शान्तिको बाटोमा लैजानका निम्ति कांग्रेस अगाडि बढिरहेको छ ।’

कांग्रेस कहाँ छ भन्ने प्रश्न उठिरहेका कुरा उठिरहेको उल्लेख गर्दै उनले भने, ‘कांग्रेस कहाँ छ भन्ने प्रश्न सुन्छु, कांग्रेस जनताको हृदयमा बसेको छ, अबको परिवर्तन कांग्रेसको हातबाट मात्रै सम्भव छ ।’ देशको विकास, समृद्धि कांग्रेसको हातबाट मात्रै सम्भव रहेको उनको भनाइ रहेको थियो ।

प्रदेश १ र बागमती प्रदेशमा कांग्रेसको उचित निर्णय नभई सरकार नबन्ने भएकाले कांग्रेसले समाजको हित हेरेर मात्रै निर्णय लिने बताए । कांग्रेस केन्द्रीय समितिको बैठकले मात्रै माधव–प्रचण्ड वा ओली पक्षलाई सघाउने भन्ने विषयमा निर्णय लिने उनको भनाइ थियो ।

सरकारले विज्ञापन संघलाई माइनस गर्यो: महासचिव

यसैबीच कार्यक्रममा नेपाल विज्ञापन संघका महासचिव कृष्ण घिमिरेले सरकारले विज्ञापन संघलाई माइनस गरेको बताएका छन् । विज्ञापन बोर्डमा विज्ञापन संघलाई सरकारले नसमेट्नु दुःखद भएको उनले बताएका छन् । ‘सरकारले गठन गरेको विज्ञापन बोर्डमा एकजना पनि प्रतिनिधि नहुनुले विज्ञापन बजारको विकास हुन सक्दैन,’ उनले भने, ‘क्लिन फिड नीतिलाई सरकारले कडाइपूर्वक लागू गर्न सकेमा विज्ञापन बजार हालको भन्दा दोब्बर हुनछ ।’

यस्तै, नेपाल विज्ञापन बोर्डका सदस्य चन्द्र न्यौपानेले मिडियालाई व्यवस्थित गर्दै सबैलाई समानुपातिक विज्ञापन वितरण गर्ने बताए । उनले सरकारले विज्ञापन संघलाई समेत प्रतिनिधिमुलक रुपमा समेट्ने दाबी गरेका छन् ।

त्यस्तै, उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले उक्त एड्भरटाइजिङले इटहरीको बजार क्षेत्रमा सकारात्मक प्रभाव पारेको बताए । उनले जब लिंक र एड्भरटाइजिङले इटहरीको ब्यापारमा सकारात्मक प्रभाव पार्नु अनुकरणीय रहेको उदृत गरे ।

कार्यक्रममा पाथीभरा एड्भरटाइजिङ तथा पाथीभरा जब लिंक प्रालिका अध्यक्ष पवन अधीकारीले प्रदेश १ का संचारमाध्यमका लागि विज्ञापन बोर्ड र संघको केन्द्रीय कार्यालयले उचित कदम चाल्नूपर्नेमा जोड दिए ।

 

 

तरहरा इटहरी लायन्सको ...

इटहरी । तरहरा इटहरी लायन्स क्लबको अध्यक्षमा पवन अधिकारी ...

चटयाङले श्रीमान आइस ...

धरान । भोजपुर आमचौकमा एकै परिवारका तीन जनालाई चटयाङ लाग ...

प्रधानमन्त्रीलाई दवा ...

धरान/ नेपाल सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान ...

राष्ट्रिय नृत्य रिया ...

धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved